कांग्रेसबाट रामेछाप नगरपालिकाको मेयरमा ३ जनालाई ९ वटै वडाको साथ

कांग्रेसबाट रामेछाप नगरपालिकाको मेयरमा ११ जनाको नाम सिफारिस

कांग्रेसबाट रामेछाप नगरपालिकाको मेयरमा ३ जनालाई ९ वटै वडाको साथ

कांग्रेसबाट रामेछाप नगरपालिकाको मेयरमा ११ जनाको नाम सिफारिस

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसले रामेछाप नगरपालिकाको तर्फबाट प्रमुख तथा उपप्रमुखका लागि नाम सिफारिस भएको छ । आज नेपाली कांग्रेस रामेछाप नगर समितीको बैठकले प्रमुख तथा उपप्रमुखको नाम सिफारिस गरेको हो ।

रामेछाप नगरपालिकाको ९ वटै वडाहरुबाट नगर प्रमुखमा कमल विक्रम कार्की,लवश्री न्यौपाने र रत्न कार्कीको नाम सिफारिस भएको छ । ८ वटा वडाबाट लेख ब कार्की,नर ब थापा मगर र सृर्जना खड्काको नाम सिफारिस भएको छ ।

त्यसैगरी ४ वटा वडाकार्यसमितीबाट डा सुमन कर्मचार्य, २ वटा वडाबाट लाल ब तामाङ,राम प्रसाद घिमिरे र शम्भु प्रसाद घिमिरेको नाम सिफारिस भएको छ भने १ वटा वडाले टुपेन्द्र तामाङको नाम सिफारिस गरेको नेपाली कांग्रेस रामेछाप नगर समितीका सभापति कमल विक्रम कार्कीले जानकारी दिनुभयो ।

रामेछाप नगरपालिकाको उपप्रमुखका लागि अपना श्रेष्ठ,कुमारी हायु,बिमला कार्की,बाला कार्की र दुर्गा सुनुवारको नाम सिफारिस भएको छ । नेपाली काँग्रेसको वडा तथा नगर समितिले धेरै आकांक्षीहरुको नाम सिफारिस गरेर पठाएपछि नेपाली काँग्रेस जिल्ला समितिलाई उम्मेद्वार छान्न सकस पर्ने देखिएको छ ।

९ वटा वडाहरु रहेको रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले ४ वटा वडामा सर्वसम्मत वडाअध्यक्षको उम्मेद्वार टुंग्याएको छ । जसअनुसार वडा नं ३ मा दल ब प्रधान,५ मा हरिशचन्द्र श्रेष्ठ,६ मा राजेश तामाङ र ९ मा दिर्घराज श्रेष्ठ रहेका छन । यस अघिको स्थानिय तहको निर्वाचन रामेछाप नगरपालिकामा नेपाली कांग्रेसले प्रमुख/उपप्रमुख र ३ वटा वडा जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार