दोरम्बामा २३औँ सहिद स्मृति दिवस तथा सहिद स्मृति पार्क उद्घाटन
रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–२ डाँडाकटेरीमा २३औँ दोरम्बा सहिद स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा निर्माण सम्पन्न भएको दोरम्बा सहिद स्मृति पार्कको उद्घाटन गरिएको छ । डाँडाकटेरीस्थित सहिद स्मृति पार्कमा आइतबार आयोजित कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता एवं नेपाल सरकारका तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको हो । कार्यक्रममा पार्टीका […]

