श्रम स्वीकृति लिएर विगत ५ वर्षमा रामेछापबाट तिस हजारबढी युवा विदेश गए

श्रम स्वीकृति लिएर विगत पाँच वर्षको अवधिमा रामेछाप जिल्लाबाट ३० हजारभन्दा बढी युवा वैदेशिक रोजगारका लागि विदेश गएका छन्। रोजगारीको अवसर अभाव, सीमित औद्योगिक विकास र कृषि पेशासँग जोडिएको आय स्रोत घटेपछि युवाहरू वैकल्पिक रोजगारीको खोजीमा विदेशिने क्रम बढेको हो। आ.व २०७७/७८ देखी २०८१/८२ सम्मको अवधिमा रामेछापका ३० हजार एक सय युवाहरु कामको लागि विदेशिएका […]

रामेछाप नगरपालिकामा सुरक्षित आप्रवासन(सामी) कार्यक्रम लागु,सरोकारवालालाई अभिमुखिकरण

रामेछापको रामेछाप नगरपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम औपचारिक रूपमा लागु गरिएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सहयोग गर्ने उद्देश्यले कार्यक्रम सञ्चालनमा ल्याइएको हो । कार्यक्रम लागु भएसँगै जनप्रतिनिधि तथा शाखा प्रमुखहरुलाई लक्षित गरी अभिमुखीकरण कार्यक्रम गरिएको हो । सामी कार्यक्रमका जिल्ला संयोजक दिपक के.सी ले अभिमुखीकरणमा वैदेशिक रोजगारीमा जानुअघि अपनाउनुपर्ने कानुनी […]

विवाद निरुपणमा रामेछापका न्यायिक समितिहरु सकृय

रामेछापका स्थानीय तहमा गठन गरिएका न्यायिक समितिप्रति नागरीकको विश्वास पछिल्ला दिनमा बढ्दै गएको छ । सामान्य प्रकृतिका विवाद, घरेलु झै–झगडा, लेनदेन, जग्गा सिमाना, घरेलु हिंसा लगायतका विवादहरु छिटो, सरल र कम खर्चमा समाधान हुन थालेपछि न्यायिक समितिप्रति नागरिकको आकर्षण बढेको हो । जिल्लाका ८ वटै स्थानिय तहहरुका न्यायिक समितिमा आएका अधिकांस उजुरीहरु समाधान भैरहेका छन […]

रामेछाप बजार तत्कालै कालोपत्रे हुने,घर टहरा भत्काउन वडाकार्यालयको १५ दिने सूचना

रामेछापको पुरानो सदरमुकाम समेत रहेको रामेछाप नगरपालिकाको केन्द्र रामेछाप बजारको सडक अब भने तत्कालै कालोपत्रे हुने भएको छ । सेलेघाट–रामेछाप–साँघुटार सडक आयोजना अन्तर्गत पर्ने यो सडकको मापदण्ड क्षेत्र भित्रपर्ने घर टहरा भत्काउन मुआब्जा वितरण भैसकेको छ । बजार क्षेत्रमा भत्किने घरहरुकोे मुआब्जा वितरण भैसकेको तर रकम लिएर पनि घर नभत्काएपछि वडा कार्यालयले अन्तिम पटक १५ […]

आधुनिकीकरणले रामेछापमा आरन पेशा लोप हुँदै

पछिल्लो समयमा बढ्दै गएको आधुनिकीकरणले रामेछापमा आरन लोप हुँदै गएको छ। विगतमा हँसिया, कुटो, कोदालो, बञ्चरोलगायतका कृषि औजार निर्माण गर्ने आरन समयानुसार आधुनिक र व्यावसायिक बनाउन नसक्दा हराउन थालेको हो । राम्रो आम्दानी नहुने भएपछि युवाहरूले आरन पेशा छाड्दै गएका छन । युवाहरू पम्परागत पेशाभन्दा पनि वैदेशिक रोजगारका लागि आकर्षित बन्न थालेका छन । नयाँ […]

भव्य समारोहका बिच रामेछाप नगरपालिका बालमैत्री घोषणा

रामेछापको रामेछाप नगरपालिका शनिबार एक भव्य समारोहका बिच बालमैत्री स्थानीय सुशासनयुक्त पालिका घोषणा भएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नगरपालिकालाई जिल्लाकै दोस्रो र देशभरको २८ औँ बालमैत्री स्थानीय सुशासनयुक्त पालिका घोषणा गर्नुभयो । कार्यक्रममा बोल्नु हुँदै मख्य मन्त्री बानियाँले बालमैत्री पालिका घोषणा ठुलो उपलब्धि हो भन्दै यसको दिगोपनामा सबै पक्ष जुट्नुपर्ने बताउनुभयो । […]

शनिबार रामेछाप नगरपालिका बालमैत्री घोषणा हुँदै,सबै तयारी पुरा

रामेछापको रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । शनिबार हुने शनिबार समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । रामेछाप बजारको विभिन्न ठाउँहरुमा स्वागत गेट निर्माण गरिएको छ । बजार नकिकैको टुँडीखेलमा स्टेज तयार पारिएको छ । कार्यक्रमस्थललाई आकर्षक तरिकाले सजाइएको छ । कार्यक्रमको सबै तयारी पुरा भएको नगरपालिकाका […]

यहि भदौ २१ गते रामेछाप नगरपालिका बालमैत्री घोषणा हुँदै,तयारी तिव्र

रामेछापको रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदैछ । यसका लागी अहिले नगरपालिकाले तयारीलाई तिव्र बनाएको छ । बाल अधिकारको संरक्षण, प्रबर्धन र सहभागितालाई सुनिश्चित गर्दै नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न अहिले तयारी लगभग अन्तिम चरणमा पुगेको छ । मूल आयोजक समिति सहित १० वटा उपसमिति गठन […]

रामेछाप अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया

रामेछाप अस्पतालमा जटिल प्रकारको शल्यक्रियामा पर्ने एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा पहिलो पटक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको हो । रामेछाप नगरपालिका ८ का एक पुरुषको सोमबार सफल शल्यक्रिया गरिएको अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । अब एपेन्डिसाइटिस ,हाइड्रोशिल र हर्नियाको शल्यक्रिया रामेछाप अस्पतालमै हुने उहाँले बताउनुभयो । सर्जन डा. सुदत […]

रामेछाप नगरपालिका यहि भदौ २१ गते बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुँदै

रामेछापको रामेछाप नगरपालिका यहि भदौ २१ गते शनिबार बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा हुने भएको छ । बाल अधिकारको संरक्षण, प्रबर्धन र सहभागितालाई सुनिश्चित गर्दै नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न लागिएको उपप्रमुख बाल कुमारी कार्कीले बताउनुभयो । नगरपालिकाका ९ वटै वडा यहि जेठ २७ गते नै बालमैत्री वडा घोषणा भइसकेका छन्। वडास्तरमा शिक्षा, […]