आज नेपाली टोपी दिवस मनाइँदै

अङ्ग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन आज, ’नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रुपमा अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जङ्गबहादुर राणाकी बहिनी डम्बरकुरमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाइ छ ।नेपाल बाहिर रहेका […]

रामेछाप मन्थलीमा स्रष्टा सम्मान तथा बृृहत सांस्कृतिक कार्यक्रम हुँदै

रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा बृहत सांस्कृति कार्यक्रम हुने भएको छ । रामेछाप सांस्कृतिक कलाकार समाजले स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागेको हो । रामेछाप सांस्कृतिक कलाकार समाजको बाह्रौँ साधारण सभा तथा चौथो अधिवेशन कार्यक्रमको अवसरमा स्रष्टा सम्मान तथा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको समाजका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले ईरामेछापलाई जानकारी दिनुभयो […]

ओख्रेनीका अपाङ्गता भएका ४५ जनालाई जाडोमा ओढ्ने सिरक वितरण

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ६ ओख्रेनीका अपाङ्गता भएका ४५ जनालाई जाडोमा ओढ्ने सिरक वितरण गरिएको छ । वडा नं ६ वडाकार्यालयले वडाका अपाङ्गता परिचय पत्र भएका ४५ जनालाई सिरक वितरण गरिएको वडाअध्यक्ष धन बहादुर खड्काले जानकारी दिनुभयो । जाडोमा अपाङ्गता भएका व्यक्तिलाई निकै समस्या हुने भन्दै यस वर्ष वडाकार्यालयले उहाँहरुको समस्या समाधान गर्ने […]

रामेछाप जिल्लालाई चिनाउने गित रामेछापको नामले सार्वजनिक (भिडियो) सहित

रामेछाप जिल्लालाई चिनाउने गित रामेछापको नामले सार्वजनिक भएको छ । रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ९ का राजेन्द्र केसीले रामेछापको नामले बोलको गित सांगीतिक बजारमा ल्याउनुभएको छ । जिल्लाका विभिन्न ठाउँहरुलाइ समेटेर तयार गरिएको उक्त गितमा रामेछापकै लोक गायक रामकुमार नेपालीको सुमधुर आवाज रहेको छ । राजेन्द्र केसीको शब्द र प्रस्तुतिमा बजारमा आएको गितले […]

हेल्पिङ ह्यान्ड्स यू.एन्.बी.ओद्धारा एक सय जनालाई खाना र नाना सहयोग

विश्व सामु फैलिएको कोरोना भाइरसले नेपालमा पनि नराम्रोसँग असर पा¥यो । २०७६ साल चैत्र ११ गते बाट नेपालमा पनि लकडाउन शुरु भएको थियो । लकडाउन शुरु भएको ४ दिन पछिबाट गरीब दुःखीको सहारा बनेका समाजसेवी प्रदिप घिमिरेले २२ महिनादेखी चिसो सडक पेटीमा रात बस्न बाध्य भएका व्यक्तिहरुलाई दैनिक तातो खाना खुवाइरहेका छन् । प्रदिपले गरेको […]

रामेछाप दोरम्बाका ज्यान मुद्दाका फरार अभियुक्त २८ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा कैद फैसलापछि २८ वर्षदेखि फरार रहेका रामेछापको दोरम्बा शैलङ गाउँपालिका–४ गौश्वाराका ५५ वर्षीय होमबहादुर थापामगर सोमबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नबराज ढुंगानाका अनुसार थापामगरलाई २०४९ साल कात्तिकमा छिमेकी गजुरे मगरलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा रामेछाप जिल्ला अदालतबाट २०५० साल फागुन १६ गते होमबहादुर थापामगरलाई २० […]

काँग्रेसले अधिवेशन हुन नसकेका १६ जिल्लामा यही पुस २७ गते गर्ने

नेपाली काँग्रेसले१६ जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने भएको छ । यसअघि मङ्सिर २४ गतेदेखि महाधिवेशन भएपनि विवादका कारण १६ जिल्लामा अधिवेशन हुन सकेको थिएन । तिनै जिल्लामा यही पुस २७ गते अधिवेशन गर्ने निर्णय भएको काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले  बताउनुभयो । सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुलीमा […]

मन्थली नगरपालिकामा निःशुल्क मिर्गौला परीक्षण सुरु

रामेछापको मन्थली नगरपालिकाले नगरका सबै नागरीकहरुको निःशुल्क मिर्गौला परीक्षण सुरु गरेको छ । आईतबारदेखी सुरु भएको मिर्गौला परीक्षण अभियान सबै वडामा सन्चालन गरिने मन्थली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केशव फुयालले जानकारी दिनुभयो । नगरपालिकाले “स्वस्थ मिर्गौला,स्वस्थ मन्थली” भन्ने मूल नाराका साथ निःशुल्क सबै नागरीकको मिगौला परीक्षण गर्ने उहाँले बताउनुभयो । नगर क्षेत्र भित्रका करिव ५१ […]

शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि चण्डेश्वरी मावि बन्द

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं ४ मा रहेको चण्डेश्वरी माविका शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ देखिएपछि ८ दिनका लागी विद्यालय बन्द गरिएको छ । विद्यालयका शिक्षक र विद्यार्थीमा आज कोरोना परीक्षण गर्दा केही शिक्षक र विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएपछि आजदेखी १९ गतेसम्म विद्यालयको पठनपाठन बन्द गरिएको विद्यालयले एक सुचना प्रकाशित गरि जनाकारी गराएको […]

नेपाल निजामती कर्मचारी युनियन रामेछापको अध्यक्षमा पुनः दामोदर सुवेदी चयन

नेपाल निजामती कर्मचारी युनियन रामेछापको आठौँ जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न आठौँ जिल्ला अधिवेशनले दामोदर सुवेदीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्यसमति चयन गरेको हो । समितिको उपाध्यक्षमा माधव प्रसाद पौडेल महिला उपाध्यक्षमा सुप्रभा कार्की र समावेशी उपाध्यक्षमा शिव कुमार महतो चयन भएका छन् । त्यस्तै सचिवमा शेषराज पौडेल, सह–सचिवमा उज्वल […]