नेवारी संस्कृति संरक्षण गर्दै रामेछाप भंगेरीका नेवार समुदाय
सदियौँ पुराना पर्व र परम्परालाई रामेछाप भंगेरीका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमादेखी सुरु भएको लाखे नाच विधिवत रुपमा श्रीकृष्ण जन्माष्टमीमा समापन गरिँदै आएको छ । ढोल र झ्याम्टाको आवाजको तालसँगै एक हप्ता नाचिने लाखेनाचले रामेछापवासीलाई आकर्षित गरिरहेको छ । ठुला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले रामेछापमा छुट्टै रौनकता ल्याउने गरेको छ […]