नेपाली काँग्रेसको महासमिति बैठक र हिन्दु धर्मबारे निरर्थक बहस

नेपाली काँग्रेसको लाखौं नेताकार्यकर्ताहरुको व्यग्र प्रतीक्षा पश्चात यतिखेर नेपाली काँग्रेस यहि फागुन सात गतेदेखि दश गतेसम्म महासमिति बैठकमा छ । नेपाली काँग्रेसको नीति अधिबेशनका रूपमा पनि यसलाइ लैजाने प्रयत्नको रूपमा लिनु सान्दर्भिक होला । नेपाली काँग्रेसका आम कार्यकर्ताहरु फागुन ७ देखि १० गतेसम्म भैरहेको यो महासमितिको बैठकलाई नजिकैबाट नियाली रहेका छन् । नेपाली काँग्रेसले आफ्नो […]

मञ्जु श्री सम्वत सोनाम ल्होछार र हामी जनजातिहरू

मञ्जु श्री सम्वत २८६० औ सोनाम ल्होछार सुभारम्भ भर्खरै भएको छ देश विदेशमा रहनु भएको सम्पूर्ण तामाङ समुदायहरूले हर्ष उल्लासका साथ मनाउँदै सुख दुख साटासाट गरेर नाचगान गरेर मनाएका सामाजिक संजाल भरी प्रशस्त देख्न सकिन्छ यो बिस्तारै मञ्जु श्री सम्वत सोनाम ल्होछारको प्रचारप्रसार र तामाङहरूको मौलिक चाड विश्वव्यापी हुँदै गएको प्रष्ट छ । स्वभावैले हामी […]

साक्षरता अर्थात् संसारसँगै आफैंले आफैंलाई हेर्ने आँखा

आज विश्व साक्षरता दिवस । यो दिवस सन् १९६५ बाट युनेस्कोले हरेक वर्षको ८ सेप्टेम्बरमा मनाउने घोषणा गरेको थियो । विश्वभर शैक्षिक संघ संस्थाहरूले साक्षरता दिवसलाई आ९आफ्नै तरिकाले मनाउने गर्दछन् । संसारमा भएका सम्पूर्ण मानिसहरू साक्षर हुन पाउनु उनीहरूको नैसर्गिक अधिकार हो भने यसको लागि काम गर्नु हरेक राज्यको दायित्व पनि हो । मानवलाई साक्षरताले […]

विदेश जाने रहरको लहर

हरेक नेपाली बिदेश गए जस्तै मलाई पनि विदेश जाने रहरको लहर नपलाएको भने होइन । बिदेश भन्ने बित्तिकै मेरो मनमा टन्नै पैसा कमाइन्छ,बोटमा नै पैसा फल्छ भन्ने थियो । मैले कक्षा १० पढि सकेपछि विदेश जान्छु भनेर पासपोर्ट बनाए,अफ्सोच मैले विदेश जान पाईन,मलाई घरबाटै विदेश जान बन्देज लगाइयो,तर मलाई अझै विदेश जाने रहर भने हराएको […]

रक्सी छाेडेकाे थिएँ,हिजाे अलिकति पिएँ …

साठिको दशकको पहिलो बर्षहरुमा हामी केही युवा साथिहरु म,रबिन्द्र दाहाल(प्रलय),बिक्रम पबन परियार,कल्पना तमाङ्(प्रकृति)।र केही अरु साथिहरु रामेछापमा युवा जोश,युवा जागर र युवा उर्जाका साथ रामेछापको साहित्यमा एउटा हस्तक्षेपकारी भूमिका निर्बाह गर्न सामुहिक रुपमै अग्रसर भएका थियौ । तथापी हामीलाई त्यो साहित्यिक युवा जोश र उर्जालाई एउटा मियोको रुपमा अगाडी बढाउनका लागि।त्यो साहित्यिक चेतनालाई अझ मूखर […]

आमाको माया

जन्म दिने आमा सबैको प्रिय हुन्छन्, पक्कै पनि यो भनिरहन पर्दैन होला। आमा पृथ्वी हुन्, आमा प्रकृति हुन् । आमालाई माया गर्ने सबै हुन्छन् तर आमालाई अपहेलना र तिरस्कार नगर्नेको पनि कमी छैन यस संसारमा । हामी सानामा भन्थ्यौंं पृथ्वीभन्दा ठूली आमा । नेपोलयिन बोनापर्टले भनेका छन्–‘मलाई असल आमा देऊ, म तिमीलाई असल राष्ट्र दिन्छु […]

