रामेछापमा तिहारको चहलपहल बढ्यो,बजारमा किनमेल गर्नेको भिड

रामेछाप जिल्लामा तिहार नजिकिँदै जाँदा बजारदेखि गाउँसम्म चहलपहल बढेको छ। दीपावली पर्व नजिकिँदै गर्दा स्थानीय बजारहरूमा किनमेल गर्नेहरूको भीड बढ्दै गएको छ। बजारमा दियो, बत्ती, रंगोलीका रंग, माला, अबिर, फुल, मिष्ठान्न र कपडाका पसलहरूमा ग्राहकहरूको भीड देखिन थालेको छ। विशेषगरी रामेछाप बजार, मन्थली बजार सहितका विभिन्न बजारहरुमा युवायुवती र महिलाहरू तिहारका सामग्री किनमेलमा व्यस्त देखिएका […]

खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि कुनौरीले जित्यो

रामेछापमा शुक्रबारदेखी चलेको खुल्ला पुरुष फुटबल प्रतियोगिताको उपाधि न्यु स्टार युवा क्लब मन्थली कुनौरीले जितेको छ । प्रथम हुँदै न्यु स्टार युवा क्लबले नगद २५ हजार सहित ट्रफी,मेडल र प्रमाण पत्र प्राप्त गरेको हो । प्रतियोगितामा आयोजक बटारे युवा क्लब रामेछाप द्धितिय भएको हो । बटारे युवा क्लबले द्धितिय हुँदै नगद १५ हजार सहित ट्रफी,मेडल […]

श्रीमती हत्याको आरोपमा रामेछाप मुगानका हायु पक्राउ

श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुगानका अन्दाजी वर्ष ६० का ईन्द्र बहादुर हायुलाई प्रहरीले पक्राउ गरेको हो । गत बिहिबार घरमै अन्दाजी वर्ष ५८ की चिनिमायाँ हायु मृत फेला परेकी थिईन । शरिरमा चोटपटक र निलडाम सहितको मृत अवस्थामा फेला परेकी हायुको हत्या नै भएको […]

शुभेच्छा वचतको १३ औं वार्षिक साधारण सभा सम्पन्नः सहकारीको मर्म, जिम्मेवारी र पारदर्शितामाथि जोड

शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । संस्था सन् २०६९ सालमा स्थापना भई हाल १३ वर्षको सफल यात्रा पूरा गर्दै आएको हो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जिल्ला सहकारी संघ रामेछापका अध्यक्ष हिमाल ढुङ्गेलले गर्नुभयो । उहाँले सहकारीको सफलतामा शेयर सदस्यहरूको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै […]

रामेछापको मुगानमा एक महिलाको शव फेला,हत्याको आशंका

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ मुगानमा एक महिलाको शव फेला परेको छ । बिहिबार(आज) दिउँसो करिब २ बजेको समयमा प्रहरी चौकी रामेछाप डाँडालाई घटनाको बारेमा जानकारी प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको हो । अन्दाजी वर्ष ५८ की चिनिमायाँ हायु घरमै मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतको शरिरमा भएको चोटपटकले हत्या भएको […]

तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको सेवा अब नयाँ भवनबाट

रामेछापको सदरमुकाम मन्थलीमा रहेको तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको नव निर्मित भवन उद्धघाटन गरिएको छ । बिहिबार(आज) सो भवनको मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठ र भिजन हिमालय फाउन्डेशनका उपाध्यक्ष डा.रोमन ग्रेम्जरले संयुक्त रुपमा उद्धघाटन गर्नुभएको हो । भिजन हिमालय फाउन्डेशन स्विजरल्यान्डको आर्थिक सहयोगमा भवन निर्माण भएको हो । १ करोड ५० लाखको लागतमा निर्माण भएको […]

रामेछाप सुनापतिमा ७७ घरपरिवार पहिरोको जोखिममा

रामेछाप जिल्लाको सुनापति गाउँपालिका–३ हिलेदेवीस्थित केउरेनी बस्ती पूर्णरूपमा पहिरोको उच्च जोखिममा परेको छ । साउने, नागा सिवार र च्याम्दुम टोलका ७७ घरपरिवार अहिले प्रत्यक्ष पहिरोको खतरा सामना गरिरहेका छन् । विगत लामो समयदेखि स–साना पहिरो चल्दै आएको सो बस्ती २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि थप क्षतिग्रस्त भएको थियो । त्यसपछि २०८२ असोज […]

फर्म दर्ता गरेकै भोलिपल्टदेखी अनुदान खोज्छन,काम चाहिँ गर्दैन्न : नगर प्रमुख न्यौपाने

रामेछापको रामेछाप नगरपालिकामा ९ वटा वडाहरु छन । नगरपालिकाको केन्द्र रामेछाप बजारबाट हरेक वडाहरुसम्म सहजै पुग्न सकिने गरी सडकहरु निर्माण भएका छन । स्थानिय सरकार संचालनमा आएपछि नगरका सबै गाउँबस्ती र टोलहरुमा सडक,विद्युत र यातायात पुगेको छ । रामेछाप नगरको विकास र परिवर्तनहरुमा रहेर नगरपालिका प्रमुख लबश्री न्यौपानेसँग गरिएको कुराकानीको सम्पादि अंश : आजभोली के […]

बीपी राजमार्गमा गाडी चल्न थाले,रामेछाप काठमाण्डौँ दुरी छोटियो

अघिल्लो हप्ताको बाढीपहिरोले क्षतिग्रस्त बीपी राजमार्ग विभिन्न ठाउँमा मर्मतपछि गाडी चल्न थालेका छन् । क्षतिग्रस्त सम्पूर्ण खण्डमा शुक्रबार बेलुका ‘ट्रयाक’ खुलाएर परीक्षण गरेसँगै शनिबार(आज) बिहानदेखि गाडी चल्न थालेका डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडाबाट रोशी गाउँपालिकाको माम्तीसम्म ‘ट्रयाक’ खोली सकेर परीक्षण गरिएको थियो । कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन […]

गाउँको विद्यालयदेखि शहरसम्मको शैक्षिक यात्रा : संघर्ष, सुधार र सम्भावनाको कथा

– कमल एक्चै मगर  म रामेछापको एउटा साधारण गाउँमा जन्मिएको, त्यहिको सरकारी विद्यालयमा पढेको विद्यार्थी हुँ। त्यो समयमा हाम्रो विद्यालयमा पढ्ने वातावरण राम्रो थिएन। शिक्षकहरू कहिलेकाहीँ अनुपस्थित रहन्थे, हामी विद्यार्थीहरू पनि पढाइभन्दा खेल्न तिर बढी आकर्षित हुन्थ्यौं। परीक्षा पास हुनु नै पढाइको लक्ष्यजस्तो लाग्थ्यो। म पनि सोही धारमा बगेको थिएँ । बुझेर होइन, पास भएर […]