आज माघे सङ्क्रान्ति तथा माघी पर्व मनाईदै

आज माघे सङ्क्रान्ति तथा माघी पर्व । सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति पनि भनिन्छ ।आज देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणीलगायतका ठाउँ तथा नदीनालामा माघ स्नान गर्न भक्तजनको घुइँचो लाग्ने गर्दछ । थारु, मगर र किराँत समुदायले आज नयाँ वर्षका रुपमा स्नान, दान एवं खानपिन […]

रामपुरका जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ रामपुरले वडाका जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ । आर्थिक वर्ष २०७७÷७८ को बालबालिका, जेष्ठ नागरीक र अपाङ्ग कार्यक्रम अन्तर्गत २ लाख बजेटबाट जेष्ठ नागरिक तथा बालबालिकालाई न्यानो कपडा वितरण गरिएको वडा सदस्य पृथ्वीनारायण श्रेष्ठले जानकारी दिनुभयो । वडाका ७५ वर्षदेखि माथिका १७० जना जेष्ठ […]

लोकसेवा आयोगले खुलायो ८ सय ४३ जना नासु पदका लागि विज्ञापन

लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८ सय ४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४ सय ११ र ज्येष्ठता र कार्यक्षमता मूल्याङ्कन बढुवाबाट ४ सय ३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले आज नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।काठमाडौं कार्यालयबाट खुलामा १ सय ५०, ज्येष्ठताबाट ९८ र कार्यक्षमताबाट ४८ गरी […]

रामेछाप गुम्दलकी एक सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्धार

रामेछाप जिल्लाकोे उमाकुण्ड गाउँपालिका वडा नम्बर १ गुम्देलकी २८ बर्षिय सुत्केरी सुमित्रा विकलाई आज हेलिकप्टर मार्फत उद्धार गरि काठमाडौँ पठाइएको छ । विकलाई अत्याधिक रक्तश्राप भएपछि हेलिकप्टर मार्फत निशुल्क उद्धार गरेर थप उपचारको लागि काठमाडौं पठाइएको हो । सोमवार राती सुत्केरी हुनुभएकी बिकलाई धेरै रगत बगेपछि गाउँमा उपचार हुन नसकेर हेलिकप्टर मार्फत काठमाडौं पठाइएको रामेछापका […]

बाख्रा पालन गर्ने कृषकलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण

प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई रामेछापले कृषिहरुलाई ५० प्रतिशत अनुदानमा कृषि यन्त्र उपकरण वितरण गरेको छ । बाख्रा जोन क्षेत्रका कृषकहरुका लागी आवश्यक पर्ने यन्त्र उपकरण प्रदान गरिएको हो । जुनार जोन कार्यक्रम अन्तर्गत मन्थली नगरपालिका , सुनापति गाउँपालिका र खाँडादेवी गाउँपालिकाका २३ वटा समूह सहकारी, फार्महरुलाई एकएक वटाको दरले डिस्क मिल , […]

मन्थली नगरपालिकाको आठौँ नगर सभा सम्पन्न

रामेछाप जिल्लाको मन्थली नगरपालिकाको आठौँ नगर सभा आज सम्पन्न भएको छ । नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतको अध्यक्षतामा भएको नगर सभा कार्यक्रममा आठौँ नगरसभाका कार्यसूचीहरु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले प्रस्तुत गर्नुभयो । नगर सभामा नगर प्रमुख रमेश कुमार बस्नेतले चालु आर्थिक वर्षको लागी स्वीकृत नीति तथा कार्यक्रहरु , चालु आर्थिक वर्ष २०७७÷७८ को […]

रामेछाप गेलुमा बोलेरो गाडी दुर्घटना ५ जना घाइते

रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नम्बर ११ स्थित गेलुको दधिनी भन्ने स्थानमा आज साँझ बोलेरो गाडी दुर्घटना भएको छ । गेलुको नाटिलाबाट सोही वडाको डाँडागाउँ तर्फ जादै गरेको बा १८ च ६९४३ नम्वरको बोलेरो गाडी दुर्घटना हुँदा गाडीमा सबार ५ जना घाइते भएका छन् । घाइते मध्ये एकको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । […]

रातमाटा मगर समाजले जित्यो खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि

नेपाल तरुण दल रामेछाप नगरपालिका २ देउरालीले आयोजना गरेको खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि रातमाटा मगर समाजले जितेको छ । ’स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद’ भन्ने अभियानका साथ यहि पुस २४ र २५ गते भएको खेलमा रातमाटा मगर समाजले प्रथम स्थान हासिल गर्न सफल भएको छ । खेलमा प्रथम हुँदै रातमाटा मगर समाजले नगद […]

रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुदै

रामेछाप जिल्लाको रामेछाप नगरपालिकामा नगर स्तरीय ब्याड्मिन्टन प्रतियोगिता हुनेभएको छ । नगरपालिकाको आयोजनामा यहि माघ ९ गतेदेखि सुरु हुने तेस्रो नगर स्तरीय एकल तथा जोडि पुरुष ब्याड्मिन्टन प्रतियोगिता सिनियर र जुनियर गरी दुई बिधामा खेलाइने नगरपालिकका खेल प्रशिक्षक टिकाराम मगरले जानकारी दिनुभयो । ३ दिनसम्म चल्ने प्रतियोगितामा सिनियर तर्फ जोडीको खेलमा प्रथम,द्धितिय,तृतिय र सान्त्वना हुनेले […]

रामेछापमा कोरोनाका १६ जना सक्रिय सङ्क्रमित आईसोलेसनमा

रामेछापमा थप एक जनामा कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । शनिबार आएको रिपोर्ट अनुसार दोरम्बा गाउँपालिकाको स्वास्थ्य चौकी दोरम्बामा कार्यरत २० वर्षीया महिला स्वास्थ्यकर्मीमा कोरोना सङक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो । यो सङ्गै रामेछापमा कुल कोरोना सङ्क्रमितको सङ्ख्या २१९ जना पुगेको छ । यसमध्ये दुई […]