रामेछापमा आगलागीको जोखिम बढ्यो,नियन्त्रणको पूर्वतयारी शुन्य

रामेछापमा गर्मीयाम सुरु भएसँगै आगलागीको जोखिम पनि बढेको छ । तर सम्भावित आगलागी नियन्त्रणका लागि पूर्वतयारी भने शुन्य देखिएको छ । चैत बैशाखमा सुख्खा हुने, बोटबिरुवाका पात झर्ने र हावाहुरी समेत बढी चल्ने हुनाले भएकाले आगलागीको बढी जोखिम हुन्छ । खासगरी यो समयमा रामेछापका बनजङ्गल घाँसे पाखाहरूमा बढी आगलागी हुने गरेको छन् । बनसँगै बस्ती […]

रामेछापको मन्थलीमा निर्माण भएको सेफ हाउस अझै सञ्चालनमा आउन सकेन

रामेछापको मन्थलीमा दुई वर्ष अघि नै निर्माण भएको सेफ हाउस अझै सञ्चालन हुन सकेको छैन । सेफ हाउस सञ्चालनमा नआउँदा मन्थली नगरपालिकामा घरेलु हिंसालगायत विभिन्न समस्या भोग्न बाध्य महिलालाई दिनहुँ उद्धार गरि सुरक्षित ठाउँमा राख्नुपर्ने अवस्था छ । तर पालिकामा व्यवस्थित र सुरक्षित आवास गृह अर्थात सेफ हाउस छैन । पालिकाले कृषि ज्ञान केन्द्रको गोदाम […]

एसईईका विद्यार्थीलाई विद्यालयमा पुगेर निःशुल्क सिम वितरण

नेपाल टेलिकम शाखा कार्यालय रामेछाप बजारले एसईईका विद्यार्थीलाई विद्यालयमा पुगेर निःशुल्क सिम वितरण गरेको छ । टेलिकम शाखा कार्यालय रामेछापका प्राविधिक बिमल काफ्लेका अनुसार श्री गौरी मावि परीक्षा केन्द्रमा एसईई दिने विद्यार्थीहरुलाई विद्यालयमै पुगेर सिम वितरण गरिएको हो । उक्त परीक्षा केन्द्रमा च्यास्कु,रामपुर,भंगरी र बाबियाखर्कका विभिन्न विद्यालयका विद्यार्थीहरुले एसईई परीक्षा दिएका हुन । यि विद्यालयका […]

हिमगंगाका २ जनाले गाउँमै पाए नागरीकता,सामाजिक सुरक्षा भत्ता पाउने बाटो खुल्यो

रामेछापको रामेछाप नगरपालिका–४ हिमगंगाकी ७२ बर्षिया बृद्धा भक्तमाया सुनुवारले बल्ल नागरिकता पाउनुभएको छ । शनिवार अपाङ्गता भएका एकजना र ७२ बर्षिया बृद्धालाई प्रमुख जिल्ला अधिकारीले घरमै पुगेर पुगेर नागरिकता प्रदान गर्नुभएको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाको नेतृत्वमा गएको टोलीले फरक क्षमता भएका २५ वर्षीय नरबहादुर माझी र ७२ वर्षीय वृद्धा भक्तमाया सुनुवारलाई […]

भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध निर्वाचित

भूतपुर्व प्रहरी संगठन रामेछापको अध्यक्षमा कुमार खत्री निर्विरोध निर्वाचित हुनुभएको छ । नेपाल पूर्व प्रहरी संगठनको शनिवार मन्थलीमा सम्पन्न चौथो जिल्लाअधिवेशनले मन्थली–१ का कुमार खत्रीको नेतृत्वमा २० सदस्यीय नयाँ कार्यसमिति निविरोध रुपमा चयन गरेको हो । यसरी निर्वाचित हुनेहरुमा प्रथम उपाध्यक्षमा राम बहादुर वरुवाल, द्वितिय उपाध्यक्षमा अर्जुन वहादुर खड्का, सचिब केशर बहादुर श्रेष्ठ, सह सचिवमा […]

कारागार कार्यालय रामेछापका एक कैदीको मृत्यु

जिल्ला कारागार कार्यालय रामेछापका एक कैदीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामेछापको लिखुतामाकोशी गाउँपापालिका ३ का बिरे दर्जी रहेका छन । कारागारमा एक्कासी बिरामी परेका दर्जीलाई उपचारका लागी जिल्ला अस्पताल लैजाँदै गर्दा उनको बाटोमै ज्यान गएको हो । जिल्ला कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङका अनुसार वर्ष ५२ का दर्जी यहि फागुन ४ गते […]

रामेछाप कौछिनी बोलेरो गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या ५ पुग्यो

रामेछापको मन्थली नगरपालिका– ७ को कौछिनीमा बिहीबार भएको बोलेरो जीप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ । ४ जनाको घटनास्थलमै र चालकको उपचारका क्रममा मृत्यु भएको हो । मृतक सबै जनाको सनाखत भएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट बिहीबार मन्थली नगरपालिका–७ स्थित कौछिनीतर्फ जाँदै गरेको बा ११ च ५५३ नं को बोलेरो सडकबाट करिब […]

रामेछाप कौछिनी गाडी दुर्घटनामा अपडेट:मृतक ४ जनाको परिचय खुल्यो

रामेछापको मन्थली नगरपालिका वडा नं ७ कौछिनी मानेखोप भन्ने ठाउँमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको ज्यान गएको छ । बा ११ च ५५३ नम्बरको बोलेरो गाडी दुर्घटनामा सोही ठाउँका जेसुन थोकर,ज्यानरानी तामाङ,नन्द माया भण्डारी र एक ११ बर्षिय बालिकाको मृत्यु भएको त्यहाँका वडाअध्यक्ष भुवनहरी प्रसाईले जानकारी दिनुभयो । दुर्घटनामा चालक शंकर […]

रामेछाप कौछिनीमा बोलेरो गाडी दुर्घटना ४ जनाको ज्यान गयो

रामेछापको मन्थली नगरपालिका वडा नं ७ कौछिनी मानेखोप भन्ने ठाउँमा बोलेरो गाडी दुर्घटना भएको छ । दुर्घटनामा ४ जनाको ज्यान गएको छ । बा ११ च ५५३ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको त्यहाँका वडाअध्यक्ष भुवनहरी प्रसाईले जानकारी दिनुभयो । बोलेरो गाडी लगभग सडकदेखी ७० मिटर तल खसेको छ । सदरमुकाम मन्थलीबाट कौछिनी मानेखोप हिँडेको गाडी […]

यौन दुर्व्यवहारका आरोपित रामेछाप वन डिभिजनका हाकिमको मन्त्रालय सरुवा

महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोपित डिभिजन वन कार्यालय रामेछापका प्रमुख रामशरण गौतमको मन्त्रालय सरुवा भएको छ । आफ्नै कार्यालयमा कार्यरत महिला कर्मचारीमाथी दुर्व्यवहार गरेको आरोप लागेपछि गौतमकाे मन्त्रालयमा सरुवा भएकाे हो । गौतमविरुद्ध वन मन्त्रालयमा यौन दुर्व्यवहार गरेको आरोपसहित जिल्ला प्रशासन कार्यालय रामेछाप र वन तथा वातावरण मन्त्रालय बागमती प्रदेशलाई बोधार्थ दिएर उजुरी परेको थियो […]