स्थानीय तह स्वमूल्यांकनमा रामेछापको ८ स्थानिय तहमध्ये गोकुलगंगा गाउँपालिका पहिलो
रामेछापको ८ स्थानिय तहहरुमध्ये स्थानीय तह स्वमूल्यांकन(लिजा) मा गोकुलगंगा गाउँपालिका पहिलो भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा गोकुलगंगा गाउँपालिका ८२ अंक प्राप्त गर्दै प्रथम भएको हो । आर्थिक वर्ष २०७९/०८० को स्वमूल्यांकनमा गोकुलगंगा गाउँपालिकाले ४६ अंक मात्रै पाएको थियो । […]

