पसलमा मूल्यसूची नराख्दा रामेछापका उपभोक्ता मर्कामा

मूल्यसूचीबिना सञ्चालनमा आएका पसलका कारण रामेछापका उपभोक्ता मर्कामा परेका छन् । सदरमुकाम मन्थली क्षेत्रका पसलहरूले मूल्यसूचीबिना नै खाद्यान्न तथा अन्य सामग्री बिक्री गर्दा उपभोक्ता ठगिएको गुनासो प्रहरी, प्रशासनमा पुग्ने क्रम बढ्दै गएको छ । बजारको अनुगमन तथा व्यवस्थापनबारे स्थानीय सरकारले पनि अनुगमन तथा नियमन गर्ने अधिकार पाएको छ । तर विधि र प्रक्रिया पूरा नगरिँदा […]

रामेछाप बाबियाखर्कमा भिरबाट लडेर एक युवकको मृत्यु

रामेछाप जिल्लाको रामेछाप नगरपालिका–८ बाबियाखर्कमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । सोहि ठाउँका वर्ष २१ का सुवास कार्कीको ज्यान गएको हो । बुधबार गाउँमै बिहे भोज खाएर राति घर फर्कदै गरेका सुवास र उनका साथि सविन शाही गाउँ नजिकैको साँघुरेखोलाको भिरबाट लडेका थिए । मादक पदार्थ सेवन गरेका उनिहरु दुबै जना भिरबाट लडेपनि […]

सिँचाइको व्यवस्था गरिदिन रामेछापका माझी समुदायको माग

तामाकोशी नदी बस्ती नजिकैबाट बग्ने भए पनि खेतिपातिका लागि सिँचाइ गर्न नपाएको किसानहरूले गुनासो गरेका छन् । नदी आसपास बसोबास रहेको माझी समूदायले माछा मारेर जीविकोपार्जन गर्दै आएका थिए । तर पछिल्लो समय नदीमा माछा पाइन छाडेपछि ६ सय घरधुरी माझी बस्तीलाई जीवन धान्नै मुस्किल परेको छ । नदीमा माछा पाइन छाडेपछि नै माझी समुदायले […]

जिल्ला अस्पताल रामेछाप सहित बागमती प्रदेशका ७ वटा अस्पताललाई एम्बुलेन्स

बागमती प्रदेश सरकारले रामेछाप सहित विभिन्न जिल्लाको ७ वटा अस्पतालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पतालहरुलाई एम्बुलेन्स उपलब्ध गराएको हो । मन्त्रालयले रामेछाप स्थित जिल्ला अस्पताल रामेछाप,दोलखास्थित पशुपति चौलागाई स्मृति अस्पताल,भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, काभेस्थित मेथिनकोट अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई ‘ख’ वर्गको […]

सार्वजनिक जग्गा मिचेर घर बनाएको प्रमाण सहित लिएर आउनुहोस हामी भत्काउँछौँ : मेयर न्यौपाने

रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेले नगर क्षेत्रभित्र सार्वजनिक जग्गा मिचेर घर बनाएको पाइएमा भत्काइने बताउनुभयो । ईरामेछापसँग कुराकानी गर्दै नगर प्रमुख न्यौपानेले सार्वजनिक जग्गा मिचेर जो कोहिले घर बनाएको प्रमाण सहित लिएर आए आफुहरुले उक्त घर भत्काउने बताउनुभयो । रामेछाप नगरपालिकाको केन्द्र समेत रहेको रामेछाप बजारमा सार्वजनिक जग्गा मिचेर धेरैले घरहरु बनेको भन्दै नागरीकस्तरबाट प्रश्नहरु […]

रामेछापको ग्रामिण सडकमा दुर्घटनाको जोखिम बढ्दै

रामेछापका ग्रामिण सडकमा दुर्घटनाको जोखिम बढ्दै गएको छ । साँघुरा कच्ची सडक, सवारी चालकको लापरवाही र सवारी साधनको अवस्था जाँच नगर्ने प्रवृत्तिका कारण दुर्घटनाको जोखिम बढ्दै गएको हो । ग्रामिण भेगका सडक मर्मतमा सम्बन्धित पक्षले ध्यान नदिएको एक जना सवारी चालकले बताउनुभयो । साँघुरा, धुलो र ठूला ढुङ्गाहरू तथा पहिरो खसिरहने खालको ग्रामिण सडकमा दुर्घटनाको […]

विद्यालय पोशाक मौसममैत्री नभएकोमा रामेछापका शिक्षक–विद्यार्थीको गुनासो

विद्यालय पोशाक मौसममैत्री नहुँदा समस्या भएको रामेछापका शिक्षक र विद्यार्थीहरूले गुनासो गरेका छन् । खासगरि जाडोयाममा विद्यालयले निर्धारण गरेको पोशाक लगाउँदा चिसो नै नथेग्ने उनीहरूको गुनासो छ । विद्यालयलाई सामुदायिक र संस्थागतमा वर्गीकरण गरिए पनि विद्यार्थी र शिक्षकले लगाउने पोशाक भने सबै विद्यालयमा लगभग मिल्दोजुल्दो छ । विद्यालयमा छात्रका लागि सर्ट पाइन्ट र छात्राका लागि […]

बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा रामेछापमा बीमा प्रति किसानको आकर्षण बढेन

बीमा दाबीको प्रक्रिया झन्झटिलो हुँदा कृषि बीमा प्रति रामेछापका किसानको आकर्षण बढ्न सकेको छैन । बालीनाली र पशुपालनमा किसानले ब्यहोर्नु पर्ने सम्भावित क्षतिको जोखिम कम गर्न सरकारले कृषि बीमा कार्यक्रम लागु गरेको छ । बीमा गर्न इच्छुक किसानलाई बिमाङ्कको ८० प्रतिशत रकम सरकारले व्यहोर्ने भएपनि बीमा दाबीको प्रक्रिया झन्झटिलो भएका कारण किसानहरू कृषि बीमा कार्यक्रम […]

रामेछापको मुडाजोरमा हायु जातिको विशेष पुजा महाकाली देवीको पुजा (भिडियो) सहित

लोपन्मुख जाति हायुको महान पर्व महाकाली देवीको पुजा मंगलबार रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ७ मुडाजोरमा सम्पन्न भएको छ । वषौँदेखी नेपालको लोपन्मुख जाति हायुहरुले मनाउने महाकाली देवीको पुजा हरेक वर्ष मुडाजोरमा रहेको उप्छिमीरानी अर्थात महाकाली देवीको थानमा विशेष पुजाआजा सहित मनाउने गरिन्छ । महाकाली देवीको थानमा हरेक वर्ष मेला लाग्ने गर्छ । १ […]

गौरीशङ्कर माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कार्की

रामेछाप जिल्लाकै पहिलो माध्यमिक विद्यालय श्री गौरीशङ्कर माध्यमिक विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कमल विक्रम कार्की चयन हुनुभएको छ । विव्यसका सदस्यहरुमा सावित्रा कार्की,उद्धव कुमार श्रेष्ठ,निरु थापा,चुक्त्त बहादुर मगर र कृष्णमायाँ नेवा खड्गी चयन भएका हुन । शिक्षक अभिभावक संघको अध्यक्षमा केही दिन अघि राम कुमार कार्की चयन भैसक्नुभएको […]