रामेछाप नगरपालिका–७ सुकाजोरमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरले चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवद्यिसम्म संचालन गरेको विकास निर्माण र सेवा प्रवाहको अवस्था विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । आईतबार(आज) सम्पन्न उक्त कार्यक्रममा वडाले प्रवाह गरिरहेको सेवा तथा विकास आयोजनाहरुको बारेमा वडाका प्राविधिक भागवत कुमार श्रेष्ठले जानकारी गराउनुभयो । सार्वजनिक सुनुवाई कार्यक्रममा सुकाजोरका हिमाल […]

रामेछाप सुकाजोरका ५१ जना जेष्ठ नागरीकलाई वडा कार्यालयद्धारा सम्मान

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरका ५१ जना जेष्ठ नागरीकलाई वडाकार्यालयले सम्मान गरेको छ । आज वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गरिएको हो । रामेछाप नगरपालिकाका नगर प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख न्यौपानेले जेष्ठ नागरिकहरू प्रेरणाको श्रोत भएको भन्दै सम्मान गर्न पाउँदा निकै […]

रामेछाप प्रहरीमा घरेलु हिंसाका ३५ वटा उजुरी दर्ता

रामेछापमा गत आर्थिक वर्ष र चालु वर्षको हालसम्मको अवधिमा महिला विरुद्ध हुने घरेलु हिंसा विरुद्धका ३५ वटा उजुरी परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक एवं प्रबक्ता रञ्जन गिरीले सो कुरा जानकारी दिनुभयो । उहाँका अनुसार प्रहरीमा आर्थिक वर्ष २०७९/८० मा महिला विरुद्ध हुने हिंसाका ३० वटा उजुरी दर्ता भएका हुन् भने चालु […]

रामेछापमा आहिलेसम्म कोहि पनि तेस्रो लिंगीले लिएनन् नागरीकता

रामेछापमा आहिलेसम्म कोहि पनि तेस्रो लिंगीले नागरीकता नलिएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी प्रकाश प्रधानका अनुसार अहिलेसम्म जिल्लाका कोही पनि तेस्रो लिंगीले नागरीकता नलिएका हुन । जिल्लामा तेस्रो लिंगी नभएका हुन वा भएर पनि नागरीकता नबनाएका हुन भन्ने कुरा खुल्न नसकेको उहाँले बताउनुभयो । पत्रकार दिपक घिमिरेका अनुसार […]

रामेछापमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान रामेछापमा शुरु भएको छ । ‘ लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ रामेछाप नगरपालिकाले रामेछाप बजारमा जनचेतनामुलक प्रभातफेरी तथा नगरपालिकाको कार्यालयमा दिप प्रज्वलन गरेर अभियानको शुभारम्भ गरेको हो । रामेछाप नगरपालिकाबाट निकालिएको प्रभातफेरी माथिल्लो बजार,तल्लो बजारको मानेँडाँडा पुगेर पुन नगरपालिकाको कार्यालयमा आएर कोणसभामा […]

रामेछापको मन्थली–३ का तत्कालीन वडासचिव सहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका वडा–३ का तत्कालीन वडासचिव शिवकुमार महतोसहित दुई जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । स्थानीय निर्मला खत्रीसँगको मिलेमतोमा उनका जीवित श्रीमानकाे मुत्यु भएको भन्दै वडासचिव हुँदा महतोले गलत लिखत […]

वनले अनुमति नदिँदा रामेछापका किसानले आफ्नै जग्गाको रुख बेच्न पाएनन्

डिभिजन वन कार्यालय रामेछापले रुख कटानका लागि आवश्यक अनुमति नदिँदा किसानहरु आफ्नै पाखा, बारीको रुख बिक्री गर्नबाट वञ्चित भएका छन् । आवश्यक सबै प्रक्रिया पूरा गरेर आफ्नो पाखाबारीको रुख कटानको अनुमतिको लागि किसानले सबै कागजात पेस गरिसक्दा पनि डिभिज वन कार्यालयले रुख कटानको लागि अनुमति नदिएपछि किसानहरु आफ्नै जग्गाको रुख तथा काठ बिक्री गर्नबाट वञ्चित […]

अपाङ्ग परिचय पत्र अद्यावधिक गर्दै रामेछाप नगरपालिका

रामेछापको रामेछाप नगरपालिकाले अपाङ्गता भएकाहरुको परिचय पत्र शिविर मार्फत अद्यावधिक गरिरहेको छ । अपाङ्ग नभएका केही व्यक्तिहरुले भत्ता खाइरहेको पाइएपछि नगरपालिकाले पहिले जारी भएको सबै परिचय पत्र रद्ध गरेर नयाँ परिचय पत्र जारी गर्न थालेको हो । अहिले नगरभरीका सबै अपाङ्ग भएका व्यक्तिहरुलाई जिल्ला अस्पताल रामेछापमा ल्याएर परीक्षण गर्ने काम भैरहेको रामेछाप नगरपालिकाका उपप्रमुख बाल […]

यस वर्ष तिहार ढिलो भएका कारण सयपत्री र गोदावरी फूलहरू सुक्न थाले

यस वर्ष तिहार ढिलो भएका कारण रामेछाप सहित धरै ठाउँमा सयपत्री र मखमली फूलहरू सुक्न थालेका छन् । यस वर्षको भाइटीका केही ढिला परेकाले अघिल्लो वर्षकै समयमा फूल रोप्नेहरु समस्यामा परेका हुन् । रामेछापको सुनापती गाउँपालिकाकी रुपा कार्कीले तिहारका लागी रोपेका फूलहरू सुक्न थालेको गुनासो गर्नुभयो । “भाईटिकासम्म पनि यो वर्ष फूलहरू नबस्ला जस्तो भयो […]

रामेछापमा चाडपर्व लक्षित सुरक्षा योजना लागू,अपरिचित व्यक्तिहरूको निगरानी गर्न प्रहरीको अनुरोध

जिल्ला प्रहरी कार्यालय रामेछापले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । दशै तिहार विशेष सुरक्षा योजना लागू भएसँगै सम्भावित जोखिम क्षेत्रको पहिचान गरी चोरी तस्करी लगायत आपराधिक क्रियाकलाप रोक्नका लागि प्रहरी चौबिसै घण्टा खटिइने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होम बहादुर पराजुलीले जानकारी दिनुभयो । चाडपर्वको समयमा कतै […]