रामेछाप नगरपालिकाका ६५ जना बेरोजगारले पाए एक सय दिनको रोजगारी

रामेछापको रामेछाप नगरपालिकाका ६५ जना बेरोजगारले एक सय दिनको रोजगारी पाएका छन । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत यस वर्ष ९ वटै वडामा सूचिकृत भएका ४ सय ५६ जना बेरोजगार युवाहरुमध्ये ६५ जनाले एक सय दिनको रोजगारी पाएका हुन । २ सय ९२ पुरुष र १ सय ६४ जना बेरोजगार महिला सूचिकृत भएको भएपनि ६५ जनाले […]

९ महिनामा मन्थली नगरपालिकाको विकास बजेट खर्च न्युन

रामेछाप सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को नौ महिनामा जम्मा बजेटको ५१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । नगरपालिकाको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणालीमा चालु आर्थिक वर्षका लागि एक अर्ब एक करोड ९७ लाख ८१ हजार रुपैयाँ बजेट स्वीकृत भएको थियो । जसमा चालु खर्च ६१ प्रतिशत र पुँजिगत खर्च […]

रामेछापमा ९ महिनामा सवारी कारबाहिबाट २३ लाख बढि राजश्व संकलन

रामेछापमा ९ महिनाको अवद्यिमा सवारी साधन कारबाहिबाट २३ लाख बढि राजश्व संकलन भएको छ । साउनदेखी चैत्र मसान्तसम्म अर्थात यो ९ महिनाको अवद्यिमा २१ सय ४९ सवारी साधन कारबाहिबाट २३ लाख २५ हजार ५ सय २ रुपैयाँ राजश्व संकलन भएको हो । ट्राफिक नियम विपरित चलेका सवारी साधनहरु कारबाहीबाट उक्त राजश्व संकलन गरिएको जिल्ला ट्राफिक […]

रामेछापमा झ्याप्प-झ्याप्प बत्ति जाने समस्याले उपभोक्ता हैरान

रामेछापमा बिजुली आपूर्ति अनियमित हुँदा उपभोक्ता हैरान भएका छन । दिनमा सयौँ पटक बिजुली झ्याप्प झ्याप्प जाने समस्याले विद्युतिय सामाग्रीहरु बिग्रन थालेका छन । बिजुली छिनमा आउने छिनमा जाने समस्याले कम्युटर लगायत विद्युतिय सामानहरुमा समस्या देखिन थालेको हजुरको रेडियोका प्राविधिक श्रीराज महतले बताउनुभयो । बिजुली आपूर्ति अनियमित हुँदा ब्याकअपमा समेत समस्या देखिएको कारण रेडियोको नियमित […]

भूमि समस्या समाधानका लागी रामेछाप नगरपालिकामा अभिमुखीकरण कार्यक्रम

रामेछापको रामेछाप नगरपालिकामा भूमि समस्या समाधानका लागी भूमि समस्या समाधान आयोग जिल्ला समिति रामेछापले अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका रामेछाप नगरपालिका प्रमुख लबश्री न्यौपानेले अहिलेको आयोगले तिव्रताका साथ काम गर्नुपर्ने बताउनुभयो । विगतमा आयोगहरु बन्ने तर काम चाहिँ नहुने गरेको भन्दै उहाँले अहिलेको अयोगले जुनसुकै अवस्थामा पनि काम […]

८ महिनामा रामेछाप नगरपालिकाको विकास खर्च जम्मा १३ दशमलव ४५ प्रतिशत

रामेछापको रामेछाप नगरपालिकाको विकास खर्च न्यून देखिएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को आठ महिनामा नगरपालिकाले चालु तर्फ ४४ दशमलव ०९ प्रतिशत र पुँजीगततर्फ १३ दशमलव ४५ प्रतिशत बजेट खर्च गरेको हो । नगरपालिकाले चालु आर्थिक वर्षको साउनदेखि फागुन महिनासम्म जम्मा बजेट ७६ करोड ८८ लाख ६९ हजार ५ सय ५१ रहेकोमा २६ करोड […]

वैदेशिक रोजगार र सहरीकरणले रित्तिँदै गाउँ

सुन्दर बगैंचा पनि गोडमेल हुन सकेन भने कुरुप र निरर्थक देखिन्छ । अहिले हाम्रा गाउँ बस्तीहरू त्यही अवस्थामा पुगेका छन् । ४० वर्षअघि गाउँमा जुन रौनक थियो, अहिले ती सबै कथाजस्तै लाग्छ । जतासुकै हरियाली, मौसम अनुसारका खेती, मिजासिला छिमेकी र आफन्तका कारण गाउँको महत्व नै बेग्लै थियो । अहिले ती गाउँ, गाउँ जस्ता रहेनन् […]

छोराको जन्म दिनको अवसरमा बुबाले दिए विद्यार्थीलाई न्यानो कपडा

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मा रहेको गैँयाश्वरी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा (ट्याक सुट) वितरण गरिएको छ । आज(शुक्रबार) सोही वडाको सुकाजोर घर भएका शेर बहादुर दर्लामी मगरले छोराको जन्म दिनको अवसरमा न्यानो कपडा वितरण गर्नुभयोे । बेलायतमा रहेका छोरा बिक्रम दर्लामी मगरको २६ औँ जन्म दिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको […]

रामेछाप महोत्सवः न दर्शक तान्यो, न व्यापार, २४ वटा स्टल रित्तो

रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा माघ १६ गतेदेखि शुरु भएको ‘रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी, २०८१’ प्रायः सुनसान देखिन्छ । महोत्सव शुरु हुने केही दिनअघि मात्रै पत्रकार सम्मेलन गरी यस वर्षको महोत्सवमा ५० हजार दर्शक भित्र्याउने उद्धघोष गरेको रामेछाप उद्योग वाणिज्य संघको आँकलन अहिले अपेक्षित दर्शकको उपस्थिति नहुँदा निरर्थक बन्ने निश्चित देखिन्छ । माघ […]

चालु आ.व.को हालसम्म मन्थली नगरपालिकाको वित्तीय प्रगति २७.९९ प्रतिशत

रामेछापको मन्थली नगरपालिकाको १६ औं नगरसभा (शुक्रबार) आज सम्पन्न भएको छ । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको नगर प्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नगरसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै यो अवधिमा पुँजीगत खर्च ९ प्रतिशत मात्रै भएको बताउनुभयो । चालु आर्थिक वर्षका लागि नगरपालिकाको एक […]