अधिवक्ता पाण्डे विरुद्ध रामेछापमा पनि विरोध प्रदर्शन

अधिवक्ता भगवती पाण्डेले सिङ्गो तामाङ, मगर लगाएत जनजाती समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले अभिव्यक्ति दिएको भन्दै नेपाल मगर संघ र तामाङ्ग घेदुङले सयुंक्त रुपमा रामेछापमा सोमबार (आज) विरोध प्रर्दशन गरेको हो । मगर संघ र घेदुङ रामेछापले अधिवक्ता पाण्डेले दिएको अभिव्यक्ति विरुद्ध संयुक्त रुपमा विरोध प्रर्दशन गर्दै रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला मार्फत गृहमन्त्रीलाई […]

मन्थली नजिकै तामाकोशी नदीमा फेला परेकोे बेवारिसे शवको पहिचान खुल्यो

रामेछापको सदरमुकाम मन्थली नजिकै तामाकोशी नदीमा फेला परेकोे बेवारिसे शवको पुष्टि भएको छ । उक्त शव दोलखाका एक पुरुषको रहेको पुष्टि भएको हो । उक्त शव दोलखाको कालिञ्चोक गाउँपालिका २ बाबरेका ६२ वर्षीय भिमबहादुर थामीको रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । मृतक थामी साउन १५ गतेदेखि हराएका थिए । हराइरहेका थामीको शव […]

मन्थली नजिकै तामाकोसी नदीको किनारामा बेवारिसे शव फेला

रामेछाप जिल्लाको मन्थली नगरपालिका १ हाटेचौर स्थित तामाकोशी नदिको किनारामा शनिबार (आज )एक पुरुषको शव फेला परेको छ । बेवारिसे अबस्थामा फेला पेरको शवको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ । सडेगलेको अवस्थामा अन्दाजी ४०/४५ बर्षको पुरुषको शव घोप्टो परेको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय रामेछापका प्रहरी निरीक्षक दिलिप कुमार थापाले जानकारी दिनुभयो […]

रामेछापको हिलेपानीमा आगोलागी हुँदा एक घर जलेर नष्ट

रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नंं ७ सुकाजोर हिलेपानीमा शुक्रबार राती आगोलागी हुँदा एक घर जलेर नष्ट भएको छ । हिलेपानीका राम कुमार कार्कीको घरमा एक्कासी आगोलागी भएको स्थानिय ढाल विक्रम कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार आगोलागीबाट गाईको माउबाच्छा,२ वटा खसी,कुखुरा र सबै अन्नपात तथा लत्ता कपडा जलेर नष्ट भएको छ । आगो के […]

रामेछापमा पनि आँखा पाक्ने रोगको बिरामी देखिए

रामेछापमा पनि आँखा पाक्ने रोगको बिरामी देखिएका छन । एक हप्ताको अवद्यिमा जिल्ला अस्पताल रामेछापमा १२ जना आँखा पाक्ने रोगको बिरामी उपचारका लागी आएका हुन । रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीका अनुसार पछिल्लो हप्तादेखी जिल्लामा आँखा पाक्ने रोगका बिरामीहरु देखिन थालेका हुन । पानी पर्ने यो सिजनमा आँखा रातो हुने, चिलाउने, बिझाउने, आँखामा […]

सिँचाइ नहुँदा धान फल्ने खेतमा पशु चौपाया चराउन बाध्य

सिँचाइ सुविधा नहुँदा रामेछाप र मन्थली नगरपालिकाको सीमा छुट्याउने सुकाजोर खोला आसपासमा करिब ८ सय रोपनी खेती योग्य जमिन बाँझो भएको छ । स्थानीय सरकारले जमिनको प्रयोग गरेवापत कर लगाउने गरे पनि सिँचाइ सुविधा नभएका कारण जग्गा भने बाँझो राख्नुपर्ने किसानको बाध्यता हटेको छैन । सिचाइँ सुविधा नहुँदा १६ वर्षदेखि बाँझो रहेको धान फल्ने खेतमा […]

लिखुतामाकोशी गाउँपालिकाले १ वर्षमा उठायो ३० लाख ७० हजार राजश्व

रामेछापको लिखुतामाकोशी गाउँपालिकाले आर्थिक वर्ष २०७९ साउन १ गतेदखी आ.ब. २०८० को असार मसान्तसम्म ३० लाख ७० हजार राजश्व संकलन गरेको छ । गाउँपालिकाले १ वर्षको अबद्यिमा ३० लाख ७० हजार ५ सय ७१ रुपैयाँ राजश्व संकलन गरेको हो । गाउँपालिकाको कार्यालय तथा ६ वटै वडा कार्यालयहरुबाट विभिन्न शिर्षकमा उक्त संख्यामा राजश्व संकलन भएको राजश्व […]

जिल्ला अस्पताल रामेछापले ल्यायो शव वाहन

बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पताल रामेछापलाई शव वाहन उपलब्ध गराएको छ । बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तरगतको आपूर्ति विभागले जिल्ला अस्पताललाई एक थान शव वाहन उपलब्ध गराएको हो । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले आइतबार जिल्ला अस्पताल विकास समितिका अध्यक्ष यम पाख्रिनलाई शव वाहन हस्तान्तरण गर्नुभयो । जिल्ला अस्पताल रामेछापको […]

जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिला बढे

जिल्ला अस्पताल रामेछापमा प्रसुती सेवा लिने महिलाको संख्या बढेको छ । वितेको ३ आर्थिक वर्षको तथ्याङ्कलाई हेर्दा अस्पतालमा प्रसुती सेवा लिने महिलाको संख्या दोब्बरले बढेको हो । आर्थिक वर्ष ०७७/७८ मा ७१ जना महिलाले प्रसुती सेवा लिँदा आ.ब.०७८/०७९ मा ९२ जनाले प्रसुती सेवा लिएका थिए । अघिल्लो आ.ब.०७९/०८० मा १ सय ६० जनाले प्रसुती सेवा […]

रामेछापकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पक्राउ

रामेछापकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पक्राउ परेका छन । रामेछाप नगरपालिका ७ घर भएकी युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सरकारी इन्जिनियर हरिकुमार पोखरेललाई प्रहरीले पक्राउ गरेको छ । आफ्नो घरमा काम गर्न राखेकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा इन्जिनियर पोखरेललाई प्रहरीले शुक्रबार बिहान पक्राउ गरेको हो । साउन ५ गते रामेछाप […]