समाजसेवी गुरुङद्वारा घरबारबिहीनलाई खाना वितरण

समाजसेवी गुरुङद्वारा घरबारबिहीनलाई खाना वितरण

विगत एक दशक देखी संयुक्त राज्य अमेरिकाको ओमाहा शहरको नेब्रास्कामा स्थायी बसोबास गर्दै आउनु भएका भुटानी समाज नेब्रास्काका वर्तमान अध्यक्ष, बुद्दिष्ट समाज नेब्रास्काका फर्मर प्रेसिडेन्ट, ग्लोबल भुट्नीज साहित्यीक संगठनको फर्मर रिडर तथा आइमार्ट होलसेलका निर्देशक भीम गुरुङले काठमाडौंको खुल्ला आकाशमूनी चिसो सडक पेटीमा रात बस्न बाध्य भएका शयौं दुःखी गरीब, अशक्त एवम् असहाय भएका व्यक्तिहरुलाई रातको तातो खाना खुवाउनुभएको छ ।

‘भोजन दान, महाकल्याण’ सेवा नै धर्म हो भन्ने मुल मन्त्रलाई आत्मसाथ गेर्ने समाजसेवी गुरुङ समाजको उदाहरणीय पात्र हुनुुहुन्छ । समाजसेवी गुरुङले काठमाडौंका विभिन्न मठ, मन्दिर, पाटी, पौवा, खोला किनारा, सडक पेटी लगायत पुल मूनी रात काट्न बाध्य भएका व्यक्तिहरुको लागि तातो खाना खुवाउनुभएको छ । मनकारी, मृदुभाषी, सहयोगी एवम् वरिष्ठ समाजसेवी गुरुङ नेपाली भाषी भुटानी मात्र नभएर सबैको लागि प्रेरणाका मुहान हुनुहुन्छ ।

हँसिलो स्वभाबका गुरुङ कुनै पनि कामलाई सहज र सरल तरिकाले सम्पाद गर्न सक्ने अब्बल व्यक्ति पनि हुनुहुन्छ । समाजसेवी भीम गुरुङ हाल अमेरिकाबाट घरबारबिहीनहरुलाई खाना खुवाउने अभियानका संयोजक हुनुभएको छ । भीम गुरुङ एक कुशल कलाकार पनि हुनुहुन्छ । हरेक क्षेत्रमा उत्तिकै दख्खल राख्नुहुन्छ । भीम गुरुङ भन्नुहुन्छ – प्रदिपले शुरुवात गरेको प्राण बचाउने भोजन सेवा जस्तो पूण्य कार्यलाई विश्वभर रहनुहुने मनकारी व्यक्तित्वहरुले साथ सहयोग र हौसला दिनुहुन अनुरोध गर्दछु ।

नेपलामा कोरोना भाइरसको पहिलो लहर सुरु भएपछि लकडाउन सुरु भएको थियो । उक्त लकडाउन सुरु भएको आजसम्म आइपुग्दा २ वर्ष पुरा भएर ३ वर्षमा प्रवेश गरेको छ । यस्तो विसम परिस्थितीका बाबजुत एक छाक खान नपाएर सडक पेटीमा बस्नेहरुका लागि युवा समाजसेवी प्रदिप घिमिरे अमूल्यले तातो खाना अभियान सञ्चालन गरेका थिए उक्त कार्य आजका मितिसम्म पनि सञ्चालित छ ।

समाजसेवी प्रदिपले सञ्चालन गरेको पूण्य कार्यमा स्वदेश तथा विदेशमा भएका मनकारी व्यक्तिहरुले जन्मोत्सव, विवाह उत्सव, अन्नप्राशन, पितृहरुको स्मृती एव् स्वच्छीक रुपमा सहयोग पुर्याउँदै आउनुभएको छ । हामी सबैले एक आपसबाट सहयोग गरौं । सेबा नै धर्म हो । आफू पनि बाँचौं । आरुलाई पनि बचाऔं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार