स्वास्थ्य र शिक्षाको मापदण्ड निर्धारण केन्द्रले नै गर्छ : शिक्षामन्त्री पोखरेल

स्वास्थ्य समाचार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा ऐन २०७५ मार्फत चिकित्सकीय शिक्षा प्रणालीलाई सरकारले एकद्वार प्रणाली लागु गर्ने भएको बताएका छन् । शनिबार जनकपुरमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को अभिमुखीकरण तथा प्रविधिकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले स्वास्थ्य र शिक्षाको मापदण्ड निर्धारण गरिएअनुसार नै संघ र प्रदेशमा एउटै मापदण्ड अनुसार […]

स्तन तथा पाठेघरको मुखको क्यान्सर रागेको निशुल्क परीक्षण गरिने

स्वास्थ्यसमाचार अगामि आर्थिक वर्ष २०७६र०७७को बजेटमा स्तन तथा पाठेघरको मुखको क्यान्सर जस्तो घातक रागेको निशुल्क परीक्षणको व्यवस्था गरिएको छ । सवै स्वास्थ्य संस्थाबाट सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवा प्रदान गर्न पनि बजेट विनियोजन गरिएको छ । हरेक स्थानीय तहका वडास्तरदेखि नै पूर्ण खोप सुनिश्ति गर्न कार्यालाई अभियानका रुपमा संचालन गरिने अर्थमन्त्री डा युवराज खतिवडाले […]

भारतबाट कार्बाइड विषादीयुक्त आँप सिरहा बजारमा

स्वास्थ्यसमाचार आँपको राजधानी मानिने सिरहामा अहिले भारतको विभिन्न स्थानबाट कार्बाइड प्रयोग गरी ल्याइएका  आँप बिक्री भइरहेको छ । स्थानीय किसानको बगैँचामा फलेको आँप असारको दोस्रो सातापछि मात्र पाक्ने भएकाले भारतको विभिन्न स्थानका फलफूल गोदाममा कार्बाइड प्रयोग गरी पकाएका आँप सिरहा सदरमुकाम, लहान, गोलबजार, मिर्चैयालगायत शहरमा बिक्री भइरहेको स्थानीयवासीले बताएका छन् । कार्बाइडलगायत विषादी प्रयोग गरेर […]

पर्याप्त नसुत्दा विद्यार्थीमा मानसिक समस्याको खतरा : अध्ययन

वासिङ्टन डिसी, २५ जेठ । निद्रा पुग्नेगरी पर्याप्त नसुत्ने कलेज तहका विद्यार्थीहरुको मानसिक विकासमा समस्या हुने खतरा रहेको एक अध्ययनले देखाएको छ । जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनको निश्कर्षमा हरेक रात पर्याप्त सुत्न सवैलाई सुझाव दिइएको छ । निद्रा पुरा नभएकाले मानसिक समस्या देखिएकाहरु मध्ये २१ प्रतिशतमा तनावको समस्या, २४ प्रतिशतमा निराशाको समस्या, २४ प्रतिशतमा रिसाउने […]

एमबिबिएस अध्ययनरत खनाल कीर्तिपुरको जंगलमा मृत फेला

स्वास्थ्यसमाचार – काठमाडौं मेडिकल कलेजमा एमबिबिएस अध्ययनरत एक विद्यार्थी मृत फेला परेका छन्। एमबिबिएस चौँथो वर्षको परीक्षा दिएर बसेका शिशिर खनाल कीर्तिपुरको जंगलमा मृत फेला परेका हुन्। खनाल गत जेठ १७ गतेदेखि हराएका थिए। उनको शव फेला पार्नुअघि प्रहरीले कीर्तिपुरको पुष्पलाल पार्कमा मोटरसाइकल फेला पारेको थियो। अर्घाखाँची घर भएका खनाल पढाइमा अब्बल थिए। उनी काठमाडौं कोटेश्वर […]

रुपन्देहीका स्थानीय तहप्रमुखलाई आयुर्वेद अभिमुखीकरण

स्वास्थ्यसमाचार आर्युवेद चिकित्सा तर्फ आक्रषर्ण बढ्दै गएको कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।लुम्बिनी आयुर्वेद चिकित्सालयले बुटवलमा शनिवार आयोजना गरेको आर्युवेद सम्वन्धि अभिमुखीकरण कार्यक्रमा बोल्ने बत्ताहरुले प्राकृतिक चिकित्सासँग सम्वन्धित आयुर्वेदले दीर्घ रोगको समेत उपचार हुनेभएकोले त्यस तर्फ आक्रषर्ण बढेको बताए । अभिमुखीकरणमा बोल्दै जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले परम्परागत उपचार विधि भएकाले पनि त्यस […]

फाजिलमा परेका स्वास्थ्यका कर्मचारीलाई आवश्यकता अनुसार खटाइने

स्वास्थ्यसमाचार स्वास्थ्य समुहका फाजिलमा परेका कर्मचारीलाई सरकारले आवश्यकता अनुसार खटाउने भएको छ । कर्मचारी समायोजन गर्दा स्वास्थ्य सेवाका ६ सय ५७ जना कर्मचारी फाजिलमा परेका थिए । स्वास्थ्य सेवा करिब २७ हजार तीन सय कर्मचारीको समायोजन भएको छ ।   सरकारले कर्मचारी समायोजनको सुचि निकालिसकेपछि स्वास्थ्य सेवाका कर्मचारीको समायोजनमा त्रुटि देखिएको थियो । सरकारले समायोजनका […]

पूर्व स्वास्थ्यमन्त्री मिश्र बंगलादेशका लागि राजदूतमा सिफारिस

स्वास्थ्यसमाचार सरकारले बंगलादेशका लागि पूर्वमन्त्री डा वंशीधर मिश्रलाई राजदूतमा सिफारिस गरेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले पूर्व स्वास्थ्यमन्त्री मिश्रलाई बंगलादेशका लागि राजदूत सिफारिस गरेको हो ।  मन्त्रिपरिषद् बैठकले अन्य ३ देशका लागि पनि ३ जनालाई नियुक्त गरेको छ ।

असुरक्षित गर्भपतन गराउनेकोे संख्या बढदो

स्वास्थ्यसमाचार रुपन्देही २० जेठ गर्भपतन र परिवार नियोजन जस्ता जटिल विषयलाई स्थानीय तहबाटै सहि व्यबस्थापन गर्नुपर्ने र सर्वसाधारणले सहज र सुलभ रुपमा त्यसबाट लाभ उठाउन पाउने गरी काम हुनु पर्ने बुटबलमा भएको एक कार्यक्रममा बताईएको छ । कपिलवस्तु ईन्टीग्रेटेड डेभलपमेन्ट सर्भिसेज (किड्स)को आयोजनामा बुटवलमा भएको कार्यक्रममा स्वास्थ्यको पहुँच जनतामाझ अझै सरल र सुलभ तरिकाबाट कसरी […]

महिला स्वास्थ्य स्वंयसेविकालाई एडभान्स तालिम दिएर गाउँ-गाउँ पठाउदै सामाजीक बिकास मन्त्रालय

स्वास्थ्य समाचार रुपन्देही प्रदेश नं ५सामाजीक बिकास मन्त्रालयले महिला स्वास्थ्य स्वयसेबिकालाई एडभान्स तालिम दिएर गाउ गाउ पठाउने भएको छ । उनीहरुलाई तालिम दिएपछि स्वास्थ्यमा पहुच कम भएका ठाउमा पठाईने भएको छ । उनीहरुलाई कस्तो तालिम दिने कति समयको तालिम दिदा उर्पयुक्त हुन्छ भन्ने बिषयमा आज प्रदेश नं ५का १२ जिल्लाका स्वास्थ्य संस्था प्रमुख स्वास्थ्यसंस्थाका प्रतिनिधि […]