पहिलो चौमासिकमा रामेछाप नगरपालिकाको खर्च १४.३८ प्रतिशत मात्रै

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्षको हालसम्म जम्मा बजेटको १४.३८ प्रतिशत मात्रै रकम खर्च गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा ११ करोड ५ लाख ९० हजार ५ सय ७३ रुपैयाँ ९४ पैसा अर्थात १४.३८ प्रतिशत मात्रै रकम खर्च गरेको […]

रामेछाप अस्पतालमा यहि मंसिर २३ गते विशेषज्ञ चिकित्सकले सेवा दिने

रामेछाप अस्पताल रामेछापमा हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सकले सेवा दिइरहेका छन । अस्पतालमा विशेषज्ञ÷विशिष्टिकृत सेवा विस्तार गर्न हरेक महिनाको १ दिन विशेषज्ञ चिकित्सक सहितको ओ.पि.डी सेवा संचालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । यहि मंसिर २३ गते आईतबार मुटु रोग विशेषज्ञ,स्त्री रोग विशेषज्ञ,पेट आन्द्रा तथा कलेजो रोग विशेषज्ञ,मानसिक तथा नशा रोग विशेषज्ञ,नाक कान तथा […]

रामेछापको सुनापति गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

“स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ रामेछापको सुनापति गाउँपालिकामा छैठौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यहि मंसिर १५,१६ र १७ गते ३ दिन प्रतियोगिता संचालन हुने गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा भलिबल,कबड्डी,एथलेटिक्स लगायतका खेलहरु खेलाईनेछ । प्रतियोेगितामा ५ वटै वडाका माध्यमिक विद्यालयका खेलाडीहरुले सहभागीता जनाउनेछन ।

रामेछापको उमाकुण्ड गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुँदै

रामेछापको उमाकुण्ड गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । यहि मंसिर १२, १३ र १४ गते ३ दिन प्रतियोगिता संचालन हने गाउँपालिकाले जानकारी दिएको छ । पर्यटकीय तथा सुन्दरभूमि गाउँपालिकाको वडा नं २ बाम्ती भण्डार स्थित श्री सिद्वेश्वर माध्यमिक विद्यालयको खेलमैदानमा गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको हो । […]

जुनार जोन संचालन समन्वय समिति रामेछापको संयोजकमा गुन्ज ब कार्की चयन 

जुनार जोन संचालन समन्वय समिति रामेछापको संयोजकमा गुन्ज ब कार्की चयन हुनुभएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन एकाइ रामेछापले आयोजना गरेको एक भेलाले कार्कीको संयोजकत्वमा ९ सदस्यीय समन्वय समिति गठन गरेको हो । जसअनुसार संयोजकमा गुन्ज बहादुर कार्की,उपसंयोजकमा पदम बहादुर लामा,सचीवमा कैलाश चौहान,सह सचीवमा चिना कुमारी तामाङ,सदस्यहरुमा क्रमशः ढाल बिक्रम कार्की,दिपक कुमार खत्री,तारादेवी […]

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल जिल्ला शाखा सिन्धुली गठन

राष्ट्रिय फोटो पत्रकार समुह नेपाल जिल्ला शाखा सिन्धुली गठन गरिएको छ । बुधबार(आज) सिन्धुलीमा भएको प्रथम जिल्ला भेलाले उद्धव कुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्य कार्यसमिति गठन गरेको हो । अध्यक्षमा उद्धव कुमार श्रेष्ठ,उपाध्यक्षमा बुद्ध नेपाली,सचिवमा राधिका बुढाथोकी,सहसचिवमा अशोक काफ्ले,कोषाध्यक्षमा कुमार दुलाल,सदस्यहरुमा क्रमश गंगा विसङखे,दिलीप कुमार श्रेष्ठ,बिमला रजन मगर,पुनम सुनुवार,राजकुमार श्रेष्ठ र आस्था विश्वकर्मा रहेका छन […]

रामेछाप जिल्लामा ७ सय ७६ घरमा छैन शौचालय

मंगलबार(आज) विश्व शौचालय दिवस मनाईदैछ । हरेक वर्ष नोभेम्बर १९ तारिखमा सरसफाइका लागि शौचालयको महत्वबारे चेतान जगाउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार रामेछाप जिल्लाका ७ सय ७६ घरमा अझै शौचालय छैन । जिल्लामा सबैभन्दा धेरै शौचालय नहुने पालिका मन्थली नगरपालिका रहेको छ । मन्थली नगरपालिकामा अझै १ सय ६६ […]

उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न थप गर्‍यो भत्ता 

रामेछापको उमाकुण्ड गाउँपालिकाले प्रधानाध्यापकलाई प्रोत्साहन गर्न भन्दै संघीय सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई दिँदै आएको भत्तामा केही रकम थप गरेको छ । माध्यमिक तहको प्रधानाध्यापक भत्ता २ हजार रुपैयाँ थपेर २५०० पुर्‍याएको छ भने आधारभूत तह १-८ का प्रधानाध्यापकको भत्तामा १२०० थपेर १५०० पुर्‍याएको छ र आधारभूत तह १-५ का प्रधानाध्यापकको भत्ता ८०० थपेर १००० रुपैयाँ […]

रामेछाप नगरपालिका–८ मा बालमैत्री वडा घोषणा हुन ३७ वटा सूचक पुरा

रामेछापको रामेछाप नगरपालिका बालमैत्री स्थानिय शासनयुक्त नगरपालिका घोषणाको तयारीमा छ । नगरका ९ वटै वडाहरु बालमैत्री वडा घोषणा गर्न विभिन्न सूचकहरु पुरा गर्ने अभियानमा छन । रामेछाप नगरपालिकाको केन्द समेत रहेको वडा नं ८ रामेछाप बजारले ५१ वटा सूचकमध्ये ३७ वटा सूचक पुरा गरेको छ । वडा कार्यालयमा आज सूचक मापन कार्यशाला तथा अन्तरक्रिया कार्यक्रमको […]

रामेछापमा यस वर्ष ४५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान

जुनारको जिल्ला भनेर पहिचान बनाएको रामेछापमा यस वर्ष ४ हजार ५ सय ३६ मेट्रिकटन जुनार उत्पादन हुने अनुमान गरिएको छ । यस वर्ष जुनारमा कुनै प्रकारको रोग किरा नदेखिएका कारण पनि जुनार उत्पादन बढ्ने अनुमान गरिएको छ । गत वर्ष ४ हजार ५ सय मेट्रिकटन जुनार भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले जनाएको छ । […]