पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जिते

पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जिते

पाँचौँ व्यास नगर अल्ट्रा म्याराथन–२०७८ को उपाधि रामेछापका बेदबहादुर सुनुवारले जितेका छन् । नेपाल आर्मीमा आबद्ध सुनुवारले व्यास–५ स्थित मानहुँकोटदेखि व्यास–८ स्थित सहिदगाउँ पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८ मिनेटमा पार गरी प्रथम हुन सफल भएका हुन् ।

‘पर्यटकीय ऐतिहासिक क्षेत्रको पहिचान, व्यास नगरिपालिकाको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको म्याराथनमा १८६ जना धावकहरुको सहभागिता रहेको थियो । उक्त म्याराथनमा मोहनदेव जोशी द्वितीय र नवराज साउथ तृतीय भएका छन् । उनीहरुले उक्त दूरी क्रमश ३ घण्टा ५ मिनेट र ३ घण्टा ९ मिनेटमा पार गरेका थिए ।

प्रतियोगितामा प्रथमलाई ८५ हजार ७८ द्वितीयलाई ६५ हजार ७८, तृतीयलाई ५५ हजार ७८ रुपैयाँ मेडल र प्रमाणपत्र पुरस्कृत गरिएको थियो । गत वर्ष म्याराथन नेपाली सेनाकै कालिकोटका देवराज महतराले जितेका थिए । उनले ४४ किमि दूरी ३ घण्टा ३ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए भने प्रतियोगितामा सोलुखुम्बुका सुमन कुलुङ द्वितीय र रामेछापका सुनुवार तृतीय भएका थिए । हरेक वर्ष सहिद दिवसको दिन आयोजना हुने व्यास नगर अल्ट्रा म्याराथन कोरोनाको कहरले स्थागित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार