यि हुन मिस्टर एन्ड मिस मोडल र लिटिल मोडल अफ रामेछापको विजेता

रामेछाप जिल्लामा सञ्चालन हुँदै आएको मिस्टर एन्ड मिस मोडल अफ रामेछापको सिजन–५ र लिटिल मोडल अफ रामेछापको सिजन–४ प्रतियोगिता सम्पन्न भएको छ । जिल्लामा लुकेर रहेका प्रतिभाहरूको पहिचान गरी कला, गला, प्रतिभा र संस्कृतिको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देशले किङस्टार क्रियशन प्रा.लि ले प्रतियोगिता आयोजना गरेको थियो । मिस्टर एन्ड मिस मोडल अफ […]

फोनिज रामेछापद्धारा पत्रकार पथिक र श्रेष्ठ सम्मानित

आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा रामेछापले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा जिल्लाका दुई जना सक्रिय पत्रकारलाई पुरस्कृत तथा सम्मान गरेको छ । आईतबार(आज) रामेछाप नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा खोज पत्रकारीता बर्ष पुरस्कारबाट पत्रकार नवराज पथिक र उत्कृष्ठ आदिवासी जनजाति पत्रकारीता बर्ष पुरस्कारबाट तुलसीदेवी श्रेष्ठलाई सम्मान गरिएको हो । श्रेष्ठलाई नगद रु […]

हत्या आरोपमा रामेछाप दोरम्बा शैलुङका युवक पक्राउ

हत्या आरोपमा फरार रहेका रामेछापका एक युवक भक्तपुरबाट पक्राउ परेका छन् । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका –३ का १९ वर्षीय रुजन श्रेष्ठलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो । उनीमाथि ४१ वर्षीय गणेश पाठकको हत्या आरोप लागेको छ । पाठक गत असार २० गते रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ कै सल्यानभिरमा मृत फेला […]

कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रामेछाप ४० औँ नम्बरमा

कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय रामेछाप ९२ अङ्क ल्याएर ४० औँ स्थानमा रहेको छ । गत आर्थिक वर्ष २०८०/८१ मा देशभरका जिल्ला प्रशासनहरूको कामका आधारमा गरेको मूल्याङ्कनमा रामेछाप ४० औँ स्थानमा परेको हो । जिल्ला प्रशासन कार्यालय रामेछापले ९२.६८७५ अंक पाएर ४० औँ स्थानमा परेको गृह मन्त्रालयले सार्वजनिक गरेको जिल्ला श्रेणी तालिकामा उल्लेख गरिएको छ […]

सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रामेछाप डुम्रिखर्कका दुई जना पक्राउ

सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा रामेछापका दुई जना पक्राउ परेका छन । काठमाडौँको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले रामेछापका दुई सहित तीन जनालाई पक्राउ गरेको छ । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको सो सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा […]

शान्ति माया सुनुवारले पाइन् ७६ वर्षको उमेरमा नेपाली नागरिकता

रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीकी शान्ति माया सुनुवारले ७६ वर्षको उमेरमा नेपाली नागरीकता पाउनुभएको छ । २००५ सालमा जन्मनुभएकी सुनुवारले बिहीबार जिल्ला प्रशासन कार्यालय रामेछापबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । साबिकको भुजी गाउँ विकास समितिको वडा नं ७ की सुनुवारले नागरिकताका लागि यस अघि पनि प्रयास गर्नुभएको थियो । तर सनाखतमा तिन पुस्ते कोही […]

सोममायाको मेहनतले लोभलाग्दो कमाई,बस्न सबै परिवार रमाई

रामेछापको मन्थली नगरपालिकाको कार्यालय जाने बाटोमै छ सोममाया नेपालीको न्यु धागो पसल । उनको पसलमा सिलाईकटाई सम्बन्धी सम्पूर्ण सामानहरु पाईन्छ । १० वर्ष देखि सिलाईकटाईको सामान विक्री गर्नुको साथै उनले अहिले विगत २ वर्षदेखि आफ्नो सिपलाई पनि बेचीरहेकी छिन् । उनलाई हरेकपटक भेट्न जाँदा सिलाई मेसिन चलाईरहेको अवस्थामा मात्र भेटिन्छ । उनले पहिला कपडा ह्यान्ड […]

सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनाको लापर्वाहीले करडौँको खेत बगायो

रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप बजार हुँदै साँघुटारसम्म गरी करिब ५० किलोमिटर दुरीमा रहेको निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजनको लापर्वाहीले करडौँको धान खेत बगाएको छ । रामेछाप नगरपालिका वडा नं २ र ३ को सिमाना भएर बग्ने खोलालाई नै थुनेर आयोजनाले माटो थुपारिदिँदा खोलाले माटो सहितको लेदो बगाउँदा धान खेत नै बगाएको हो । कलचुँडे खोला,देवीथान […]

रामेछापको नागदह भालुखोपमा पहिरोले ६ घरमा क्षति

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ५ नागदह भालुखोपमा गएरातिको अविरल वर्षाले ६ घरमा क्षति पुगेको छ । घरमाथिको डिलबाट खसेको पहिरोले ६ घरमा क्षति पुगेको स्थानिय प्रेम कुमार बुढाथोकीले जानकारी दिनुभयो । राति अन्दाजी ९/१० बजेको समयमा खसेको पहिरोले घरहरु क्षति गरेको र केही पशु चौपाया समेत पुरिएको उहाँले बताउनुभयो । पहिरोले २ घरमा […]

रामेछापको धोवीमा पहिरोले एक घरमा क्षती

रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा नं ३ धोबीमा गएरातिको वर्षाले एक घरमा क्षती पुगेको छ । सहदेव खड्काको तीन जना परिवार बस्दै आएको घर आज बिहानै पहिराले पुरिएको हो । घरमाथिको कान्ला भत्किएर घरमा क्षती भएको भए पनि कुनै मानविय क्षती भने नभएको बताइएको छ । घरसहित धनमाल भने पहिरोमा पुरिएरको छ ।