रामेछापको वादीमा बेमौसमी तरकारी खेती सीप विकास तालिम सुरु
रामेछापको रामेछाप नगरपालिका वडा नं ८ वादीमा बेमौसमी तरकारी खेती सीप विकास तालिम सुरु भएको छ । उद्योग तथा वाणिज्य कार्यालय रामेछापको आयोजना,रामेछाप नगरपालिकाको समन्वय र हायु समाज नेपालको सहजीकरणमा तालिम संचालन गरिएको हो । मंगलबारदेखी सुरु भएको तालिम १० दिनसम्म चल्नेछ । बोटे,माझी,हायु,मुहसर र वनकरिया समुदायका लागि स्वरोजगार कार्यक्रम अन्तर्गत उक्त तालिम संचालन गरिएको […]

