निजामति सेवा दिवसको उपलक्ष्यमा रामेछाप अस्पतालमा रक्तदान

निजामति सेवा दिवसको उपलक्ष्यमा जिल्ला अस्पताल रामेछापमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बिहिवार (आज) बिहान भएको रक्तदान कार्यक्रममा १८ जनाले रक्तदान गरेका छन । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौला सहित विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थितीमा रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रममा विभिन्न व्यक्तिहरुले रक्तदान गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीले बताउनुभयो ।

रामेछापको सुनारपानीमा कमेरो माटोको ढिस्कोले पुरिएर ३ जना घाइते

रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानीमा माटोको ढिस्कोले पुरिएर ३ जना घाइते भएका छन । बिहिबार(आज) सोही वडाको साखापानी भन्ने ठाउँमा कमेरो माटो खन्ने क्रममा ३ जना पुरिएका हुन । तल्लो सुनारपानीका आन्दाजी वर्ष ७० का कृष्ण सार्की,वर्ष ३० का कृष्ण बसेल र वर्ष ५५ का आईते सार्की घाईते भएका हुन । घाईतेहरुलाई स्थानियले […]

रामेछाप स्थित तामाकोसी नदीको किनारामा महिलाको शव फेला

रामेछाप सदरमुकाम मन्थली स्थित तामाकोसी नदीको किनारामा एक महिलाको शव फेला परेको छ । मंगलबार(आज) मन्थली नगरपालिका वडा नं.११ स्थित तामाकोशी नदीको किनारमा महिलाको शव फेला परेको हो । नामथर,वतन नखुलेको अन्दाजी ६० वर्षकी महिलाको शव नदीको किनारामा घोप्टो परेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । प्रहरी कार्यालय रामेछापबाट प्रहरी […]

रामेछाप भंगेरीका नेवार समुदायले भदौ २० गते लाखेनाच देखाउने

रामेछापको रामेछाप नगरपालिका वडा नं ८ भंगेरीमा रहेका नेवार समुदायले लाखेनाच देखाउने भएका छन । भंगेरी लाखे नाच सांस्कृतिक समुहले यहि भदौ १९,२० र २१ गते लाखेनाच प्रदर्शन गर्न लागेका हुन । २०७६ सालमा कोरोना भाइरसको कारणले रोकिएको लाखेनाच यस बर्ष तिन दिन विशेष सांस्कृतिक कार्यक्रम सहित देखाउन लागिएको भंगेरी लाखे नाच सांस्कृतिक समुहका अध्यक्ष […]

जिल्ला अस्पताल रामेछापमा गुणस्तरीय स्वास्थ्य सेवा पाएपछि सेवाग्राहीको भीड

गुणस्तरीय स्वास्थ्य सुविधा पाएपछि जिल्ला अस्पताल रामेछापमा सेवाग्राहीको भीड बढ्न थालेको छ । गुणस्तरीय सेवा सुविधाकै कारण हाल दैनिक १ सय ५० को हराहारीमा बिरामी अस्पतालमा सेवा लिन आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. गगन अधिकारीले बताउनुभयो । नयाँ भौतिक संरचना र विभिन्न सेवाहरु थप भएसँगै अस्पतालले गुणस्तरीय सेवा दिन सक्दो प्रयास गरिरहेको अस्पताल विकास […]

रामेछापको लिखु हाइड्रोको स्कारपियो सिन्धुपाल्चोकमा दुर्घटना,२ जनाको मृत्यु

रामेछापको लिखु हाइड्रोको स्कारपियो सिन्धुपाल्चोकस्थित पाँचकिलो भन्ने स्थानमा शनिबार राती दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा ४ जना घाइते भएका छन् । एमबी दुगड हाइड्रोको स्कारपियो रामेछापको बाम्तीबाट दोलखा हुँदै काठमाडौं जाने क्रममा सिन्धुपाल्चोकमा दुर्घटना भएको हो । जीप लामोसाँघु– जिरी सडकखण्ड अन्तर्गत सुनकोशी गाउँपालिकाको पाँच किलो नजिकै राती २ बजे दुर्घटना […]

रामेछापको गोकुलगंगा गाउँपालिकामा लम्पी स्किन रोग लागेर ५६ वटा पशु मरे

रामेछापको गोकुलगंगा गाउँपालिकामा गाई भैँसीमा लाग्ने लम्पी स्किन रोग सङ्क्रमणबाट ५६ वटा गाई गोरु मरेका छन । गाउँपालिकाका ३१ सय ७३ गाई गोरु संक्रमित रहेको गाउँपालिकाका पशुपंक्षि विकास शाखाका प्रमुख लोक प्रसाद फुयालले जानकारी दिनुभयो । उहाँका अनुसार यो रोग लागेका २४ सयभन्दा बढी गाई गोरुको उपचार भैरहेको छ । ६ वटा वडा रहेको गाउँपालिकाको […]

रामेछापको दोरम्बामा ट्रक दुर्घटना हुँदा पाँच जना घाइते

रामेछापको दोरम्बा शैलुङ गाउँपालिका २ बोदलमा सोमबार अपराह्न बा ५ ख ४०३८ नम्बरको ट्रक दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार दोरम्बा २ को घट्टेखोलामा निर्माणाधीन पुलको सामग्री लिएर त्यसतर्फ जाँदै गरेको ट्रक अनियन्त्रित भएर सडकबाट करिब २ सय मिटर खसेको थियो […]

आँखा पाक्ने रोग लाग्नबाट नवजात शिशुहरूलाई जोगाउन डाक्टरको सुझाव

आँखा पाक्ने रोग लाग्नबाट नवजात शिशुहरूलाई जोगाउन डाक्टहरूले सुझाव दिएका छन् । अन्य व्यक्तिको तुलनामा नवजात शिशुहरूमा आँखा पाक्ने रोगले जटिलता ल्याउनसक्ने भएकाले विशेष सावधानी अपनाउन डाक्टरहरूले आग्रह गरेका हुन् । सामान्यतया वयस्क व्यक्तिहरूमा यो रोग लागे एकदेखि २ हप्तामा निको हुने भए पनि नवजात शिशुहरूमा भने अरू सङ्क्रमण फैलिएर आँखाको ज्योती नै गुम्ने खतरा […]

रामेछाप जिल्ला फुटबल संघद्धारा खेलाडीका लागि जर्सी तथा फुटबल वितरण

रामेछाप जिल्ला फुटबल संघले खेलाडीका लागि जर्सी तथा फुटबल वितरण गरेको छ । संघले आज (शनिवार) मन्थली नगरपालिका वडा नं. १ र ६ को सिमानाको कुनौरी स्थित खेल मैदानमा नै जर्सी तथा फुटबल वितरण गरेको हो । संघका अध्यक्ष सुन्दर घिमिरेका अनुसार संघले ४३ जोर जर्सी र ७ थान फुटबल वितरण गरिएको हो । फुटबल […]