रामेछापको गप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार

रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नाता पर्ने २७ वर्षीया एलिसा सुनुवारमाथि बुधबार साँझ खुकुरी प्रहार गरेका हुन्। घटनामा गम्भीर घाइते भएकी एलिसा सुनुवारलाई राति नै प्राथमिक उपचारपछि बिहीबार बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेले जानकारी दिनुभयो । […]

हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न सडक छेउमा वृक्षारोपण

हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न सडक छेउमा वृक्षारोपण गरिएको छ । रामेछापको रामेछाप नगरपालिका वडा नं ८ ले बुधबार रामेछाप मन्थली सडक खण्डको बावियाखर्कमा विभिन्न प्रजातिका विरुवाहरु रोपेको हो । डिभिजन बन कार्यालय रामेछापले उपलब्ध गराएको कपुर,धुपी लगायतका एक सय पचास भन्दा बढी बिरुवाहरु रोपिएको छ । बावियाखर्क र भंगेरीको सिमाना रातमाटे देखि […]

रामेछाप अस्पतालमा प्रसुती सेवा लिने महिला बढे

रामेछाप अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिलाको संख्या बढेको छ । गत साउनदेखी हालसम्म अर्थात यो एक वर्षको अवधिमा १ सय ७१ जना गर्भवती महिलाले प्रसुती सेवा लिएका हुन । १ सय २६ जना गर्भवती महिलाले सामान्य र ४५ जना महिलाले शल्यक्रिया मार्फत सुत्केरी सेवा लिएको अस्पतालका सिनियर मेडिकल अधिकृत सत्यम पाण्डेले बताउनुभयो । रामेछाप […]

रामेछाप नगरपालिकाको वित्तीय प्रगति ८३ दशमलव ०७ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८३ दशमलव ०७ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । शनिबार रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोला प्रसाद चापागाईले आ.व.२०८१/८२ को अवधिभर संचालन भएका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा जानकारी गराउनुभयो । चालु आ.व.मा अनुमानित कुल बजेट रू. ७६ करोड ८८ लाख ६९ […]

मन्थली नगरपालिकाको वित्तीय प्रगति ८५ दशमलव ८८ प्रतिशत

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा ८५ दशमलव ८८ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ । शुक्रबार(आज) मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्र्षी सापकोटाले आ.व. २०८१/०८२ को अवद्यिभर संचालन भएका विकास निर्माण तथा सेवा प्रवाहको बारेमा जानकारी गराउनुभयो । उहाँका अनुसार कुल १ अर्ब १ करोड ९७ लाख ८१ हजार […]

रामेछापका सरकारी कार्यालयले गरे सार्वजनिक सुनुवाई

रामेछाप जिल्लामा रहेका सरकारी कार्यालयहरुकोे सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । बिहिबार रामेछाप नगरपालिकाको सभा हलमा भएको कार्यक्रमको आयोजना जिल्ला प्रशासन कार्यालयले गरेको हो । जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुले चालु आ.वको हालसम्म भएका कामहरुको बारेमा जानकारी गराएका थिए । जिल्ला स्थित सरकारी कार्यालयहरुको हालसम्मको अवद्यीमा भएको कामहरु र वित्तिय […]

रास्वपा रामेछापको हस्ताक्षर अभियान जारी,तिन हजारले गरे हस्ताक्षर

राष्ट्रिय स्वतन्त्र पार्टीले सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै हस्ताक्षर अभियान संचालन गरिरहेको छ । सोही अभियान रामेछापमा पनि जारी रहेको रास्वपा रामेछापका उपसभापति मोहन कार्कीले बताउनुभयो । अभियान सुरु भएदखी हालसम्म ३ हजार भन्दा बढी नागरीकले हस्ताक्षर गरेको उपसभापति कार्कीले बताउनुभयो । बिहिबार(आज) रामेछाप बजारमा भएको हस्ताक्षर अभियानमा ७ सय जनाले हस्ताक्षर गरेका […]

रामेछाप पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

रामेछाप जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमको तालिका अनुसार बालबालिकाले पाउनुपर्ने सम्पूर्ण खोप लगाइसकेको सुनिश्चिततासहित पूर्ण खोप जिल्ला घोषणा गरिएको हो । जिल्लास्तरीय खोप समन्वय समिति र जनस्वास्थ्य कार्यालयले बुधबार(आज) एक कार्यक्रम आयोजना गरी सो घोषणा गरेको हो । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले जिलालाई […]

धारामा धमिलो पानी आएपछि रामेछापबासी हैरान

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार आसपासमा खानेपानीको धारामा धमिलो पानी आएपछि सर्वसाधारण समस्यामा परेका छन । अविरल वर्षासँगै बढेको भेलले खोला नै धमिल्याएपछि यहाँका घररघरमा जोडिएका धारामा समेत धमिलो पानी आएको छ । रामेछाप नगरपालिका ८ रामेछाप बजारमा बस्दै आएका विनोद कुमार श्रेष्ठले धारामा धमिलो लेदो सहितको पानी आउन थालेपछि यस्तो पानी कसरी पिउने भन्दै […]

क्रसर उद्योगको मनोमानीले मासिँदै घाट

शुक्रबार बिहान रामेछाप नगरपालिका ७ का अमर बहादुर मगरको शव लिएर मलामीहरु मन्थली स्थित सुकाजोर खोलाको दोभानको घाट पुगे । केही महिना अघिसम्म ठिकठाक रहेको सो घाटमा क्रसर उद्योग संचालन भएपछि स्वरुप नै विग्रीएको थियो । घाटसम्म पुग्ने सडक थिएन,नदीको पानी पहिलाभन्दा धेरै माथि आएको थियो,ढुंगा,गिटी,बालुवा र रोडाहरु पिलिरहेको,थुपारिरहेको,डोजरले खनिरहेको र केही टिफरहरु ति सामाग्रीहरु […]