रामेछाप नगरपालिकाले मनायो विश्व क्षयरोग दिवस

रामेछापको रामेछाप नगरपालिकाले विश्व क्षयरोग दिवस मनाएको छ । स्वास्थ्य शाखाको आयोजना र जनस्वास्थ्य कार्यालय रामेछापको सहयोगमा दिवस मनाइएको हो । ‘हामी क्षयरोग अन्त्य गर्छौँ : राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । रामेछाप अस्पतालका डा.श्रीजन गौतमले कार्यक्रममा क्षयरोग के हो ? यो कसरी लाग्छ ? यसका लक्षणहरु के के […]

दुई घरधनी सहमतिमा, रामेछाप बजार सडक कालोपत्रे अब तीव्र गतिमा

रामेछाप — पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजारको सडक अब कालोपत्रेतर्फ अघि बढ्ने भएको छ।  अवरोधका रूपमा रहेका घरधनीको विवाद समाधान भएसँगै सडक निर्माणले गति लिने अपेक्षा गरिएको छ। सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजना अन्तर्गत पर्ने उक्त खण्डमा मापदण्डभित्र परेका अधिकांश घरटहरा भत्काइसकिए पनि दुई घरधनीले मुआब्जा नलिने र घर नहटाउने अडान राख्दै आएका […]

घरायसी विवादले लियो ज्यान,रामेछापमा जेठानद्वारा ज्वाइँको हत्या

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकामा घरायसी विवादले उग्र रूप लिँदा जेठानले आफ्नै ज्वाइँको हत्या गरेका छन्। ससुराली आएका ज्वाइँको हत्या गरेर फरार भएका आरोपीलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ। दोरम्बा शैलुङ गाउँपालिका–४ भार्लेका करिब ६० वर्षीय प्रेमबहादुर तामाङ ससुराली गएका बेला उनका जेठान, सोही स्थानका करिब ६० वर्षीय वीरबहादुर तामाङले कुटपिट गरी हत्या गरेको प्रहरीले […]

यस्ता छन जिल्ला विपद व्यवस्थापन समिति रामेछापको निर्णयहरु

जिल्ला विपद व्यवस्थापन समिति रामेछापको बैठक बसेको छ । यहि चैत्र ८ गते जिल्ला प्रशासन कार्यालयको सभाहलमा बैठक बसेको हो । जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एवम प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाको अध्यक्षतामा बसेको बैठकले विभिन्न २१ बुँदे निर्णय गरेको छ । यस्ता छन निर्णयहरु :  १. हालसम्म भएका निर्णयहरूको कार्यान्वयनको अवस्थाका सम्बन्धमा समीक्षा गरियो […]

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने रामेछापकी एक सहित ५ जना पक्राउ

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै लाखौँ ठगी गरेको आरोपमा रामेछापकी एक महिला सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ,काठमाडौं कीर्तिपुर नगरपालिका–७ बस्ने बर्दिया घर भएका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्ने सर्लाही […]

रामेछापको माकादुममा सुमो दुर्घटना,६ जना घाईते

रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार(आज) बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ। खाँडादेवी–७ बाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०८–००१ ज ०२२४ नम्बरको सुमो दुर्घटना भएको हो। दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले उहाँहरूलाई तत्काल थप उपचारका लागि काठमाडौँ पठाइएको छ। गम्भीर घाइते हुनेहरूमा अन्दाजी ६० […]

सिन्धुलीमा भएको मोटरसाइकल दुर्घटनामा रामेछापका एक पुरुषको मृत्यु

सिन्धुलीमा दुई मोटरसाइकल आपसमा ठोकिँदा भएको दुर्घटनामा रामेछापका एक पुरुषको मृत्यु भएको छ । बीपी राजमार्गमा पर्ने सुनकोसी गाउँपालिका–६ घुमाउने चैनपुरमा गएराति चैनपुरबाट खाल्टेतर्फ आउँदै गरेको बा.प्र ०२–०२७ प ११०० र सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.३–०२–०१४ प ८३६० नम्बरको २२० नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन्। दुर्घटनामा प्रदेश ३–०२–०१४ प ८३६० नम्बरको मोटरसाइकल चालक रामेछापको मन्थली […]

ओखलढुङ्गाको पलापुमा रामेछापका एक पुरुषको शब फेला

ओखलढुङ्गा जिल्लाको चम्पादेवी गाउँपालिका १ पलापुमा बुधबार दिउँसो एक पुरुषको सब फेला परेको छ । उक्त शव रामेछाप जिल्ला रामेछाप नगरपालिका ५ कोलन्जोरघाट बस्ने अन्दाजी ५५ वर्षीय मङ्गलबहादुर माझीको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिनुभयो । सुनकोशी नदीको बीच भागमा ढुङ्गामा अड्कि घोप्टोपरि मृत रहेको अवस्थामा माझीको […]

बागमती प्रदेशको पुँजीगत खर्च ज्यादै न्यून

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको ८ महिनामा १७.१२ प्रतिशत पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले गएको साउनदेखि फागुनसम्ममा कुल बजेटको २२.३१ प्रतिशत खर्च गरेको हो । जसमा चालुतर्फ ३०.५६ प्रतिशत र पुँजीगततर्फ १७.१२ प्रतिशत बजेट खर्च भएको मन्त्रालयका अधिकृत सुरज पौडेलले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष […]

रामेछापमा घर फोडी चोरी गर्ने दुई जना पक्राउ

रामेछाप — घर फोडेर नगद, सुन तथा ल्यापटप चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनापति गाउँपालिका–४ का २९ वर्षीय आटी तामाङ र सोही स्थानका करिब ३७ वर्षीय फेमस तामाङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा शैलुङ गाउँपालिका–७ खापुस्थित डिलकुमारी तथा बमबहादुर नगरकोटीको घरमा कोही नभएको मौका छोपी ढोकाको […]