रामेछापका माझी समुदायले मनाए खोलाको पूजा गर्दै कोसी पर्व

रामेछापका माझी समुदायले मनाए खोलाको पूजा गर्दै कोसी पर्व

खोलालाई भगवानका रूपमा मान्दै रामेछापका माझी समुदायले सामूहिक पूजा गरी मङ्गलबार धुमधामका साथ मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोसी पर्व’ मनाएका छन् । दर्शैँझैँ पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् । रामेछापका माझीहरूले कोसीपर्व मनाउन तामाकोशी नदि र सुनकोशी नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए ।

विभिन्न धर्मको प्रभावसँगै आफ्नो मौलिक धर्म मान्न छाडेका सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोसीपर्व मनाउँदै आएका छन् । माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । जिल्लाका विभिन्न ठाउँमा रहेका माझी समुदायले ‘लदी’ अर्थात् ‘कोसी पर्व’ मनाएका हुन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार