रामेछापको उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिद्धारा शतप्रतिशत मुद्दा फर्छ्यौट

रामेछापको उमाकुण्ड गाउँपालिकाको न्यायिक समितिले गत आर्थिक वर्षमा दर्ता भएको सबै मुद्दा टुङ्गो लगाएको छ । समितिले दर्ता भएका ११४ वटै मुद्दा सबै छलफलबाट टुङ्ग्याएको हो । पालिकाको उपाध्यक्ष तथा न्यायिक समितिकी संयोजक सावित्री सुनुवारले हरेक महिनाको चार आइतबार न्यायिक समितिको बैठक बस्ने गरेको बताउनुभयो । समिति संयोजकसहित तीन जना सदस्यको सोही बैठकमार्फत् वडाबाट ‘रिर्भर’ […]

रामेछाप बजारको सडक मर्मतको काम जारी

रामेछाप जिल्लाको पुरानो सदरमुकाम रामेछाप बजारको सडक मर्मतको काम भैरहेको छ । माथिल्लो बजारदेखी तल्लो बजारसम्मको करिब १ किलो मिटर सडक मर्मतको काम भैरहेको रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले जानकारी दिनुभयो । साँघुटार सेलेघाट सडक आयोजन अन्तर्गत पिच हुनुपर्ने सडक आयोजनाले समयमै काम नसक्दा रामेछाप बजार अस्तव्यस्त बनेको हो । बजारको सडक अस्तव्यस्त र भद्रगोल […]

संविधानमा उल्लेख गरिएका विषय महसुस गर्न नपाएको रामेछापबासीको गुनासो

नेपालको संविधान २०७२ जारी भएको आज आठ वर्ष पुगेको छ । बनाउनेहरूले यो संविधान विश्वकै उत्कृष्ट संविधान भने पनि संविधानमा उल्लेख भएका विषय नागरिकको जीवनमा देखिएको छैन । विपन्न, अल्पसङ््ख्यक, ज्येष्ठ नागरिक, महिला, दलित, अपाङ्गता भएका व्यक्तिलगायत विभेदमा पारिएका वर्ग समुदायलाई संविधानले अधिकार दिएको छ । तर उनीहरूले व्यवहारमा कुनै पनि अधिकार वा सेवा सुविधा […]

रामेछापको गाल्पा बतासे डाँडामा सामुदायिक अस्पताल बन्ने,दुई जनाले गरे जग्गादान

रामेछापको सुनापति गाउँपालिका वडान २ दिमिपोखरी गाल्पा बतासे डाडामा सामुदायिक अस्पताल बन्ने भएको छ । उक्त ठाउँमा अस्पताल बनाउनका लागी दुईजना स्थानियले जग्गा दान दिनुभएको छ । कान्छीमाया तामाङ मेमोरियल सामुदायिक अस्पताल निर्माण गर्न मोहन कुमार तामाङ र शम्भु घिसिङले सम्युक्तरुपमा २ रोपनी जग्गा दान गर्नु भएको हो । अहिलेको भाउ अनुसार करिब ५० लाख […]

साक्षरता अर्थात् संसारसँगै आफैंले आफैंलाई हेर्ने आँखा

आज विश्व साक्षरता दिवस । यो दिवस सन् १९६५ बाट युनेस्कोले हरेक वर्षको ८ सेप्टेम्बरमा मनाउने घोषणा गरेको थियो । विश्वभर शैक्षिक संघ संस्थाहरूले साक्षरता दिवसलाई आ९आफ्नै तरिकाले मनाउने गर्दछन् । संसारमा भएका सम्पूर्ण मानिसहरू साक्षर हुन पाउनु उनीहरूको नैसर्गिक अधिकार हो भने यसको लागि काम गर्नु हरेक राज्यको दायित्व पनि हो । मानवलाई साक्षरताले […]

रामेछापमा जोगी समुदायको फेरी लगाउने पेशा सङ्कटमा

रामेछापको जोगी समुदायलाई परम्परा जोगाउन चुनौती देखिएको छ । पुस्तौँदेखि रामेछाप, दोलखा, ओखलढुङ्गा,सिन्धुली लगायतका जिल्लामा जोगी समुदायका मानिसहरूले पेशाकै रुपमा फेरी लगाउने काम गर्दै आएपछि पछिल्लो समय उनीहरूको यो पेशा लोप हुन लागेको हो । विशेषगरी गाउँघरमा कात्तिक र चैत महिनामा रातभर विभिन्न मन्त्र उच्चारण गर्दै फेरी लगाउने र बिहान भएपछि घरघरमा गएर सिदा उठाउने […]

अधिकार प्रयोग गर्न नपाएको रामेछापका अपाङ्गता भएकाहरूको गुनासो

कानुनमा भएको व्यवस्था अनुसार अधिकार प्रयोग गर्न नपाएको रामेछापका अपाङ्गता भएकाहरूले गुनासो गरेका छन् । समावेशी सिद्धान्त कार्यान्वयनको सन्दर्भमा होस् वा दिगो विकासका लक्ष कार्यान्वयनमा,अपाङ्गता भएका व्यक्तिको अधिकार र सुविधाका लागि विशेष प्राथमिकता दिनुपर्ने भनिएको छ । तर नयाँ संविधान कार्यान्वयनमा गएको ८ वर्ष बित्दा पनि अपाङ्गता भएका व्यत्तिहरु अधिकारका लागि लडिरहेका छन् । संविधानमा […]

दोरम्बा शैलुङ गाउँपालिका २ को सबै बजेट सडक स्तरोन्नतीमा

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नं २ ले अगामी आर्थिक वर्षको सबै बजेट सडक स्तरोन्नतीमा खर्च गर्ने भएको छ । आ.व २०८०/८१ को लागी वडामा संघिय सरकार तथा बाग्मती प्रदेश सरकारबाट बजेट नपरेपछि वडाको सबै बजेट सडक स्तरोन्नतीमा खर्च गर्ने सहमती भएको हो । गाउँपालिकाको रणनैतिक तथा गौरवको आयोजनाको रुपमा रहेको गाल्बा दोरम्बा खोलाखर्क शैलुङ […]

रामेछापका स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब बढी बजेट पाउँदै

रामेछापको स्थानीय सरकारले संघीय सरकारबाट तीन अर्ब  भन्दा बढी रकम पाउने भएका छन् । जिल्लाका ८ वटै स्थानीय तहले आगामी आर्थिक वर्ष संघबाट चालु र पूँजीगततर्फगरी तीन अर्ब २८ करोड ३१ लाख रकम प्राप्त गर्ने भएका हुन् । जसअनुसार चालुतर्फ दुई अर्ब ९९ करोड ११ लाख रकम विनियोजन भएको छ भने पूँजीगततर्फ २६ करोड ४ […]

जिल्ला प्रशासन कार्यालय रामेछापमा मिटरब्याजी विरुद्ध एउटा मात्रै उजुरी

जिल्ला प्रशासन कार्यालय रामेछापले मिटरब्याज पीडितहरूको उजुरी सङ्कलन गरिरहेको छ । कार्यालयको सहायता कक्षमा शुक्रबार (आज)सम्म एउटा मात्रै लिखित उजुरी परेको छ । अनुचित लेनदेन मिटरव्याज सम्बन्धी जाँचबुझ आयोग २०७९ को निर्णयअनुसार पीडितहरूसँग भएका कागजातका प्रमाणहरूसहित जिल्ला प्रशासन कार्यालयले यहि जेठ १४ गते आइतवारसम्म लिखित उजुरी दिन आव्हान गरेको छ । तर जिल्ला प्रशासन कार्यालय […]