निशान बचत तथा ऋण सहकारीको आ.ब २०७९/८० को नाफा २ लाख ३७ हजार

निशान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा २ लाख ३७ हजार ९ सय ९१ रुपैयाँ नाफा कमाउन सफल भएको छ । संस्थाले (शनिबार) आज रामेछाप बजारमा ११ औँ वार्षिक साधारण सभा कार्यक्रमको आयोजना गरि सो कुराको जानकारी दिएको हो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष अमित कुमार तामाङले प्रस्तुत गर्नुभएको आर्थिक प्रगति प्रतिबेदनमा […]

वृहत् रामेछाप महोत्सव सुरु,मुख्यमन्त्री जम्कट्टेलद्धारा उद्घाटन

रामेछाप सदरमुकाम मन्थलीमा बिहिबारदेखी ११ दिने वृहत् रामेछाप महोत्सव २०८० सुरु भएको छ । वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेले महोत्सवको उद्घाटन गर्नुभयो । महोत्सवको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले वाग्मती प्रदेश सरकारले कृषिमा आधारित उद्यमशीलता विकासको लागि प्रदेशभित्रका ८५ वटा पालिकाहरूलाई कृषि पकेट क्षेत्रका रूपमा विकास गर्ने तयारी गरिरहेको बताउनुभयो । उहाँले अब प्रदेशले कृषि […]

रामेछापमा जुनार उत्पादन बढ्यो तर बजारको समस्या

रामेछापमा यस वर्ष जुनार उत्पादन बढेको छ । रामेछाप जुनारका लागि प्रसिद्ध जिल्ला हो । यस वर्ष रामेछापबाट २० करोड रुपैयाँको जुनारको कारोबार हुने अनुमान गरिएको छ । ओख्रेनी, गाईटार, सुकाजोर, रामपुर, हिमगङ्गालगायत ठाउँका किसानका बगैँचा जुनारले पँहेलपुर बनेका छन् । जुनार किन्न र बगैँचा घुम्न आउने बढेका छन् । पोहोर परार जुनारमा रोग किरा […]

चालु आव २०८०/८१ को हालसम्म रामेछाप नगरपालिकाको प्रगति २०.८६ प्रतिशत

रामेछाप नगरपालिकाको चालु आर्थिक बर्ष २०८०/८१ को हालसम्म अर्थात पहिलो चौमासिक अबद्यिसम्म २०.८६ प्रतिशत वित्तीय प्रगति हासिल भएको छ । नगरपालिकामा संचालित विकास आयोजना तथा कार्यक्रमहरुको प्रभावकारीता तथा सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम बिहिबार (आज) सम्पन्न भएको हो । सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाका बरिष्ठ शाखा अधिकृत एवम सुचना अधिकारी होम बहादुर थापाले नगरको […]

किवी खेतीका लागि प्रस्ताव गर्न रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाको आह्वान

रामेछापको दोरम्बा शैलुङ गाउँपालिकाले किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत किवी खेती विस्तार कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान गरेको हो । वडा नं १ मा सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाले मंगलबार एक सूचना जारी गर्दै जनाएको छ । कार्यक्रममा सहभागी हुन इच्छुक […]

वृहत् रामेछाप महोत्सवको तयारी तिव्र,५० हजार दर्शकले अवलोकन गर्ने अनुमान

रामेछाप सदरमुकाम मन्थलीमा हुने ११ दिने वृहत् रामेछाप महोत्सव २०८० को तयारी तिव्र रुपमा भैरहेको छ । महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य सङ्घले बिहीबार(आज) मन्थलीमा पत्रकार सम्मेलन गरी महोत्सवको तयारीका बारेमा जानकारी दिएको हो । अहिलेसम्म महोत्सवको लगभग ४० प्रतिशत काम सम्पन्न भैसकेको उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवीनकुमार थापा मगरले बताउनुभयो । उहाँको अनुसार पौष […]

रामेछापमा २० करोड भन्दामाथिको जुनार कारोबार हुने अनुमान

पछिल्लो केही वर्ष देखि रामेछापमा अमिलो जातका फलफूल उत्पादन वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई मार्फत प्राविधिक तथा अन्य सहयोग पाए पश्चात् उत्पादनमा वृद्धि भएको कृषकहरुले बताएका छन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना रामेछापले रामेछाप नगरपालिकाको वडाहरु १,२,४,५,६,७ र ८ मन्थली नगरपालिकाको वडाहरु ४,५,६,९,१३ र १४ लाई […]

करिब पाँच करोडको लागतमा रामेछापमा शान्ति योगाश्रम बन्ने

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं ८ डुकुरसिंह पर्यटन क्षेत्रमा शान्ति योगाश्रम बन्ने भएको छ । भारतीय राजदूतावासको ८० प्रतिशत र नेपाल सरकारको २० प्रतिशत लागतमा बन्न लागेको शान्ति योगाश्रम भवनको शिल्यान्यास गरिएको छ । संघीय सांसद पूर्ण बहादुर तामाङ(कान्छाराम),रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने र भारतीय राजदूतावासका द्धितीय सचिव प्रशान्त कुमार सोनाले संयुक्त रुपमा भवनको […]

रामेछापमा सस्तोमा डलर दिने भन्दै ५ लाख ठगी

नेपाली रुपैयाँ दिएर अमेरिकी डलर साट्दा चलन चल्तीको भन्दा बढी रकम पाइने आश्वासन पाएका दैलेखका एक व्यक्ति शनिबार रामेछापको राकाथुम आएर ठगिएका छन् । खाँडादेवी गाउँपालिका–१ राकाथुमका दलबहादुर लामा र उनका साथीले दैलेख ठाडीकाद गाउँपालिका–४ का प्रदीप कठायतलाई ठगी गरेका हुन् । उनी नेपाली रुपैयाँ १ लाखमा १ हजार अमेरिकी डलर पाउने लोभमा ५ लाख […]

रामेछाप बजारमा तिहार लक्षित बजार अनुगमन

नजिकिँदै गरेको तिहारलाई ध्यानमा राखेर रामेछाप नगरपालिकाले बजार अनुगमन गरेको छ । रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको अनुगमन गरिएको हो । मंगलबार(आज) तिहार पर्वलाई लक्षित गरी बजार क्षेत्रमा रहेका खाद्यान्न,मासु,किराना,कस्मेटिक तथा अन्य विभिन्न पसलहरुको अनुगमन गरिएको अनुगमन समितिका संयोजक नारायण सुवेदीले बताउनुभयो । बजारमा दिनप्रतिदिन भइरहेको मूल्यवृद्वि नियन्त्रण र चाडबार्डको […]