म्यादी प्रहरीमा भर्ना हुन आएका दोरम्बा शैलुङका एक युवकको नदीमा डुबेर मृत्यु

म्यादी प्रहरीमा भर्ना हुन आएका दोरम्बा शैलुङका एक युवकको नदीमा डुबेर मृत्यु

म्यादी प्रहरीमा भर्ना हुन रामेछाप सदमुकाम मन्थली आएका एक युवकको तामाकोशी नदीमा डुबेर मृत्यु भएको छ । जिल्लाको दोरम्बा शैलुङ गाउँपालिका वडा नं २ का वर्ष १९ का ईशान विकको ज्यान गएको हो । आज दिउँसो पौडी खेल्न तामाकोशी नदीमा पुगेका विकको नदीमा डुबेर मृत्यु भएको रामेछाप प्रहरीले जानकारी दिएको छ । नदीमा पौडी खेल्न छिरेका विक एक्कासी बेपत्ता भएको र प्रहरी,स्थानिय लगायतको टोलीले खोजि गर्दा मृत अवस्थामा शव फेला परेको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार