रामेछाप नगरपालिकामा संचालित विभिन्न योजनाहरुको अनुगमन

रामेछाप नगरपालिकामा चालु आर्थिक वर्षमा बजेट विनियोजन भएर संचालनमा रहेका योजनाहरुको अनुगमन गरिएको छ । जिल्ला समन्वय समितिले १० लाख भन्दा माथि लागतका विविध योजनाहरुको अनुगमन गरेको हो । जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का,उपप्रमुख प्रेम सागर थापा,रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने,जिल्ला समन्वय अधिकारी हरिकृष्ण फुयाल,रामेछाप नगरपालिकाका सूचना अधिकारी होम बहादुर थापा,जिससका शाखा अधिकृत जमुना […]

रामेछाप नगरपालिका अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा

रामेछापको रामेछाप नगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा गरेको छ । निवर्तमान उर्जा,जलश्रोत तथा सिँचाई राज्य मन्त्री पूर्ण बहादुर तामाङ्ग(कान्छाराम) को प्रमुख आतिथ्यतामा नगरपालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरिएको हो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी कान्छारामले सबै मिलेर घोषणा गरे जसरी निरन्तरता दिन पनि लाग्नुपर्ने बताउनुभयो । उहाँले यसका लागी आफु सधैं प्रतिवद्ध […]

सुन्दर सुनापतिलाई अझ सुन्दर बनाउन एक हजार बढी बिरुवाहरु रोपियो

प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको रामेछाप जिल्लाको सुनापति गाउँपालिकामा हरियाली प्रवद्र्धन र वातावरणीय सन्तुलन कायम गर्न एक हजार बढी बिरुवाहरु रोपिएको छ । गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रूपमा परिचित लामा टोलदेखि सुनापति डाँडाको शिवमूर्ति वरिपरी हुँदै १०८ वटा लहरे माने सम्म पुग्ने सडक छेउछाउ करिब एक हजार बढी बिरुवाहरू रोपिएको गाउँपालिका अध्यक्ष ठुलोकान्छा तामाङले बताउनुभयो । […]

राष्ट्रिय धान दिवस ०८२ र आर्थिक प्रभाव

डा.केदार कार्की। सरकारको यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनताः खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारा तय गरेको छ। खाद्य सुरक्षाका लागि धान उत्पादन वृद्धि गर्न यस्तो नारा तय गरिएको कृषि विभागले जानकारी दिएको हो। नेपाल मा वर्ष २०६६ देखिकिसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार […]

सुकाजोरमा १० दिने जुस उत्पादन तथा बजारीकरण तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिका वडा नं ७ सुकाजोरमा १० दिने जुस उत्पादन तथा बजारीकरण तालिम सम्पन्न भएको छ । तालिममा वडा नं ७ र ८ का ३५ भन्दा बढी नागरीकहरु सहभागी थिए । रामेछाप नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ का वडाअध्यक्ष समिर कार्कीको समन्वयमा बाग्मती प्रदेश सरकारले विनियोजन गरेको ७ लाख बजेटबाट तालिम संचालन गरिएको […]

रामेछापमा राष्ट्रिय वृक्षारोपण दिवस मनाइयो

रामेछापमा राष्ट्रिय वृक्षारोपण दिवस विभिन्न कार्यक्रमका साथ मनाइएको छ । दिवसको अवसरमा रामेछाप अस्पताल परिशरमा विभिन्न प्रजातीका वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालय रामेछाप र र भू तथा जलधार व्यवस्थापन कार्यालय रामेछापको आयोजनामा वृक्षारोपण दिवस मनाइएको हो । अस्पताल परिशरमा विभिन्न प्रजातीका एक सय भन्दा बढी विरुवा रोपिएको डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशंकर […]

यस्तो छ रामेछापको लिखुतामाकोशी गाउँपालिकाको नीति कार्यक्रम तथा बजेट

रामेछापको लिखु तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागी नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको १५ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष केशव महतले नीति कार्यक्रम प्रस्तुत गर्नुभयो । अध्यक्ष महतले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा हालसम्म गाउँपालिकाको करको दायरामा नआएको ढुङ्गा,गिट्टी,वालुवा,स्लेट, ढुङगा, खरी लगाएत खनिज जन्य बस्तुको निकासिलार्ई करको दायरामा ल्याईने […]

गोकुलगंगा गाउँपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औँ गाउँसभा अधिवेशनमार्फत अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो। यस वर्ष गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तय गरेको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको […]

रामेछापको गोकुलगंगा गाउँपालिकाका उत्कृष्ट विद्यार्थी र शिक्षक सम्मानित

रामेछापको गोकुलगंगा गाउँपालिकाले १७ औँ गाउँसभा तथा अधिवेशनको अवसरमा कक्षा ५ र ८ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई दोसल्ला ओढाएर, कदरपत्र र नगद सहित सम्मान गरेको छ । उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप सम्मान गर्नुका साथै उनिहरुलाई मार्गदर्शन गर्ने शिक्षकहरूलाई समेत कदर पत्र सहित सम्मान गरिएको हो । पालिका स्तरको परीक्षामा उत्कृष्ट नतिजा दिन […]

संसद भवनमा – कविता

संसद भवनमा खास कुरा केही छैन दुर्योधनको जस्तो मथिङ्गल सुन्दर फूलहरुको बगैँचामाथि सुकिला मुकिला देखिने कुरुप पदचाप आधी आकाश जस्तो छोपिराखेको छ उज्यालो दिन नसक्ने पूँजीबादीहरुको कैद भित्र माथिमाथि उभ्याइएको घर कस्तो अश्लीलता हो शिवरात्रीमा पशुपतितिर नाङ्गा बाबाहरुको नग्नताभन्दा बढी प्रधानमन्त्रीको देशवासीको नाममा सम्बोधन, ब्यङ्ग्यात्मक प्रस्तुतिको प्रहसन जस्तो हे,संसद महोदय सोध्न मन लागेको छ तपाईंको […]