रामेछापमा आज २६ जना कोरोना सङ्क्रमित थपिए

रामेछाप जिल्लामा आज २६ जना कोरोना सङ्क्रमित थपिएका छन् । जिल्ला अस्पतालमा चार जना, मन्थली प्राथमिक स्वास्थ्य केन्द्रमा एक जना, रामेछाप नगरपालिकामा १४ जना, उमाकुण्ड गाउँपालिकामा तीन जना, खाँडादेवी गाउँपालिकामा एक जना, गोकुलगंगा गाउँपालिकामा एक जना, लिखुतामाकोशी गाउँपालिकामा एक जना र तामाकोशी अस्पतालमा एक जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । […]

रामेछापमा कोरोना संक्रमित एक महिलाको मृत्यु

रामेछापमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु गएको छ । रामेछाप नगरपालिका वडा नं ८ की ७५ वर्षिया महिलाको बीर अस्पतालमा उपचारका क्रममा सोमबार ज्यान गएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मृत्यु भएकी महिलामा गत जेठ १९ गते जिल्ला अस्पतालमा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि जिल्ला अस्पतालको […]

रामेछापमा जारी निषेधाज्ञा खुकुलो बनाउदै एक हप्ता थपियो

रामेछापमा जारी निषेधाज्ञा फेरि एक हप्ता थप भएको छ । जिल्लामा निषेधाज्ञा थप भएपनि खुकुलो बनाइएको छ । आज जिल्ला प्रशासन कार्यालय रामेछापमा बसेको जिल्ला स्तरीय कोडिभ–१९ सङ्कट ब्यवस्थाप केन्द्र तथा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लामा जारी निषेधाज्ञा एक हप्ता थप गर्ने निर्णय गरेको हो । जिल्लामा कोरोना सङ्क्रमण जोखिम अझै कायम रहेको भन्दै एक […]

रामेछाप हिलेपानी भालुखोप कालोपत्रे सडक गुणस्तरहिन : स्थानीय आक्रोशित

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ हिलेपानी भालुखोप कालोपत्रे सडक गुणस्तरहिन काम भएको भन्दै स्थानिय आक्रोशित भएका छन । कालोपत्रे सडक निर्माण भएको एक महिना नपुग्दै भत्कन थालेको छ । एक महिनामै सडक भत्कन थालेपछि गुणस्तरहिन सडक निर्माण गरिएको भन्दै स्थानीय आक्रोशित बनेका हुन । कालोपत्रे गरिएको सडक मानिसले हात लगाएर तान्दा सजिलैसँग उक्किने गरेको भन्दै […]

रामेछाप सम्पर्क समिती दक्षिण कोरियाद्वारा स्वास्थ सामग्री हस्तान्तरण

रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले रामेछाप जिल्लाका एक अस्पताल सहित ८ वटै पालीका लागि विभिन्न स्वास्थ्य सामाग्रिहरु उपलब्ध गराएको छ । सर्वसाधारणलाई कोभिड उपचारमा सहजता होस भन्ने उदेश्यले पालिका र अस्पतालहरुमा स्वास्थ्य सामाग्रि आबश्यक बनिरहेको वेला सम्पर्क समितिले करिब १२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो । २/३ दिनको समय लगाएर सम्पर्क समितिका पदाधिकारिहरुले […]

काङ्ग्रेस इकाइ समिति बेतालीद्वारा अस्पताललाइ स्वास्थ्य सामग्री सहयोग

रामेछाप जिल्लाको गोकुलगङ्गा गाउपालिकाको अस्पताललाई नेपाली कांग्रेस गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ इकाई समितिले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बिच इकाइ समितिले अस्पताललाई अक्सिजन कन्सनट्रेटर २ थान,नेबुलाइजर २ थान, पिपिइ सेट ५ थान, फेस सिल्ड १ बन्डल, मास्क २ हजार, चामल ५ बोरा, चना केराउ १० किलो, फलफुल १ कार्टुन, […]

रामेछापमा मौसम सफा : केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आज रामेछाप सहित देशका धेरै ठाउँमा मौसम सफा रहेको छ । काठमाण्डौ उपत्यकासहित धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसोपख मौसम सामान्य बद्ली हुनेछ । मनसुनी वायुको प्रभाव रहेकाले धेरैजसो ठाउँमा फाट्टफुट्ट पानी पर्न सक्नेछ । वाग्मती प्रदेशमा काठमाण्डौ उपत्यकासहित एक÷दुई ठाउँ र प्रदेश दुई, लुम्बिनी र गण्डकी […]

रामेछाप सहित ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप

रामेछाप सहित देशभरका ६४ जिल्लामा मकैबाली नष्ट गर्ने अमेरिकी फौजी किराको प्रकोप देखिएको छ । किराको प्रकोपका कारण खेत र बारीको मकै बाली नष्ट पारेको किसानहरूले गुनासो गरेका छन् । केही समय अघिसम्म खेतको मकैलाई क्षति पु¥याएको फौजी किरा अहिले देशभरको ६४ जिल्लामा फैलिएको प्लान्ट क्वरेन्टिाइन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ । किरा फैलिएकोबारेमा […]

काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो

काठमाडौँ उपत्यकामा आजबाट निषेधाज्ञा खुकुलो गरिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको अस्ति बसेको संयुक्त बैठकले आजदेखि एक साता निषेधाज्ञा थप गर्ने तर केही खुकुलो बनाउने निर्णय गरेको थियो । नयाँ निर्णयअनुसार यही १४ गतेसम्म हुने यस निषेधाज्ञामा सवारीसाधनमा जोर÷बिजोर प्रणाली लागु गरिएको छ भने बारअनुसार पसल खोल्नका लागि निश्चित समय दिइएको […]

थप २ हजार २९७ जनामा सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा थप २ हजार २९७जनामा सङ्क्रमण पुष्टि भएको छ । १० हजार ९ सय ४ जनाको परीक्षण गर्दापीसीआर विधिबाट १५ सय ८४ तथा एन्टिजेन विधिबाट ७ सय १३ जनामा सङ्क्रमण पुष्टि भएको हो । हालसम्म पीसीआर विधिबाट ६ लाख २२ हजार ६४० जनातथा एन्टिजेन विधिबाट २७हजार ३०८ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । […]