जिल्ला अस्पताल रामेछापले पायो न्युनतम सेवा मापदण्डमा ८७ प्रतिशत अंक

न्यूनतम सेवा मापदण्ड पुरा गर्ने सरकारी अस्पतालमा जिल्ला अस्पताल रामेछापले ८७ प्रतिशत अंक पाएको छ । जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्ड (minimum service standard ) मा ८७ प्रतिशत अंक पाएको हो । विभिन्न सूचकका आधारमा मापन गरिँदा अस्पतालले ८७ प्रतिशत अंक पाएको हो । यो विगतको तुलनामा सुधारोन्मुख अंक हो । एक वर्ष अघिको मापन […]

रामेछापमा बजार अनुगमनको नाममा प्रशासनको आतंक

रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेको नेतृत्वमा रहेको बजार अनुगमन समितिले पछिल्लो पटक यही जेठ २४ गते बजार अनुगमन ग¥यो । समय–समयमा अनुगमन भइरहे पनि यस पटक भने सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन समितिका संयोजक अनोजकुमार घिमिरेले व्यवसायीप्रति प्रतिशोध राखी अनुगमनका क्रममा व्यवसायीलाई अनावश्यक दुःख दिएको व्यवसायीहरुको गुनासो छ । अनुगमन टोलीले व्यवसायीलाई […]

रामेछाप नगरपालिका ७ सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्ष २०७९/८० को दोश्रो चौमासिक अबद्यिसम्म संचालन भएका विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आज सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका प्राविधिक भागवत कुमार श्रेष्ठले जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा नागरीकहरुले विभिन्न […]

रामेछापको खाँडादेवी-६ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको खाँडादेवी गाउँपालिका-६ माकादुममा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई सम्पन्नपारदर्शिता र जवाफदेहिता सहितको सवाल जवाफका लागि सार्वजनिक सुनुवाई गरेको छ । आर्थिक वर्ष २०७९/०८० को सुरुदेखि बैशाख मसान्त सम्ममा सञ्चालन भएका वडा भित्रका विकास निर्माण र सेवा प्रवाहका बारेमा कार्यक्रममा सहभागिहरुले मुक्तकण्ठले प्रशंसा गरेका थिए । पालिकाले आफ्नो वडामा बजेट दिन […]

सरकारले बजेटमा नसमेटेको भन्दै रामेछापमा विद्यालयका कर्मचारीहरु आन्दोलित

सरकारले विद्यालयमा कार्यरत कर्मचारीलाई बजेटमा नसमेटेको भन्दै रामेछापका सरकारी बिद्यालयका कर्मचारीहरु आन्दोलित भएका छन् । सरकारी विद्यालयमा कार्यरत लेखापाल,कार्यालय सहयोगी लगायतका कर्मचारीले लामो समयदेखि न्युन पारिश्रमिकमा काम गर्दै आएपनि सरकारले बजेट मार्फत सम्बोधन नगरेको भन्दै उनिहरु आन्दोलित भएका हुन् । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको १ सय २७ नम्बर बुँदामा विद्यालय […]

विश्व वातावरण दिवसको अवसरमा रामेछापमा वृक्षारोपण

विश्व वातावरण दिवसको अवसरमा रामेछापमा वृक्षारोपण गरिएको छ । डिभिजन वन कार्यालय रामेछापले वृक्षारोपण कार्यक्रम गरेको हो । मन्थली नगरपालिका वडा नं २ स्थित सशस्त्र प्रहरी कार्यालय नजिकै रहेको खाली जमिनमा विभिन्न जातका बिरुवाहरु रोपिएको हो । डिभिजन वन कार्यालय रामेछापका सहायक वन अधिकृत देबेन्द्र यादवका अनुसार कपूर,समी,निम,अम्बा लगायत १० प्रकारका एक १ सय ५० […]

रामेछाप डुम्रिखर्कका विपन्न र दलित महिलाहरुलाई हाइजिनिक कीट वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ डुम्रिखर्कका विपन्न र दलित महिलाहरुलाई हाइजिनिक कीट वितरण गरिएको छ । शनिबार लायन्स क्लब अफ नेपाल हाइलाइट्को सहयोग र वडा नं ८ को समन्वयमा १२ बर्ष देखि ४० बर्षसम्मका महिलाहरुलाई हाइजिनिक कीट वितरण गरिएको हो । वडा नं ८ का वडाअध्यक्ष सन्तोष तामाङका अनुसार डुम्रिखर्कका विपन्न र दलित […]

रामेछाप अस्पतालमा महिलाहरुको आङखस्ने समस्याको निशुल्क शल्यक्रिया शिविर सुरु

जिल्ला अस्पताल रामेछापमा महिलाहरुको आङखस्ने समस्याको शल्यक्रिया शिविर सुरु भएको छ । बाम्मती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालयको आयोजनामा शिविर सुरु भएको हो । शिविर सुरु हुनुअघि भएको एक कार्यक्रममा बोल्दै बाम्मती प्रदेश सभा सदस्य आनन्द श्रेष्ठले जिल्ला अस्पताल रामेछापलाई एउटा विशेष रोगको उपचार गर्ने केन्द्रको रुपमा विकास गर्नको लागी पहल भैरहेको बताउनुभयो । […]

रामेछापको सुकाजोरमा बन्यो सुविधा सम्पन्न कबर्ड हल

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोर वडा कार्यालय नजिकै सुविधा सम्पन्न कबर्ड हल बनेको छ । करिब साढे चार करोडको लागतमा सुविधा सम्पन्न कबर्ड हल निर्माण सम्पन्न भएको हो । १ सय ९ फिट लम्बाइ र ८६ फिट चौडाइ भएको कवर्ड हल भित्र भलिबल मैदान,जिम कक्ष, अतिथि स्टेज र दर्शक सिट लगायत रहने […]

रामेछाप जिल्लामै गोकुलगंगाबाट सुरु भयो भूमिहीन र अव्यवस्थित बसोबासीका लागि जग्गाको निस्सा वितरण

रामेछाप जिल्लामा पहिलो पटक गोकुलगंंगा गाउँपालिकाबाट भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको निस्सा वितरण सुरु भएको छ । गोकुलगंंगा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत होम बहादुर थापाका अनुसार गाउँपालिकाबाट राष्ट्रिय भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुको जग्गा व्यवस्थापनका लागि निवेदन फारम दर्ताको निस्सा वितरण तथा जग्गा नापजाँच कार्य प्रारम्भ भएको हो । राष्ट्रिय […]