रामेछापमा ९ महिनामा ३५ वटा सवारी दुर्घटना,११ जनाले ज्यान गुमाए

रामेछापमा ९ महिनाको अवद्यिमा भएको सवारी दुर्घटनामा ११ जनाले ज्यान गुमाएका छन । साउनदेखी चैत्र मसान्तसम्म अर्थात यो ९ महिनाको अवद्यिमा ३५ वटा सवारी दुर्घटना भएको हो । जिल्लाको विभिन्न ठाउँमा भएका सवारी दुर्घटनामा ५७ जना घाईते भएका छन । साउन महिनामा १ वटा,भदौमा कुनै पनि दुर्घटना नभएको,असोजमा ३ वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक […]

रामेछापमा झ्याप्प-झ्याप्प बत्ति जाने समस्याले उपभोक्ता हैरान

रामेछापमा बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान भएका छन । दिनमा सयौँ पटक बिजुली झ्याप्प झ्याप्प जाने समस्याले विद्युतिय सामाग्रीहरु बिग्रन थालेका छन । बिजुली छिनमा आउने छिनमा जाने समस्याले कम्युटर लगायत विद्युतिय सामानहरुमा समस्या देखिन थालेको हजुरको रेडियोका प्राविधिक श्रीराज महतले बताउनुभयो । बिजुली आपूर्ति अनियमित हुँदा ब्याकअपमा समेत समस्या देखिएको कारण रेडियोको नियमित […]

मिथिलाको नयाँ वर्ष जुड–शीतलः वातावरण संरक्षण र जनचेतनाको प्रतीक

डा. केदार कार्की। (अप्रिल १४) “सतुआनी“ को पर्व हो र  (अप्रिल १५) “जुड–शीतल“ अर्थात् बिहारको मिथिलाको नयाँ वर्ष हो। सतुआनीको यो पर्व बिहारमा मात्र नभई उत्तर प्रदेश र नेपालका केही भागहरूमा पनि रबि बाली काट्ने समयमा मनाइन्छ। शीतलताको लोक पर्व, जुड–शीतल, १४ अप्रिलदेखि सुरु हुँदैछ। मिथिलामा यसलाई नयाँ वर्षको रूपमा मनाइन्छ। जुधा शीतलमा, सम्पूर्ण समाजले […]

रामेछाप नगरपालिका–८ का ५० जनालाई तरकारी खेती,हाउस वाईरिङ्ग र पशुपंक्षि सम्बन्धि तालिम

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ की कोपिला मगरले तरकारी खेती सम्बन्धि १५ दिने तालिम लिनुभयो । उहाँले १५ दिने तालिममा तरकारी खेतीसँग सम्बन्धित विभिन्न कुराहरुको बारेमा जानकारी लिँदै सिप समेत सिक्नुभयो । टनेला बनाउने तरिका,नर्सरीमा बिरुवा उत्पादन गर्दा ध्यान दिनुपर्ने कुराहरु तालिमबाट सिकेको उहाँले बताउनुभयो । तरकारी खेती गरिरहेको भएपनि प्राविधिक ज्ञान नहुँदा सोचे […]

गौरीशंकर बहुमुखी क्याम्पस रामेछापको भवन निर्माणको काम अन्तिम चरणमा

गौरीशंकर बहुमुखी क्याम्पस रामेछापको भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारबाट नजिकै रहेको टावर डाँडामा भवन निर्माण भएको हो । यहि असोज ४ गते सम्झौता भएर एस.रामेछाप कन्स्ट्रक्सन प्रा.लिले भवन निर्माणको काम गरिरहेको छ । निर्धारित समयमै भवन निर्माणको काम सम्पन्न भएको एस.रामेछाप कन्स्ट्रक्सन प्रा.लिका प्रतिनिधि रमेश रायले बताउनुभयो […]

रामेछाप मन्थलीका ६१ बालविकास शिक्षकलाई ‘इएलडीएस’ तालिम

बालबालिकाहरु ‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकास’को मुख्य आधारशीला हुन् । बालबालिकालाई राष्ट्र निर्माणको बलियो आधार वा जगको रुपमा लिने गरिन्छ । ‘सुखी नेपाली, समृद्ध नेपाल र दिगो विकासको आधारशीला मानिने बालबालिकाहरुको सर्वाङ्गीण विकास र शैक्षिक पूर्वतयारी गराउने लक्ष्यका साथ सेतो गुँरास राष्ट्रिय बालविकास सेवाले रामेछापको मन्थली नगरपालिकामा विभिन्न तालिम तथा अभिमुखीकरणका कार्यक्रम सञ्चालन […]

आठ दिने ‘इएलडीएस’ तालिम सञ्चालनः लिखुतामाकोशी गाउँपालिकाका ३५ शिक्षकको सहभागिता

सेतो गुराँस राष्ट्रिय बालविकास सेवा संस्थाले ३५ जना बाल शिक्षकहरुलाई ‘प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित निर्माणात्मक मूल्याङ्कन’ सम्बन्धी आठ दिने तालिम प्रदान गरेको छ । “प्रारम्भिक बालविकासमा लगानी, दिगो राष्ट्र विकासको थालनी” भन्ने मूल नाराका साथ सञ्चालन गरेको आठ दिने तालिममा रामेछापको लिखुतामाकोशी गाउँपालिकाभित्रका ३५ विद्यालयका ३५ जना बालविकास शिक्षकहरु सहभागी भएका थिए । […]

सिन्धुलीको गोलन्जोर गाउँपालिकाको विकास बजेट खर्च न्युन

सिन्धुलीको गोलन्जोर गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को दोश्रो चौमासिक अवद्यिसम्म सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार सम्पन्न उक्त कार्यक्रममा गाउँपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त चौधरीले जानकारी गराउनुभयो । उहाँका अनुसार गाउँपालिकाको जम्मा बजेट ५७ करोड १३ […]

रामेछापका टिकटक भाइरल बिक्रम हायु र बाबुराम हायु सम्मानित

रामेछापका टिकटक भाइरल बिक्रम हायु र बाबुराम हायु सम्मानित हुनुभएको छ । उहाँहरुलाई रामेछाप नगरपालिका वडा नं ७ ले सम्मान गरेको छ । टिकटकमा रमाईलो भिडियो बनाएर भाईरल बनेका दाजुभाईलाई सार्वजनिक सुनुवाई कार्यक्रमको अवसरमा नगद सहित सम्मान गरिएको हो । हायु दाजुभाईले रामेछाप नगरपालिकाको घरगाउँमै पुगेर कृषकहरुले उत्पादन गरेको विभिन्न कृषि उपजहरुलाई खरिद गर्ने गरेका […]

पत्रकार रजकको परिवारलाई रामेछापका पत्रकारहरुको आर्थिक सहयोग

राजावादीहरुले आव्हान गरेको आन्दोलनको क्रममा काठमाडौंको तिनकुनेमा रिपोटिङ गर्दै गर्दै गर्दा आगो लगाएर मारिएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकका परिवारलाई रामेछापका पत्रकारहरुले ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् । श्रमजिवि पत्रकार मारिदा निजसंग आश्रित परिवारजनलाई आर्थिक रुपमा पर्ने संकटमा थोरै भएपनि मलमपट्टी लगाउने उद्धेश्यले उक्त रकम उपलव्ध गराईएको नेपाल पत्रकार महासंघ रामेछापका अध्यक्ष दिपक […]