किन हुन्छ सदैव मन्त्रीपरिषदमा दलित समुदायको  निरासाजनक प्रतिनिधित्व

नेपाल को संविधान २०७२ जारी भएपछि को दोश्रो प्रतिनिधि सभा निर्वाचन समाप्ति को लामो रस्साकस्सिको बिच गत पौष १० गते राष्ट्रपती विद्यादेबि भण्डारी बाट प्रधानमन्त्री मा नियुक्त भइ गत पौष २६ गते संशदको २७५ सदस्य मध्य बिश्वास को पक्षमा  ऐतिहासिक २६८ मत प्राप्त गरि पुष्पकमल दहाल प्रचण्ड मुलुक को नयाँ प्रधानमन्त्री बन्न सफल भए  र […]

टिकटक प्रयोग प्रतिको बढ्दो आकर्षण:  भाइरल हुने माध्यम कि समयको बर्बादी ! 

घटना १. स्थायी बसोबास प्युठान , सामान्य पारिवारिक अवस्था उमेर ६१ बर्ष , नाम मेनबहादुर बुढा अर्थात “भेलुबाजे” सामान्य ज्याला मजदुरी गरेर आफ्नो  जिविकोपार्जन गरिरहेका मेन बहादुर लाई एकाएक सोसल मिडिया ले ” भेलुबाजे “बनाइदियो । ठेट , तोडिलो र अश्लील शब्द बोलेकै भरमा युटुब बाट टिकटक हुँदै फेसबुक, ट्विटर , सम्म केही समय राम्रै […]

विद्यार्थीको भबिष्यमाथी त्रिभुवन बिश्वबिद्धालयको खेलबाड : सुधारको अपेक्षा गर्दै बित्यो ५ दशक

(यो लेख लेखिरहदा सर्वप्रथम त क्षमाप्रार्थी छु त्रीबी परिवार प्रती जुन संस्थाले ज्ञानको ज्योति प्रदान गरि सु–मार्ग मा हिड्न बाटो देखायो त्यही संस्थाको आलोचना गरिरहेको छु ) बिश्वबिद्धालय अनुदान आयोगको तथ्यांकअनुसार नेपाल मा हाल केन्द्र सरकारको मातहतमा १२ वटा र प्रदेश सरकार मातहत १ वटा(गण्डकी )बिश्वबिद्धालय संचालित छ्न, र केहि बिश्वबिद्धालय निर्माणाधीन र केही संचालन […]

बुबाको सम्झना-प्रदिप घिमिरे ‘अमूल्य’

“बुवा” शब्दलाई विभिन्न जात, धर्म र सम्प्रदाय अनुसार आ–आफ्नै शब्दबाट परिभाषित गर्ने गरिन्छ । पूर्वीय दर्शन अनुसार “बुवा” शब्दलाई ‘पितृ देवो भव’ पनि भनिन्छ । हामी मनुष्य आज जहाँ छौं, जहाँ हाम्रो अस्तित्व रहेको छ, जहाँ हामी हुनुको अनुभूति रहन्छ, ती हरेक स्थानहरुमा प्रेरणादायी बुवा हुनुहुन्छ । त्यसैले त हाम्रो लागि हाम्रो अस्तित्व नै हाम्रा बुवा भन्दा फरक नपर्ला । आज हामीले ग्रहण गरेको मान, सम्मान, पद, प्रतिष्ठा, इज्जत अनि सम्पूर्ण जीन्दगी नै बुवामै गाँसिएको हुन्छ । हरेक विहानीको उदाउँदो चम्किलो घामको उषा किरणझैं चम्किएको बुवाको अनुहार नै हाम्रो लागि हरेक दिनको शुभारम्भ हो । हामी जुनसुकै धर्म या सम्प्रदायका भएपनि यस पृथ्वीका हरेक सन्तानलाई बुवाको उत्तिकै महत्व छ । शायद शब्दले ब्याख्या गर्न सकिन्न, तिनै बुवाहरुको बुढेसकालको दरबिलो लाठी बन्नलाई हामीमध्ये धेरैले कडा परिश्रम पनि गरिरहेका छौं र गर्नै पनि पर्छ । जे होस आमा बुवा नै यस लोकका देख्न सकिने र छुन सकिने देवताहरु हुन् । आजका दिन धर्तीका सम्पूर्ण पिताहरुलाई स्मृती गर्दै कोटी कोटी नमन गरौं । बुवा आफैमा एउटा ओजस्वी शब्द हो । यस धर्तीको हरेक कुना कुनामा गएर खोजेता पनि “बुवा”  शब्दको अर्थ एउटा सिङ्गो, अनुशासित र संस्कारी परिवारको रूपमा भेटिन्छ । बुवा घरको मुल थाम हो, परिवारको उज्यालो दीप हो । बुबा जसलाई दिन मात्र आउँछ, सन्तानबाट कहिल्यै लिन आउँदैन । हिन्दू धर्मशास्त्र अनुसार आज कुशे औंशी । ‘कुशे औंशी’लाई बुवाको मुख हेर्ने दिन भन्ने गरिन्छ । आजको दिन बुवालाई उपहार साथै विभिन्न प्रकारका मिष्ठान्न भोजन गराएर उनै बुवाबाट आशीर्वाद ग्रहण गर्ने प्रचलन चली आएको छ । कुशे औंशी यानीकी बुबाको मुख हेर्ने दिन बुवाका तस्वीरहरु विभिन्न सामाजाकि सञ्जलका पानाहरुमा पोष्ट गर्दै ‘ह्यापी फादर्स डे’ भन्नेहरु धेरै छन् । कुशे औंशीका दिन सामाजिक सञ्जालका भित्ताहरु बुवामय हुने गर्दछन् । आजभोली कयौं बुवाहरु सन्तान भएर पनि सन्तानविहीन झैं भएर बस्न बाध्य छन् । “बुवा” को मुख हेर्ने दिन फूस्रो लोकाचारका लागि ह्यापी फादर्स डे भन्दै बुवाका बत्तिस मुजा परेका गालामा चुम्बन गर्नेहरुले भोलिका दिन तिनै बुवालाई बिरानो शहरका मठ, मन्दिर, सडक पेटी र वृद्धाश्रममा पु¥याएर छाडेको थुप्रै देखिन्छ सुनिन्छ ।  कुशे औंशीका दिन ह्यापी फादर्स डे भन्दै बुवाका गालामा चुम्बन गर्नेहरुलाई भोली त्यही बुढो बुवाको श्वास नगनाओस् । बुवालाई आकाशको संज्ञा दिइन्छ । पूर्वीय दर्शन अनुसार बुवालाई साक्षात् भगवानको उपमा पनि दिइने गरिन्छ । हाम्रो लागि बुवा साक्षात् भगवान्, अनि हामी उहाँको भक्त । हामी उहाँको अनुसरण गर्दै बाँचौं अनन्त कालसम्म । सयौं ठाउँमा चाहुरीएको बुबाको अनुहारमा मोतीझैं टल्किएका ती दाँतका पंतिहरु, त्यही बत्तिस मुझा परेर चाहुरीएको बुवाको मुहारमा खुसी ल्याउने हाम्रो संकल्प, त्यही संकल्प पूरा गर्ने हाम्रो अठौट अनवरत रुपमा अगाडि बढिरहोस् । आफ्नो सन्तानको सुख अनि खुसीको लागि रात दिन मेहनत गर्ने दिक्कालजयी हातहरु अनि सन्तानको मायाले भौंतारिएको मन मस्तिष्क सम्झेर गर्व लाग्छ बुवाप्रति । हरेक पल आशाको दीपलाई अँगाल्ने ती ओठहरु, कहिल्यै नथाक्ने ती पाइलाहरुप्रति हाम्रो शिर सँधै झुकिनै रहोस् । अगाडी बढ्दै गरेका हाम्रा पाइलाहरु बुवाको प्रेरणादायी ती हातहरु नै त हुन् भन्दा फरक नपर्ला । आफ्नो सन्तानको खुसीको लागि बुबाले हरेक समस्याहरुसँग जुध्छन् तर कहिल्यै पनि गलत सम्झौता गर्दैनन् । बुवासँग भिन्न प्रकारको साहस हुन्छ जो निष्ठापूर्ण हुन्छ । सन्तानको खुसीको लागि बुवाले अनन्त मृगतृष्णा पनि भुलिदिन्छन् । बुवा आफ्ना सन्तानको सपना साकार पार्न अनवरत रुपमा लागि पर्छन् । बुवा आफ्ना सन्तानको खुसीको निमित्त दिन रात नभनी असल सन्तान बनाउने उद्देश्मा खटिरहन्छिन् । हिरा त्यतिकै कहाँ अमूल्य बनेको हुन्छ र ? हिरा बन्नको लागि राप, ताप र चाप सहनुपर्छ । पृथ्वीको गर्भमा दबाब सहेर नै हिरा बन्ने हो । गान्धी, आइन्सटाइन, पृथ्वीनाराण, स्टीफन ह्याकिङ, विलगेट, लक्ष्मीप्रसाद देवकोटा, माधवप्रसाद घिमिरे, वीर शहीदहरु सबै संघर्ष गरेरै यस धर्तीमा उदाएका उषाका चम्किला किरणहरु हुन् । आफ्ना सन्तानको मुहारमा खुसी छाउनका लागि बुवा कठीन भन्दा कठीन काम गर्न गरे पनि पछि पर्दैनन् ।  पहाडी थुम्का, खोरिया, जंगल, डाँडा, काँडा, उकाली, ओराली, लेक, बेसी गर्छन्, । आफ्ना सन्तानहरुको खुसीको लागि बुबा कहिले खेत, कहिले बारी, कहिले जंगल, कहिले वनपात, कहिले ढाक्रे, कहिले घाँसे त कहिले स्याउले त कहिले आफ्नो कार्यालय धाउँछन् । सन्तानलाई हुर्काउने, बढाउने, पढाउने, लेखाउने बिवाह ब्रतबन्ध गराएर कर्म चलाउने लगायत हर प्रकारका कर्महरु पूरा गरिदिने पनि तिनै बुवा नै त हुन् । आफ्नो कर्मप्रति बुबा निष्ठापूर्ण तल्लिन रहन्छन् । सन्तानले दुःख नपाउन भन्ने हरेक बुवाहरुको इच्छाकै कारण उनीहरुलले कहिलेकाँही नाजायज काम पनि गर्न पछि पर्दैनन् । यस्ता परीघटना पनि समाजमा देखिँदै आएका छन् । यस धर्तीमा जो कोही मान्छेले कसैसित पनि हारुँ भन्दैनन्, तर आफ्ना सन्तानको लागि बुवा सँधै हारिरहन्छन्…….हारिरहन्छन्……हारिरहन्छन् । आफ्नो सन्तानको हक अधिकार र उज्वल भविश्यको लागि बुवा हारिरहन्छन् । बुवा यस जगतका दिक्कालजी महापुरुष हुन् । बुबाले, कसैको ढोका कुर्दैनन्, कसैको दास हुँदैनन्, कसैको चुक्ली गर्दैनन्, कसैको चाप्लुसी गर्दैनन् । बुवा स्वार्थरहित हुन्छन् । त्यसैले त बुवा स्वतन्त्र, विवेकशील र बुद्धिमत्तापूर्ण महायात्रा गर्ने महापुरुष हुन् । यस लोकमा बुवाको छुट्टै अस्तित्व छ, छुट्टै पहिचान छ । बुवा यस धर्तीको एउटा अलग धारको व्यक्ति हुन् । हरेक धर्म र सम्प्रदायमा आ–आफ्नै चलन छ तर चलन जेसुकै भएपनि बुवाप्रतिको आदर, सत्कार र सामिप्यताको गुणगान हरेक आयामबाट यस जगतका सम्पूर्ण धर्म, सम्प्रदाय र कोटीले गरेकै हुन्छ । हामी आफ्ना बुवाआमाका भौतिक, भावनात्मक, जैविक अनि सपनाका अंशहरुका शिवाय अरु केही पनि हैइनौं । हामीमा बगेको रगत, अडेको संस्कार र गढेका सपनाहरु हाम्रा माता पिताको सम्सर्गबाट अधिक नजिक हुन्छन् । तिनै सपना र सम्भावनाका प्रदायक, जीवन श्रृष्टिकर्ता चराचर जगतका सम्पूर्ण आदर्श बुवाहरुलाई स्मृती । “खोज्छन् सबै सुख भनी सुख त्यो कहाँ छ र ? आफू मिटाई अरुलाई दिनु जहाँ छ ।” जीवन एउटा परीकथा हो । जीवनले मानिसलाई बिजुलीले झैं समय समयमा झट्का दिइनै रहेको हुन्छ । मान्छे जन्मन्छ, हुर्कन्छ, बढ्छ, बृद्ध हुन्छ, मर्छ तर बुवाको प्रेम कहिल्यै मर्दैन । प्रेमले मान्छे खुसी हुन्छ, सुखी हुन्छ । एउटा बीजमा पूरा वृक्ष विद्यमान छ । बीज तोडेर हेर्दा पनि कतै वृक्ष देखिँदैन । त्यसका हाँगा, पात, फलफूल कतै देखिँदैन । हो बुबाको माया सन्तानको लागि बीज जस्तै हुन्छ । बुबाको माया देखिँदैन । तर सहजै अनुभूति गर्न सकिन्छ । दिन पछि रात, रात पछि दिन । रात नभई दिन हुँदैन, दिन नभई रात हुँदैन । दुःख पछि सुख, सुख पछि दुःख । दुःख नभई सुखको के मूल्य ?  सुख नभई दुःखको मूल्य हुँदैन । यो जगत परिवर्तनशील छ । परिवर्तनको पनि आफ्नै नियम, कानून छ । यस संसारमा भएका हामी मनुष्य त्यही संसारको एक सार हौं । यस संसारमा आजसम्म कोही पनि दीर्घजीवि छैन । पृथ्वीको आफ्नै नियम कानून छ । उक्त नियम कानून हामीले पालना गर्नै पर्छ । यो कुरा ध्रुव सत्य हो । त्यसैले हिजोआज मानिसहरु बाहिरतिर हेर्छन्, भित्रतिर होइन । आइन्साटाइन भनेका छन् –‘जीवनमा सफल हुनु भन्दा, मूल्यवान हुनु बढी महत्व हुन्छ’ यस संसारमा सफल त जो कोही पनि हुन सक्छ, तर मूल्यवान भने जो कोही नहुन सक्छ । हामी आ–आफ्नो क्षेत्रमा सफल त होउँला तर असल भने हुन धेरै कठीन छ । त्यही भएर जसको जीवनको महत्व छ, उसको जीवन सारपूर्ण हुने गर्दछ, जो अरुको लागि बाँचेको हुन्छ । यी कथनहरु जीवनको भित्री पर्दा चिहाउने र परसेवा गर्नेतर्फ आकर्षित छन् । ‘हरेक परिवारमा मान्छे जन्मिन्छ तर मानवता जन्मिदैन’ । बुबा र सन्तानप्रति विश्वका विभिन्न चर्चित व्यक्तित्वहरुका भनाइहरु देहाय बमोजिम उल्लेख गरिएको छ: विलियम शेक्सपियर भन्छन्ः– जब बुबाले सन्तानलाई केही दिन्छन् तब बुबा र सन्तान दुबै हाँस्छन्, तर जब सन्तानले बुबालाई केही दिन्छन्, तब बुबा र सन्तान दुबै रुन्छन् । जर्ज अबर्ट भन्छन्:– तपाईंको जिवनमा सयौं शिक्षक भन्दा तपाईंको बुबा महान हुनुहुन्छ । वेन रुनी भन्छन्ः– बुबा बन्नु भनेको तिमी आफ्नो सन्तानका लागि रोल मोडल बन्नु हो । लिजा मित्रेली भन्छिन्ः– मलाई मेरो बुबाले सपना दिनुभयो त्यही सपनाबाट मैले आफ्नो भविष्य देख्न सकें । डिक रक भन्छन्ः– बुबा बनिसकेपछि मात्र यक्तिलाई धेरै जिम्मेवारी बोध हुन्छ । तिमीले त्यो भन्दा अगाडी नदेखेका धेरै कुराहरु देख्न थाल्छौ । हेडय ल्यामर भन्छन्ः– मैले जिवनमा भेटेका कुनै पनि पुरुष मेरो बुबा बराबरीका मलाई लागेनन् । मैले मेरो बुबालाई जति माया अरु कुनै पुरुषलाई गरिनँ । रोबर्ट फ्रोस्ट भनेका छन्ः– आमाको माया पाउनका लागि तिमी योग्य हुनुपर्दैन, तर बुबाको माया पाउनका लागि तिमी योग्य बन्नुपर्छ । बुवाको जीवन एउटा कोलाज जस्तो देखिहरन्छु । बुवालाई माया गर्न धर्मले पक्कै पनि बाँधेको छैन्, समयले छेकेको छैन् अनि भूगोलले स्नेह र सम्झनालाई कैद गर्नै सक्दैन । बुवाको बारेमा जति लेखे पनि पर्याप्त हुनै सक्दैन । हुन पनि हो । विचार कहिले पो टुंगिन्छ र ? मन उडिरहेको हुन्छ उडिरहेको । (पछिल्लो समयका चर्चित समाजसेवी तथा लेखक प्रदिप घिमिरे ‘अमूल्य’ मन्थली नगरपालिका–४ सालु, रामेछापका स्थानीय हुन् । हाल उनी काठमाडौंमा बसेर सडक पेटीमा बस्न बाध्य भएका दुःखी गरीबहरुलाई खाना खुवाउँदै आएका छन् । उनको सम्पर्क नं. ९८४११४१४६८ रहेको छ । )