सबैको मन जितेर रामेछापबाट बिदाई भए डा.यादव

रामेछाप अस्पताल रामेछापमा कार्यरत MD GP&EM डाक्टर मनोज यादव सबैको मन जितेर बिदाई हुनुभएको छ । साँढे २ वर्ष रामेछाप अस्पतालमा बिरामीको सेवामा रातदिन नभनी खटिएर बिरामीको मनमा बस्न सफल हुनुभयो डा.यादव । रामेछाप अस्पतालमा पहिलो पटक प्रसूति शल्यक्रिया सुरु गर्नुभएका डा. यादवले १ सय ५० जना महिलाहरुको सफल रुपमा शल्यक्रिया मार्फत सुत्केरी गराउनुभएको हो […]

रामेछापमा पहिरोपछिको खोज,उद्धार र उपचारको पूर्वतयारीका लागि कृत्रिम घटना अभ्यास

रामेछापको पुरानो सदरमुकाम रामेछाप बजार नजिकै भंगेरीमा पहिरोपछिको खोज,उद्धार र उपचारको पूर्वतयारीका लागि कृत्रिम घटना अभ्यास गरिएको छ । रामेछाप अस्पताल रामेछापको आयोजनामा पहिरोको घटनापछिको उद्धार र घाइतेहरुको उपचार लगाएको बारेमा कृत्रिम घटना अभ्यास गरिएको हो । पहिरोको बेला हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज तथा उद्धार र उपचारलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा कृत्रिम […]

रामेछाप नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म अर्थात यो एक वर्षभरीको अवधिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा नगरपालिकाका बरिष्ठ अधिकृत एवं सूचना अधिकारी होम बहादुर थापाले जानकारी गराउनुभयो । उहाँले […]

मन्थली नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछापको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को सुरुदेखि हालसम्म अर्थात १ वर्षको अबद्यिमा सञ्चालन भएका विकास निर्माण र सेवा प्रवाहका बारेमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा नगरपालिकाले १ वर्षको अवद्यिमा प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा नगरपालिकाका उप सचिव एवं सूचना अधिकारी हेमन्त बुढाथोकीले जानकारी गराउनुभयो । […]

मेसुविरुद्ध रामेछाप अस्पतालका कर्मचारी आन्दोलित,सामूहिक राजीनामाको घोषणा

रामेछाप अस्पताल रामेछापमा केही महिना अघि मात्रै मेडिकल सुपरिटेण्डेन्ट भएर आउनुभएका डा.अच्युत पौडेलविरुद्ध अस्पतालकै कर्मचारीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सहित कार्यालय सहयोगीहरुले सामूहिक राजीनामा दिने घोषणा गरेका हुन । मेसु डा.पौडेलले धेरै जसो कर्मचारीहरुलाई मानसिक तनाव दिने,कामको चाप भइरहेको समयमा अर्को अनावश्यक काम दिने,वार्डमा राउन्ड लिन आउँदा स्टाफलाई अनावश्यक दुख […]

रामेछापमा विपद पुर्वको तयारी खै ?

जल तथा मौसम विज्ञान विभागले यस वर्ष सरदर भन्दा बढी पानी पर्ने अनुमान गरेको छ भने राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुन अवधिमा गत वर्ष भन्दा जोखिम धेरै रहेको बताइसकेको छ । तर, प्राकृतिक विपदको चपेटामा परिरहने रामेछापमा विपद पुर्वको तयारीमा सरकार जिम्मेवार देखिँदैन । अघिल्लो वर्ष पहिरोबाट जोगिएकाहरू मनसुन सुरू […]

रामेछाप नगरपालिका गणतन्त्र दिवस मनाउन एकिकृत घुम्ती शिविर सहित धारापानी बसेरीमा

रामेछापको रामेछाप नगरपालिकाले गणतन्त्र दिवसको अवसरमा मंगलबार(आज) वडा नं ४ को विकट ठाउँ धारापनी बसेरीमा एकिकृत घुम्ती शिविर संचालन गरेको छ । नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,उपप्रमुख बाल कुमारी कार्की,नगर प्रबक्ता समिर कार्की सहित नगरको टिम नै घुम्ती सेवा शिविर लिएर धारापनी बसेरी पुगेको हो । घुम्ती सेवा शिविरमा स्वास्थ्य,कृषि,पशु,जेष्ठ नागरीक परिचय पत्र वितरण लगाएतको विभिन्न […]

रामेछापको रामेछाप नगरपालिकाको जम्मा बजेट खर्च ५९.४७ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाको जम्मा बजेट खर्च ५९.४७ प्रतिशत रहेको छ । नगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को हालसम्म यति रकम खर्च गरेको जनाएको छ । चालू तर्फ ५१ करोड २६ लाख १२ हजार १ सय ३० रुपैया ३२ पैसा र पुँजीगत तर्फ २४ करोड ६९ लाख ८५ हजार ५ सय ११ रुपैया ३४ पैसा गरी […]

रामेछाप नगरपालिकाले बुझायो प्रधानमन्त्री प्रचण्डलाई माग पत्र

रामेछापको रामेछाप नगरपालिकाले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई माग पत्र बुझाएको छ । प्रधानमन्त्री प्रचण्डलाई रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले बुधबार सिन्धुलीको खुर्कोटमा भेटेरै माग पत्र बुझाउनुभएको हो । नगरपालिकाले प्रधानमन्त्रीलाई बुझाएको माग पत्रमा सेलेघाट रामेछाप साँघुटार सडक खण्डमा रहेको हटाउनु पर्ने घर टहरा र फलफूलजन्य वोट विरुवाहरुको निर्धारित मुआव्जा वापतको रकम यथाशिघ्र व्यवस्थापन गरिदिन […]

सरोकारवालाको बेवास्ताका कारण रामेछापको बिटार पार्क संरक्षणमा समस्या

स्थानीय सरोकारवालाको बेवास्ताका कारण रामेछापको बिटार पार्क संरक्षणमा समस्या भएको छ । ५ वर्ष अघि भएको लकडाउनका बेला मानिसलाई दिन कटाउन र मनोरञ्जन लिन सहज होस् भन्ने उद्देश्यले रामेछापका सहयोगी मनहरूको सक्रियतामा यो पार्क बनेको थियो । तर हिजोआज भने यसप्रति कसैको चासो देखिएको छैन । विभिन्न दातृ निकायहरूसँग चन्दा मागेर करिब १ करोडको लगानीमा […]