रामेछापमा स्थानीय तह चुनावका लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

रामेछापमा स्थानीय तह चुनावका लागि आवश्यक निर्वाचन सामग्री आइपुग्यो

रामेछापमा बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने निर्वाचन सामग्री आइपुगेको छ । जिल्लामा मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक निर्वाचन सामग्री प्राप्त भएको निर्वाचन कार्यलयल रामेछापले जनाएको छ ।

स्थानीय तह निर्वाचमा प्रयोग हुने ५८ प्रकारका चुनावी सामग्री जिल्लामा आइपुगेको जिल्ला निर्वाचन कार्यालय रामेछापका कम्युटर अपरेटर सन्जय भण्डारीले जानकारी दिनुभयो ।

निर्वाचमा प्रयोग हुने मतपेटिका, छेकबार, नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजर लगायतका सामग्री आइपुगेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार