रामेछाप दोरम्बा शैलुङमा खुकुरी प्रहार गर्ने एक युवक पक्राउ

रामेछाप दोरम्बा शैलुङमा खुकुरी प्रहार गर्ने एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय रामेछापले दोलखाका एक युवकलाई खुकुरी प्रहार गर्ने रामेछापका एक युवकलाई पक्राउ गरेको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ४ स्थित पडिघ्याङ भन्ने स्थानमा रहेको अन्तराष्टिय युबाबर्ष मा.बिमा युवकमाथि खुकुरी प्रहार भएको हो ।

उक्त विद्यालयमा रङरोगन गर्ने मजदुर दोलखा जिल्ला तामाकोशी गाउँपालिका ३ जफे बस्ने बर्ष २० का अनिश पोखरेलमाथि समान्य विवादमा रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं. ४ बस्ने बिनोद तामाङले खुकुरी प्रहार गरेका हुन ।

खुकुरी प्रहारबाट पोखरेलको टाउको तथा देब्रे हातको पातोमा चोट लागेको रामेछाप प्रहरीले जानकारी दिएको छ । खुकुरी प्रहार गर्ने तामाङलाई दोरम्बा शैलुङबाट पक्राउ गरी अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार