रामेछाप साँघुटारको एक घरमा विद्युत सर्ट भएर आगलागी

रामेछापको रामेछाप नगरपालिका –३ साघुँटार लक्ष्मिबासमा विद्युत सर्ट भएर आगलागी हुँदा एक घर जलेको छ । शनिबार राति करिब ११ बजेको समयमा सोहि ठाउँका ठेट बहादर महतको घरमा आगलागी भएको हो । आगलागीबाट महतको जस्ताको छानो भएको एकतले कच्चीघरमा आंशिक क्षति भएको छ । घरभित्र रहेको लत्ताकपडा,भाडावर्तन,अन्नपात सबै जलेर नष्ट भएको साँघुटार प्रहरीले जानकारी दिएको […]

नेपाली काँग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस,युवाहरुको विशेष कार्यक्रम

नेपाली काँग्रेस रामेछापमा ‘युवा नेतृत्व’ को बहस सुरु भएको छ । नेपाली काँग्रेस रामेछापको वर्तमान संगठनात्मक अवस्था तथा पछिल्लो राष्ट्रिय राजनीतिक परिदृश्य लाई मध्यनजर गर्दै,रामेछाप काँग्रेससँग आबद्ध युवाहरूले काठमाण्डौँमा विशेष कार्यक्रम गरेका छन । सनराईज फुडल्याण्ड मध्येबानेश्वरमा एक कार्यक्रमको आयोजनागरी नेपाली काँग्रेस रामेछापका युवाहरुले आगामी प्रतिनिधिसभा निर्वाचनमा युवाहरुलाई नेतृत्वको अवसर दिनुुपर्ने बताएका छन । उनिहरुले […]

जेनजी आन्दोलनमा भागेका रामेछाप घर भएका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका रामेछाप घर भएका एक कैदी भक्तपुरबाट पक्राउ परेका छन् । गत २४ भदौ कारागारबाट फरार भएका २२ वर्षीय देवबहादुर बस्नेत (विष्णु) भक्तपुर नगरपालिका–८ लिवालीमा पक्राउ परेका हुन् । रामेछापको मन्थली नगरपालिका–३ घर भएका बस्नेत लागुऔषध मुद्दाका फरार कैदीबन्दी हुन् । २ वर्ष कैद र १ लाख जरिवाना […]

बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी रामेछाप घर भएकी तामाङ पक्राउ

भक्तपुर प्रहरीले बैकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रामेछापको खाँडादेवी गाउँपालिका–७ घर भएकी ५० वर्षीया कल्पना तामाङलाई पक्राउ गरिएको हो । सूर्यविनायक नगरपालिका–८ दार्जेलिङ हाइट बस्ने तामाङलाई पक्राउ गरेको हो । उनलाई भक्तपुर प्रहरी परिसरमा राखिएको छ ।

जेन जी आन्दोलनमा घाइते भएका रामेछापका १४ जनाले राहत पाउने,घाइतेहरुको नामावली सहित

गत भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा घाइते भएकाहरुलाई जिल्ला प्रशासन कार्यालय रामेछापले परिचय पत्र वितरण गर्ने भएको छ । रामेछाप ठेगाना भएका घाइतेहरुले परिचय पत्र प्राप्त गर्नेछन । जिल्ला प्रशासन कार्यालय रामेछापले मंगलबार एक सूचना जारी गर्दै आन्दोलनका क्रममा घाइतेहरु भएका १४ जनालाई वडाको सिफारिस सहित सम्पर्कमा आउन भनेको छ । […]

रामेछापको मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना,१९ जना घाइते

रामेछापको मन्थलीबाट काँकरभिट्टा गइरहेको रात्रिबस झापामा दुर्घटना भएको छ । झापाको शिवसताक्षी नगरपालिका–१० स्थित माईधार चोक नजिकै आज(मंगलबार) बिहान रात्रिबस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा मन्थलीबाट काँकरभिट्टा गइरहेको प्र१–०१–००१क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक […]

रामेछापमा घाँस काट्ने क्रममा बारीको कान्लाबाट खसेर एक वृद्धको मृत्यु

रामेछापको रामेछाप नगरपालिका वडा नं ६ धमिनीछापमा बारीको कान्लाबाट खसेर एक वृद्धको मृत्यु भएको छ । यहि कातिक ८ गते शनिबार घाँस काट्ने क्रममा धमिनीछापकी वर्ष ७२ की पोेक्चीमाया मगर बारीको कान्लाबाट लडेकी थिईन । उनको टाउकोमा गहिरो चोट लागेको थियो । उनलाई उपचारको लागि रामेछाप अस्पताल ल्याइएको थियो । रामेछाप अस्पतालमा सामान्य उपचारपछि उनलाई […]

रामेछापमा दशैँ–तिहार शान्तिपूर्ण रूपमा सकियो

रामेछाप जिल्लामा यस वर्षको बडा दशैँ र तिहार पर्व शान्तिपूर्ण र उल्लासपूर्ण वातावरणमा सम्पन्न भएका छन्। सुरक्षाका दृष्टिले संवेदनशील मानिएका केही क्षेत्रमा समेत कुनै अप्रिय घटना नभएपछि जिल्लामा शान्तिपूर्ण रूपमा पर्व मनाइएको स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार दशैँ र तिहारका बेलामा जिल्लाभर सुरक्षाकर्मीहरूको विशेष गस्ती, निगरानी र चेकजाँच कडाइका साथ सञ्चालन […]

कोठामै मृत फेला परे राम बहादुर

रामेछापको रामेछाप नगरपालिका ७ हिलेपानीका राम बहादुर कार्की आफ्नै घरको कोठामा सुतेकै अवस्थामा मृत फेला परेका छन । आईतबार ५५ वर्षिय कार्की सुतेकै ठाउँमा मृत भेटिएपछि प्रहरी घटनास्थल पुगेको थियो । दुई दिनदेखी उनी सुतेको कोठाको ढोका नखुलेपछि आईतबार ढोका फुटाएर हेर्दा उनी मृत अवस्थामा फेला परेको स्थानियहरुले बताएका छन । अत्याधिक मदिरा सेवनकै कारण […]

रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् ।देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको छ […]