रामेछाप भालुखोपकी मृगौला पीडित पाख्रिनको उपचारका लागी सहयोगको अपिल

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ भालुखोपकी दिलमाया पाख्रिनले उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ । दुबै मृगौलाले काम नगर्ने भएपछि उहाँले आफ्नो उपचारका लागि सहयोगको अपिल गर्नुभएको हो । ५७ वर्षकी पाख्रिनले उपचार गराउन आर्थिक अभाव भएपछि सहयोगको अपिल गर्नुभएको हो । ६ महिनादेखी मृगौलाको डाईलाइसिस गराइरहेको भन्दै उहाँका श्रीमान पुर्ण बहादुर मोक्तानले आर्थिक […]

पहिरोमा परि मृत्यु भएका परिवारलाई गोकुलगंगा गाउँपालिकाले सहयोग गर्ने

रामेछापको गोकुलगंगा गाउँपालिकाले पहिरोमा परि मृत्यु भएका तीन जना किशोरीको परिवारलाई सहयोग गर्ने भएको छ । बिहीबार राति पहिरोमा परी मृत्यु भएका गोकुलगंगा–६ फर्पुका तीन किशोरीका परिवारलाई राहत उपलब्ध गराउने निर्णय भएको गाउँपालिका प्रवक्ता एव् वडा नम्बर ६ का अध्यक्ष चन्द्रबहादुर सुनुवारले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष काजिबहादुर खड्का (दिनेश)को अध्यक्षतामा शनिबार बसेको गाउँकार्यपालिको बैठकले […]

उत्पादनमूलक शिक्षाको लागि शिक्षा विधेयकमा नीतिगत संशोधन अनिवार्य

नेपालको सामुदायिक विद्यालयका अधिकांश शिक्षक कुनै न कुनै राजनीनिक दलका सदस्य छन् । राजनीतिक दलका कार्यक्रम तथा गतिविधिमा प्रत्यक्ष र सक्रिय रुपमा शिक्षक संलग्न हुनुको पछाडि समाजको तल्लो तहमा जनताको दैनिकीसँग प्रत्यक्ष संलग्न र सरोकार राख्नु नेपाली समाजको वास्तविकता हो । यसरी राजनीतिक दलले शिक्षकलाई अधिवेशन, सम्मेलनमा प्रतिनिधि बनाइ पेशागत सुरक्षा दिने नाउँमा दलनिकट संगठनमा […]

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स रामेछापद्वारा विमा वापतको रकम हस्तान्तरण

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स मन्थली रामेछापले विमा वापतको रकम प्रदान गरेको छ । रामेछाप नगरपालिका ८ को निशान बचत तथा ऋण सहकारी सस्थाको बचत सदस्य लक्षमण श्रेष्ठको केही महिना अघि वन भोज खान जाँदा खाना सर्किएर मृत्यु भएको थियो । मृतक श्रेष्ठले उक्त सहकारी सस्थाका सम्पूर्ण बचत सदस्यको दुर्घटना र औषधि उपचार विमा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स […]

पहिरोले घर पुरिँदा रामेछापको फर्पुमा तीन किशोरीको मृत्यु

रामेछापको गोकुलगंगा गाउँपालिका वडा नं ६ फर्पुमा पहिरोले घर पुरिदा तीन जनाको ज्यान गएको छ । बिहीबार साँझ फर्पुको पहिरे स्थित बिमन तामाङको घरमा पहिरोले पुरिदा तीन जना किशोरीको ज्यान गएको हो । ज्यान जानेहरूमा १८ वर्षकी सिता तामाङ, १५ वर्षकी आसिका दोङ र १३ वर्षकी लक्ष्मी तामाङ रहेको घटना स्थलमै रहेका गोकुलगंगा गाउँपालिका वडा […]

ढाका उद्योगले बदलिएको राधाको जीवन

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ पालेवनमा एउटा सानो जस्ताको टहरामा ढाका उद्योग छ । सो उद्योग सोही ठाउँकी राधा बस्नेतले संचालन गरेको सगरमाथा ढाका उद्योग हो । राधाको एक्लो लगानीमा उनी आफु एक्लैले सो उद्योग संचालन गदै आएकी छिन । उमेरले ४१ वर्ष लागेकी राधा अविवाहित नै छिन । उनले ढाका उद्योग चलाएरै परिवार […]

कार्यविधि बनेको आठ वर्षपछि रामेछापमा समिति गठन

कार्यविधि बनेको आठ वर्षपछि रामेछापमा ‘जातीय भेदभाव तथा छुवाछूतको अन्त्य सम्बन्धी जिल्ला समन्वय समिति’ को गठन भएको छ । गत आर्थिक वर्ष २०७३।०७४ को बजेट बक्तव्यमा उल्लेख गरिएबमोजिम समाजमा विद्यमान जातीय भेदभाव र छुवाछूतको अन्त्य तथा दलित अधिकार प्रवद्र्धन गराउने उद्देश्यले नेपाल सरकार मन्त्रिपरिषद्ले ‘जातीय भेदभाव तथा छुवाछूतको अन्त्य सम्बन्धी कार्यविधि,२०७३ बनाएको थियो । तर […]

शिक्षामा बिभेदिकरणकाे एउटा रुप

सत्य र अालाेचनात्मकता रुखाे हुन्छ,त्यसलाई स्वीकार गर्न नसक्ने मूर्ख हाे । _ महात्मा गान्धी अबिभाबकले शिक्षकलाई गाली गर्नुकाे अर्थ उनिहरु प्रतिकाे द्धेष हाेइन,बिश्वास हाे।शिक्षकले चाहे गर्न सक्छन् भन्ने भावना हाे।त्यहीँ भाबनाकै कारण अबिभाबकहरुले शिक्षक प्रती अाैला उठाएका हुन्।शिक्षकले मेहनत गर्याे भने अलिकति भएपनि राम्रो गर्न काेशिष गर्याे भने केही हुन्छ भन्ने बिश्वास छ अबिभाबकमा।तर दुर्भाग्य […]

बीपी कोइरालाको स्मृति दिवसको अवसरमा रामेछापमा १ सय ५० वटा रुख रोपियो

नेपाली काँग्रेस रामेछापले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला (बीपी) को ४२ औँ स्मृति दिवस रुख रोपेर मनाएको छ । तामाकोशी सेवा समितिको परिसरमा मोरिङ्गा प्रजातिको १ सय ५० वटा विरुवा रोपिएको नेपाली काँग्रेस रामेछापका कार्यवहाक सभापति लेख बहादुर कार्कीले बताउनुभयो । रोपिएको विरुवाहरु हुर्काउने जिम्मेवारी तामाकोशी सेवा समितिले लिएको उहाँले बताउनुभयो । जिल्ला सदरमुकाम मन्थली […]

मन्थली नगरको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी

रामेछापको सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी कार्यक्रम गरिएको छ । शनिवार राष्ट्रिय फोटो पत्रकार समूह¸ नेपाल जिल्ला शाखा रामेछापको प्रथम वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको मन्थली नगरको पर्यटन प्रवर्धनका लागि बहस र पैरवी विषयक कार्यक्रममा सम्पन्न भएको हो । कार्यक्रमको प्रमुख आथिती समेत रहनुभएका बागमती प्रदेश सांसद एवं बागमती […]