सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार निरीह : मन्त्री श्रेष्ठ

बाग्मती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले सङ्घीय सरकारले कानुन नबनाउँदा प्रदेश सरकार निरीह बन्नु परेको गुनासो गर्नुभएको छ । बुधबार रामेछापको मन्थलीमा भएको कार्यक्रममा मन्त्री श्रेष्ठले संविधान कार्यान्वयनको लागि आवश्यक कानुन सङ्घीय सरकारले नबनाउँदा प्रदेश सरकार निरीह भएको गुनासो गर्नुभयो । चार वर्षअघि सङ्घीय संसद्बाट पारित भएको प्रहरी ऐन कार्यान्वयनमा आउन नसकेको […]

रामेछापको धोवीमा नेपाली काँग्रेसको शुभकामना आदन प्रदान कार्यक्रम

नेपाली काँग्रेस रामेछाप लिखुतामाकोशी गाउँपालिकाले गाउँपालिकाको केन्द्र धावी बजारमा बुधबार शुभकामना आदनप्रदान कार्यक्रम गरेको छ । नजिकिँदै गरेको नेपालीहरुको महान पर्व दशै तिहार तथा छठको उपलक्ष्यमा नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिका धोबीमा शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरिएको हो । नेपाली काँग्रेस लिखुतामाकोशी गाउँपालिकाका सभापती भोजराज खड्का ( सुन्दर)को अध्यक्षतामा शुभकामना आदनप्रदान कार्यक्रम भएको थियो । […]

एमाले बागमतीको अध्यक्षमा कैलाश ढुङ्गेल विजयी

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका नेता कैलाश ढुङ्गेल निर्वाचित हुनुभएको छ । ढुङ्गेलले आफ्ना प्रतिस्पर्धी कृष्ण दाहाललाई २ सय ५७ मतले पराजित गर्नुभयो । ढुङ्गेलले ६ सय ९६ मत पाउँदा दाहालले ४ सय ३९ मत पाउनुभयो । त्यस्तै दावा दोर्जे लामा ६ सय १५ मतसहित प्रदेश उपाध्यक्षमा निर्वाचित हुनुभयो । सचिवमा नवराज सिलवाल एक […]

एमाले बागमती प्रदेशको अधिवेशन:ढुङ्गेल र दाहालबिच प्रतिस्पर्धा

नेकपा एमाले बागमती प्रदेशको अधिवेशनमा आज मतदान हुँदैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी अधिवेशनमा अहिले केहीबेरमा मतदान सुरु गर्ने तयारी भएको छ । बागमती प्रदेश अध्यक्षका लागि एमाले नेता कृष्णप्रसाद दाहाल र कैलाश ढुङ्गेलबीच प्रतिस्पर्धा हुँदैछ । निवर्तमान अध्यक्ष केशव पाण्डे, बागमती प्रदेशका पूर्व सभामुख सानुकुमार श्रेष्ठ, केन्द्रीय सदस्य दाहाल र ढुङ्गेलले उम्मेदवारी […]

विरता र बलिदानको प्रतिक दोरम्बा संसारभर चिनिएको छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रामेछापको दोरम्बा विरता र बलिदानको प्रतिक रहेको बताउनुभयो । २० औं दोरम्बा हत्याकाण्ड स्मृति दिवसमा आयोजना गरिएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले दोरम्बा देशभर मात्रै नभएर संसारभर चिनिएको बताउनुभयो । संयुक्त राष्ट्रसंघले पनि दोरम्बा हत्याकाण्डलाई एउटा भयानक अपराधिक हत्या काण्डको रुपमा लिएको उहाँले बताउनुभयो । तत्कालीन विद्रोही माओवादी र सरकारबीच दाङको […]

समाजवादी रामेछापका अध्यक्ष रमेश बस्नेत एमालेमा फर्किए

नेकपा एकीकृत समाजवादी रामेछापका जिल्ला अध्यक्ष रमेश कुमार बस्नेत पुनः नेकपा एमालेमा नै फर्किनुभएको छ । नेकपा एमाले रामेछापले आइतवार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवसको अवसरमा गरेको एक कार्यक्रमको बिच अध्यक्ष बस्नेत एमालेमा नै फर्किनुभएको हो । बस्नेतलाई एमाले महासचिव शंकर पोखरेले पार्टी प्रवेश गराउनुभयो । बस्नेतले मन्थली नगरपालिकाका […]

रामेछापका आङटावा शेर्पा सहित ७ जना उच्च अदालतमा

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा रहेका मध्य ७ जनाले उच्च अदालत पाटनमा निवेदन दिएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध रामेछापका पूर्व सांसद आङटावा शेर्पा र डा. इन्द्रजित राईसहित ७ जनाले दिएको निवेदन दर्ता भएको उच्च अदालत पाटनका रजिष्टार ठगिन्द्र कट्टेलले जानकारी दिनुभयो । फौजदारी कार्यविधि संहिता २०७४ को दफा(७३ बमोजिम ‘बेरितको […]

नक्कली भुटानी शरणार्थी प्रकरण:प्रहरी कार्यालयमा पुगे रामेछापका पूर्वसभासद शेर्पा

रामेछाप जिल्लाबाट निर्वाचित नेपाली कांग्रेसका पूर्वसभासद आङटावा शेर्पा प्रहरी कार्यालयमा उपस्थित भएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले बयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकारीले शेर्पा प्रहरी कार्यालयमा आइपुगेको जानकारी दिए । शेर्पा २०७० मा कांग्रेसका […]

नेपाली सेनाले विश्वशान्ति स्थापनामा ठूलो योगदान पुर्याएको छ : प्रधानसेनापति प्रभुराम शर्मा

  प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाले विश्वमा देशको प्रतिष्ठा बढाउने काम गरेको बताउनुभएको छ । श्री नम्बर ९ बाहिनी अड्डाअन्तर्गत रामेछापको मन्थलीमा आज मङ्गलवार आयोजित भूतपूर्व सैनिक सम्मेलनको उद्घाटन गर्दै उहाँले भन्नुभयो, ‘देशको भौगोलिक अखण्डता, राष्ट्रिय एकता र नागरिकको रक्षा गर्नु हाम्रो प्रमुख संवैधानिक दायित्व हो ।’ यसका साथै सेनाले विकास निर्माण तथा पर्यावरण संरक्षणमा […]

मन्थली क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका अविनाश कार्की विजयी

मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा नेविसंघको उम्मेद्वार अविनाश कार्की विजयी भएका छन् । आइतबार भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका उम्मेद्वार पुस्कर भट्टराईलाई ६३ मतान्तरले पराजित गर्दै कार्की विजयी हुनुभएको हो । नेविसंघ, अखिल क्रान्तिकारी र एस निकट अनेरास्ववियुको विद्यार्थीहरुको संयुक्त गठबन्धनबाट सभापति पदका उम्मेद्वार रहेका कार्कीले २ सय ८६ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी […]