रामेछाप महोत्सवः न दर्शक तान्यो, न व्यापार, २४ वटा स्टल रित्तो

रामेछाप उद्योग वाणिज्य संघको आयोजनामा माघ १६ गतेदेखि शुरु भएको ‘रामेछाप कृषि, पर्यटन, औद्योगिक मेला प्रदर्शनी, २०८१’ प्रायः सुनसान देखिन्छ । महोत्सव शुरु हुने केही दिनअघि मात्रै पत्रकार सम्मेलन गरी यस वर्षको महोत्सवमा ५० हजार दर्शक भित्र्याउने उद्धघोष गरेको रामेछाप उद्योग वाणिज्य संघको आँकलन अहिले अपेक्षित दर्शकको उपस्थिति नहुँदा निरर्थक बन्ने निश्चित देखिन्छ । माघ […]

चालु आ.व.को हालसम्म मन्थली नगरपालिकाको वित्तीय प्रगति २७.९९ प्रतिशत

रामेछापको मन्थली नगरपालिकाको १६ औं नगरसभा (शुक्रबार) आज सम्पन्न भएको छ । मन्थली नगरपालिकाले चालु आर्थिक वर्षको झन्डै ६ महिनाको अवधिमा २७.९९ प्रतिशत वित्तीय प्रगति गरेको नगर प्रमुख लव श्रेष्ठले जानकारी दिनुभयो । उहाँले नगरसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुहुँदै यो अवधिमा पुँजीगत खर्च ९ प्रतिशत मात्रै भएको बताउनुभयो । चालु आर्थिक वर्षका लागि नगरपालिकाको एक […]

रामेछाप नगरपालिकाको वित्तिय प्रगति १८.४ प्रतिशत

रामेछाप जिल्लाको रामेछाप नगरपालिकाको १६ औँ नगरसभा बुधबार सम्पन्न भएको छ । नगरपालिकाले बिहिबार(आज) पत्रकार सम्मेलन मार्फत नगरसभा सम्पन्न भएको जनाएको हो । नगरपालिकाका प्रवक्ता समिर कार्कीले पत्रकार सम्मेलनमा एक प्रेश विज्ञप्ती मार्फत खर्चको अवस्था,प्रतिबद्धता तथा पारित भएको विभिन्न विद्येयकको बारेमा जानकारी गराउनुभयो । प्रवक्ता कार्कीका अनुसार नगरपालिकाको चालु आर्थिक वर्ष २०८१ /८२ मा चालु […]

रामेछापका ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाईदै

रामेछापका ७ हजार बढी छात्रालाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाईने भएको छ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत रामेछापका कक्षा ६ देखि १० मा अध्यनरत ७ हजार ६३ जना छात्रालाई पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप लगाउन लागिएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिनुभयो । छात्रालाई पाठेघरको मुखको क्यान्सर गराउने एचपिभी ह्युमन […]

रामेछाप अस्पतालको आयोजनामा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास

रामेछापमा सडक दुर्घटना सम्बन्धी कृत्रिम अभ्यास गरिएको छ । सडक दुघटनाबाट हुने मानवीय क्षति कम गर्न आज(मंगलबार) रामेछापमा पूर्व अभ्यास गरिएको हो ।अभ्यासमा रामेछाप नगरपालिका–८ टुँडीखेल नजिकै यात्रु बाहक बस दुर्घटना भएको थियो । दुर्घटनामा परी मृत्यु भएकाको शव र घाइतेहरूलाई सुरक्षाकर्मी, स्वास्थ्यकर्मीहरूको टोलीले उद्धार गरी उपचार तथा आवश्यक व्यवस्थापन गरिएको थियो । उद्धारमा नेपाली […]

रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको पुल संचालनमा

रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको बेलिब्रिज निर्माण सकिएर मंगलबार(आज) शुभारम्भ गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, ऊर्जा जलस्रोत तथा सिचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ (कान्छाराम) ले बेलिब्रिज पुलको उद्घाटन गर्नुभयो । रामेछापको मन्थली नगरपालिकाले बेलिब्रिज निर्माणमा सहयोग गरेको भन्दै सरकार र नेपाली सेनालाई एक कार्यक्रमको आयोजनागरी धन्यवाद व्यक्त गरेको छ […]

खुर्कोट पुलको निर्माण सकियो,मंगलबारदेखी सरर..गाडी चल्ने

रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको पुलको निर्माण सकिएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोसी नदीले रामेछापपटीको भाग बगाएको थियो । शनिवार नै सेनाले पुलमा बेलिब्रिज जडानको काम सकेको हो । सेनाले बेलिब्रिजको बिचमा फलामको सल्याप हाल्ने काम सकेर पुलको भार क्षमता समेत परीक्षण गरिसकेको सिन्धुलीको गोलन्जोर […]

खुर्कोट पुलको निर्माण सकियो,शनिबारदेखी नै सवारी संचालन गर्ने तयारी

रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको पुलको निर्माण सकिएको छ । गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोसी नदीले बगाएको थियो। बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज जोड्ने काम सम्पन्न भएको सिन्धुलीको गोलन्जोर गाउँपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडा अध्यक्ष रेगनराज थापाले बताउनुभयो । उहाँले भन्नुभयो,‘बेलिब्रिज वारीपारी जोड्ने काम […]

नागरीकलाई ढुक्कले चाडपर्व मनाउन रामेछापका प्रमुख जिल्ला अधिकारी पौडेलको आग्रह

चाडपर्व केन्द्रित शान्ति सुरक्षाको प्रबन्ध मिलाइएकाले ढुक्कले चाडपर्व मनाउन रामेछापका प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले आग्रह गर्नुभयो । प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको उहाँले बताउनुभयो । उहाँले चाडपर्वमा यात्रुहरुले सास्ती खेप्नुपर्ने विषयमा समेत जिल्ला प्रशासन कार्यालयले ध्यानकेन्द्रित गरेको बताउनुभयो । चाडपर्वको समयमा चोरी लगायतका अपराधिक घटनाहरु समेत बढ्ने हुँदा त्यस्ता घटनालाई नियन्त्रण […]

यस्तो छ प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना : डिएसपी प्रदिप कुमार सिंहसँगको कुराकानी

जिल्ला प्रहरी कार्यालय रामेछापले चाप पर्व विशेष सुरक्षा योजना लागु गरेको छ । यिनै विविध विषयमा जिल्ला प्रहरी कार्याय रामेछापका प्रमुख डिएसपी प्रदिप कुमार सिंहसँग गरिएको कुराकानीको सम्पादित अंश :  नेपालीहरूको महान चाड दशैँ तिहार शुरु भयो । रामेछाप जिल्लाको चाडपर्व लक्षित सुरक्षा योजना के छ ? चाड पर्वलाई लक्षित गरेर हामीले अन्य वर्ष हरूमा […]