नेपाल तरुणदल स्थापना दिवसको अवसरमा रामेछापमा रक्तदान

नेपाल तरुणदल रामेछापले आफ्नो ६८ औं स्थापना दिवसको अवसर पारेर आज जिल्ला सदरमुकाम मन्थलीमा बृहत्त रक्तदान कार्यक्रम आयोजना गरि स्थापना दिवस मनाएको छ । जिल्लाका सरकारी तथा सामुदायिक अस्पतालहरुमा भर्ना भएका बिरामीहरुले रगत अभाव झेल्दै आएपछि तरुणदलको स्थापना दिवसको अवसर पारेर संस्थाले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रामेछापको सहकार्यमा संस्थाले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको […]

जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष खड्कालाई सफाइ

जबरजस्ती करणी र शरीर बन्धक मुद्दामा रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्काले सफाइ पाउनुभएको छ । जिल्ला अदालत रामेछापका न्यायाधीश बद्रीप्रसाद ओलीको मंगलबारको इजलासले सफाइ दिएको हो । खड्कामाथि लगाइएको दुवै मुद्दामा सरकारी दाबी प्रमाण नपुग्ने भन्दै अदालतले सफाइ दिएको रजिष्ट्रार रामप्रसाद पौडेलले जानकारी दिनुभयो। खड्कामाथि करिब डेढवर्षअघि मुद्दा चलाइएको थियो । खड्का माथि […]

नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन

नेकपा एमाले रामेछाप नगरपालिकाको अध्यक्षमा रोशन पाख्रिन चयन हुनुभएको छ । आज भएको नगरपालिका अधिवेशनले पाख्रिनलाई सर्वसम्मत रुपमा नगर कमिटीको अध्यक्षमा चयन गरेको हो । अन्य निर्वाचित पदाधिकारीमा : अध्यक्ष – राेषन पाख्रीन उपाध्यक्ष – हरि बहादुर प्रधान सचिव – सुन्दर घिमिरे उप सचिव – कुबेर श्रेष्ठ उप सचिव – माधब ढकाल नेकपा एमाले रामेछापको […]

एमाले रामेछापको पालिका अधिवेशन जारी

नेकपा एमाले रामेछापको पालिका अधिवेशन आज भइरहेको छ । जिल्लाको ८ वटै स्थानियतहरुमा एमालेका नेता तथा कार्यकर्ता सहभागी भएर नयाँ नेतृत्व चयन र आगामी योजनाहरुको बारेमा छलफल गरिरहेका छन । एमाले रामेछापका अध्यक्ष शान्ति प्रसाद पौडेलले रामेछापको दुईवटा नगरपालिका र छ वटा गाउँपालिकामा पालिका अधिवेशन भइरहेको बताउनुभयो । जिल्लाको सबै स्थानिय तहहरुमा एकैसाथ कुनै विवाद […]

रामेछापमा चिसो बढ्न थाल्यो

रामेछापमा केहि दिनदेखी चिसो बढ्न थालेको छ । न्यूनतम र अधिकतम तापक्रम घट्न थालेकाले बिहान र बेलुका चिसो हुन थालेको हो । अब चिसो झन् झन् बढ्दै जाने मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार रामेछापसहित देशभर औसतमा दैनिक एकदेखि दुई डिग्री सेल्सियससम्म तापक्रम घट्न थालेको छ । तर, बादल लागेको दिन भने तापक्रम […]

सिन्धुलीमा तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्त सार्वजनिक

सिन्धुली प्रहरीले तीन युवतीको सामूहिक बलात्कार गरेको आरोपमा ६ जना अभियुक्तलाई गिरफ्तार गरी सार्वजनिक गरेको छ ।गत असोज ३० गते दशैंको समयमा सिन्धुलीको कमलामाई नगरपालिका–५ स्थित लव्दाहाखोला स्थित बगरमा ललाई फकाई ती युवतीमाथि सामूहिक बलात्कार भएको थियो । प्रहरीले उनीहरुसँगै अभियुक्त भगाउन सहयोग गर्ने ६ जना आफन्त, एक जीप तथा दुईवटा मोटर साइकल समेत पक्राउ […]

रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइयो

रामेछापका २० हजार बालबालिकालाई भिटामिन ‘ए’ खुवाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रामेछापका अनुसार जिल्लामा दुई दिनका अबद्यिमा –हिजो र आज) गरी २० हजार ९८ जना बालबालिकाहरुलाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका सूचना अधिकारी राजेश प्रसाद पालले जानकारी दिनुभयो । ६ महिना देखी ५ वर्ष भित्रका जिल्लाका २० हजार ९८ […]

एमाले रामेछाप नगरपालिकामा सर्वसम्मत वडा अधिवेशन सम्पन्न, यी हुन वडा कमिटीका अध्यक्षहरु (नामसहित)

नेकपा एमाले रामछाप नगरपालिकाले हिजो नगरपालिकाको ८ वडामा वडा अधिवेशन सम्पन्न गरेको छ । नेकपा एमाले रामेछाप नगरपालिकाको एउटा वडा बाहेक आठ वटा वडामा नयाँ नेतृत्व चयन गरेको छ । वडा अधिवेशन सम्पन्न भएका सबै वडामा सर्वसम्म रुपमा वडा अधिवेशन सम्पन्न भएको हो । वडा नं ४ हिमगंगामा आज अधिवेशन हुने बताइएको छ । वडा […]

जिल्ला अस्पताल रामेछापमा पिसिआर ल्याब र अक्सिजन प्लान्ट उद्धघाटन तर छैनन् जनशक्ती

जिल्ला अस्पताल रामेछापमा आज पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन गरिएको छ । बाग्मती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कटुवाल क्षेत्री र बाग्मती प्रदेशकै वन तथा वातावरण मन्त्री शान्ति प्रसाद पौडेलले संय्ुक्त रुपमा पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन गर्नुभएको हो । बाग्मती प्रदेश सरकारको लागतमा निर्माण भएको पिसिआर ल्याब र अक्सिजन प्लान्टको उद्धघाटन भएपनि कहिलेदेखी […]

दशैँमा धेरै भोका पेटहरुको भोक मेटाए समाजसेवी प्रदिपले

नेपालीमा एउटा भनाइ छ– ‘मन हुनेसँग धन हुँदैन, धन हुनेसँग मन हुँदैन् ।’ तर मनमात्र भयो भने धन जुटाउन समय नलाग्ने रहेछ । धन यो अर्थमा जुट्ने रहेछ जसको सदुपयोग समाजका लागि होस । दीनदुःखी, निमूखा र भोकानाङ्गाहरुका लागि होस । अशक्त र असाहयहरुका लागि होस । भोको पेटमा सडक पेटीमा ढलिरहेका लागि होस । […]