रामेछापमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान रामेछापमा शुरु भएको छ । ‘ लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने नाराका साथ रामेछाप नगरपालिकाले रामेछाप बजारमा जनचेतनामुलक प्रभातफेरी तथा नगरपालिकाको कार्यालयमा दिप प्रज्वलन गरेर अभियानको शुभारम्भ गरेको हो । रामेछाप नगरपालिकाबाट निकालिएको प्रभातफेरी माथिल्लो बजार,तल्लो बजारको मानेँडाँडा पुगेर पुन नगरपालिकाको कार्यालयमा आएर कोणसभामा […]

रामेछापको मन्थली–३ का तत्कालीन वडासचिव सहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको मन्थली नगरपालिका वडा–३ का तत्कालीन वडासचिव शिवकुमार महतोसहित दुई जनाविरुद्ध अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्ति हानी/नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै आयोगले आज शुक्रवार विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । स्थानीय निर्मला खत्रीसँगको मिलेमतोमा उनका जीवित श्रीमानकाे मुत्यु भएको भन्दै वडासचिव हुँदा महतोले गलत लिखत […]

नेपाली सेनाद्वारा ३ हजार ४ सयभन्दा बढी कर्मचारी माग

नेपाली सेनाको विभिन्न पदमा जागिर खुलेको छ । सूचना प्रकाशन गर्दै सेनाले सैन्य पदमा ३ हजार जना तथा सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४ सय १३ जना कर्मचारी मागेको हो । विभिन्न ब्यारेकमा आवश्यक रहेका पदमा पदपुर्तिका लागि दर्खास्त आह्वान गरिएकाले इच्छुक र योग्यता पुगेका व्यक्तिले पुस ७ गतेसम्म आवेदन दिन सक्ने […]

रामेछापमा खुला दिसामुक्त घोषणा तर कार्यान्वयनमा समस्या

रामेछाप जिल्ला २०७५ साल जेठ २८ गते बाग्मती प्रदेशको सातौँ जिल्लाका रूपमा खुल्ला दिसामुक्त घोषणा भएको थियो । तर व्यवहारमा भने कार्यान्वयनमा आउन सकेको छैन । मानिसहरुको भीडभाड हुने स्थानमा सार्बजनिक शौचालय बनेका छैनन् भने, सरकारी कार्यालयमा भएका शौचालय समेत व्यवस्थित र सफा नभएको स्थानीय अस्मिता महताराको भनाइ छ । जिल्ला खुला दिसामुक्त घोषणा भएको […]

सेवाको गुणस्तरमा सुधार गर्दै विरामीको भरोसा बढाउन सफल जिल्ला अस्पताल रामेछाप

सरकारी स्वास्थ्य संस्थाको गुणस्तर गतिलो नहुने भन्दै उपचार र स्वास्थ्य परीक्षणका लागि नीजि अस्पताल र क्लिनीकमा जाने क्रम बढ्दो छ । तर, केही सरकारी अस्पतालले भने सेवाको गुणस्तरमा सुधार गर्दै विरामीको भरोसा बढाउन सफल पनि भएका छन् । यस्तैमध्येको एक हो जिल्ला अस्पताल रामेछाप । पछिल्लो समय गुणस्तरीय स्वास्थ्य सेवा पाउन थाले पछि जिल्ला अस्पताल […]

रामेछापको उमाकुण्डमा भाईले खुकुरी प्रहार गर्दा दाई गम्भिर घाईते

रामेछापको उमाकुण्ड गाउँपालिकामा आफ्नै भाईले दाईमाथि खुकुरी प्रहार गरी गम्भिर घाईते बनाएका छन् । उमाकुण्ड गाउँपालिका–३ कुबुकास्थली कोलाका ४९ वर्षिय देव बहादुर बस्नेतलाई आफ्नै भाई ओसिराम बस्नेतले खुकुरी प्रहार गरेका हुन् । घरायसी विवादका कारण गएराति ८ बजे ओसिरामले दाईमाथि खुकुरी प्रहार गरेको रामेछाप प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भिर घाईते भएका देवबहादुरलाई स्थानीय […]

रामेछापमा देउसी, भैलो राति ९ बजेसम्म मात्र खेल्न पाइने

यो वर्षको तिहारको समयमा रामेछापमा देउसी, भैलोलगायत सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय रामेछापले देउसी, भैलोलगायत सांस्कृतिक एवम् मनोरञ्जनात्मक कार्यक्रम राति ९ बजेपछि सञ्चालन नगर्न भन्दै अनिवार्य रुपमा बन्द गर्न आग्रह गरेको हो । रामेछापका प्रमुख जिल्ला अधिकारी अनिता निरौलाले एक विज्ञप्ति जारी गर्दै चाडपर्वको […]

रामेछापमा लोप हुँदै देउसी भैलो खेल्ने परम्परा

तिहारमा देउसीभैलो खेल्ने परम्परा छ । बलिराजाका पालादेखि नै समूह बनाएर देउसीभैलो खेल्ने चलन अझ पनि कायमै छ । तर पहिलेको तुलनामा भने हिजोआज रामेछापमा देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् । केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । देउसीभैलोको मौलिक परम्परा भने गाउँघरमा हट्दै गएको […]

रामेछापमा पछिल्लो केही वर्षयता देउसी,भैलोमा मादलको कम प्रयोग हुँदै

रामेछापमा केही वर्षयता तिहारका समयमा देउसी, भैलो खेल्दा मादलको प्रयोग हुन छाडेको छ । कुनै समय गाउँदेखि सहरसम्म मादलको तालमा सुनिने देउसीका भाका अहिले आक्कलझुक्कल मात्र सुनिन थालेको छ । पछिल्लो पुस्ताले संस्कृति बिर्सँदा मादल पनि विरानो बन्न थालेको हो । नेपालका सबैजसो लोकभाकामा प्रयोग हुने लोकबाजा मादल विशेषगरि तिहारका समयमा बिक्री बढी हुने आशामा […]

रामेछापमा सस्तोमा डलर दिने भन्दै ५ लाख ठगी

नेपाली रुपैयाँ दिएर अमेरिकी डलर साट्दा चलन चल्तीको भन्दा बढी रकम पाइने आश्वासन पाएका दैलेखका एक व्यक्ति शनिबार रामेछापको राकाथुम आएर ठगिएका छन् । खाँडादेवी गाउँपालिका–१ राकाथुमका दलबहादुर लामा र उनका साथीले दैलेख ठाडीकाद गाउँपालिका–४ का प्रदीप कठायतलाई ठगी गरेका हुन् । उनी नेपाली रुपैयाँ १ लाखमा १ हजार अमेरिकी डलर पाउने लोभमा ५ लाख […]