महंगोमा पानी किनेर खान बाध्य भयौँ भन्दै रामेछापका नागरीक जंगिए

महंगोमा पानी किनेर खान बाध्य भयौँ भन्दै रामेछापका नागरीक जंगिए

यहि चैत्र १२ गते रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीले आफनो स्थापनाको २० औँ वार्षिक साधारण सभा भव्यताका साथ मनायो ।

रामेछाप नगरपालिकाका नगर प्रमुख नर ब थापा मगरको प्रमुख आतिथ्यता र रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थित उपभोत्ताहरुले महंगोमा पानी किनेर खान बाध्य भएको भन्दै समितीको ध्यानाकर्षण गराएका छन ।

कार्यक्रममा उपस्थित अधिकांसले महंगोमा पानी किनेर खान बाध्य भएको,धारामा पर्याप्त पानी नआएको,पानीको धारा तथा पाईपहरु विग्रदा पनि समयमै प्राविधिक मर्मत गर्न नआएको जस्ता गुनासो गरेका छन । रामेछाप नगरपालिका ७ का उपभोक्ता तुलसा कार्कीले महिनाको ७ सय तिरेर खानेपानी उपभोग गर्दै आएका नागरीकहरुले केहि महिना यता ५ सयमा खानेपानी उपभोग गर्न पाएपनि त्यो रकम पनि निकै महंगो भएको बताउनुभयो ।

उहाँले खानेपानीको रकम तत्काल घटाएर उपभोत्तालाई सहज बनाउन आग्रह गर्नुभयो । अर्का उपभोक्ता राजु विक्रम बस्नेतले सम्भवत नेपालकै महंगो पानी पिउन आफुहरु बाध्य भएको बताउनुभयो । यसमा स्थानिय सरकारले पनि चासो दिनुपर्ने उहाँको भनाई थियो । रामेछाप सामुदायिक खानेपानी तथा सरसफाई उपभोत्ता समितीका अध्यक्ष गौतम कुमार श्रेष्ठले लिफ्ट प्रविधि मार्फत पानी तान्नुपर्ने भएकाले पनि खानेपानीको पैसा महंगो हुन गएको बताउनुभयो ।

लिफ्ट मार्फत खोलाको पानी तान्दा विजुलीको बिल धेरै चढ्ने भएकाले पनि बाध्य भएर खानेपानीको महसुल घटाउन नसकिएको उहाँले बताउनुभयो । समितीले महिनाको ७ सय रुपैयाँ महसुल दिँदै आएकोमा केहि महिनायता २ सय रुपैयाँ घटाएर अहिले महिनाको ५ सय रुपैयाँ लिँदै आएको छ । रामेछाप नगरपालिका वडा नं ७ र ८ का नागरीकहरुले उपभोग गर्दै आएको खानेपानी निकै महंगो भयो भन्दै नागरीकहरु जंगिएका छन । उनिहरुले अबको स्थानिय तहको निर्वाचनमा जसले सस्तोमा खानेपानी खुवाउँछ उसैलाई भोट दिने बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार