रामेछाप बोलङ्ग बोलङ्गका दलित समुदायलाई पञ्चेबाजा वितरण

रामेछापको रामेछाप नगरपालिकाले वडा नं ४ हिमगंगा बोलङ्ग बोलङ्गका दलित समुदायलाई पञ्चेबाजा वितरण गरिएको छ । विपन्न दलित शसक्तिकरण कार्यक्रम अन्तर्गत सो ठाउँका दलित समुदायलाई पञ्चेबाजा वितरण गरिएका हो । सनाई,दमाहा,झ्याम्टा लगायतको एक सेट पुरै बाजा वितरण गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो । बाजा बजाएरै उनिहरुलाई जिविकोपार्जनमा सहयोग पुगोस र […]

रामेछाप गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरे

रामेछापको मन्थली नगरपालिका १२ गेलु एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । शुक्रबार बेलुका ४: ३० बजे तिर ६१ वर्षका मटक बहादुर बुढाथोकीले २८ वर्षीय बुहारी पवित्र बुढाथोकीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रवक्ता कौशल न्यौपानेका अनुसार बुढाथोकीले हत्या पश्चात् खिम्ती प्रहरी चौकीमा आत्मा समर्पण […]

सुनकोशी नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका भुजेलको शव फेला

रामेछापको रामेछाप नगरपालिका–९ का ५१ वर्षीय प्रेम बहादुर भुजेल सुनकोशी नदीमा माछा मार्न गएका बेला बेपत्ता भएको पाँच दिनपछि उनको शव शुक्रबार (आज) फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार, मिति २०८२ साल जेठ ४ गते दिउँसो करिब २ः१५ बजे भुजेल सुनकोशी नदीमा माछा मार्न गएका थिए । सोही दिनदेखि उनि बेपत्ता थिए […]

हामी हेर्न लायक सुनापती बनाउने गरी काम गरिरहेका छौँ : अध्यक्ष तामाङ्ग

रामेछापको सुनापति गाउँपालिकामा तिव्र गतिमा विकास निर्माणको कामहरु भैरहेको छ । ५ वटा वडाहरु रहेको पालिकाको हरेक वडासम्म सहज रुपमा पुग्न सकिनेगरी सडकहरु निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्र हिलेदेवीमा कालोपत्रे सडक छ । हिलेदेवी बजारलाई व्यवस्थित बनाइएको छ । हिलेदेवीमै अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । अब छिट्टै डाक्टर सहितको सेवा संचालनमा ल्याउने […]

सहकारीका व्यवस्थापक तथा कर्मचारीलाई कार्यदक्षता सम्बन्धि तालिम

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका व्यवस्थापक तथा कर्मचारीलाई कार्यदक्षता सम्बन्धि तालिम दिइएको छ । सो तालिम मंगलबार(आज)बाट सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिमको उद्धघाटन कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख न्यौपानेले तालिममा सिकेको […]

हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ

काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीस्थित युवा हत्या अभियोगमा रामेछाप र सिन्धुपाल्चोकका सहित ५ जना पक्राउ परेका छन् । रामेछापको सुनापती गाउँपालिका ४ घर भइ काठमाडौं, गोकर्णेश्वर नगरपालिका–१ बस्ने २९ वर्षीय प्रविण तामाङ, सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका–६ का २९ वर्षीय दिपेन्द्र भुजेल, सर्लाहीको बाग्मती गाउँपालिका–३ घर भइ गोकर्णेश्वर नगरपालिका–२ बस्ने २३ वर्षीय समिर वाईवा तामाङ, २६ वर्षीय अभिसेक […]

सहकारी संचालकहरुलाई क्षमता विकास तालिम सम्पन्न

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम सोमबार (आज) सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्नुहुँदै रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतारेर व्यवस्थित रुपमा सहकारी चलाउन आग्रह गर्नुभयो । सहकारी संचालकहरुको मागको आधारमा नगरले योजना तथा कार्यक्रम तयार गर्ने उहाँको भनाई […]

सुनकोशी नदीमा माछा मार्ने क्रममा रामेछापका पुरुष बेपत्ता

सुनकोशी नदीमा माछा मार्ने क्रममा रामेछापका एक पुरुष बेपत्ता भएका छन । रामेछापको रामेछाप नगरपालिका वडा नं ९ का वर्ष अन्दाजी ५० का कृष्ण बहादुर भुजेल नदीमा माछा मार्ने क्रममा बेपत्ता भएका हुन । आईतबार दिउँसो २ः३० बजेको समयमा नदीमा माछा मार्न गएका भुजेल नदीमा डुबेका हुन । उनको खाजी कार्य जारी रहेको वडा नं […]

रामेछाप नगरपालिकामा सहकारी संचालकहरुलाई क्षमता विकास तालिम

रामेछापको रामेछाप नगरपालिकामा रहेका सहकारी संस्थाका संचालकहरुलाई क्षमता विकास तालिम दिइएको छ । सो तालिम आईतबार(आज)बाट सुरु भएको छ । रामेछाप नगरपालिकाका प्रवक्ता समिर कार्कीको प्रमुख आतिथ्यता र रामेछाप जिल्ला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जगन्नाथ दाहालको अध्यक्षतामा तालिम सुरु भएको हो । तालिमको उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रवक्ता कार्कीले सहकारीहरु निती र विधिमा […]

आत्मपीडा- कविता

यो हिरासतभित्र म छु कैद भएर कैँयौ समय मेरो इन्द्रीयहरुलाई निश्क्रिय र उत्तेजनाहीन यो स्थितिबाट कुनै बाटोहरुमा साघुँरो गोरेटोमा अटाइनअटाई हिँडिरहेको मेरो पाइतालालाई फगत निरीहताको सम्पूर्ण परिभाषामा हिर्काउँदै असत्यबीच मुक्त गर्न चाहन्छु मुर्खहरुबीच चुपचाप बाँच्नु असत्यहरुबीच मौनता साँध्नु मेरो मस्तिष्क दुस्वप्न भइरहेको छ जिन्दगीलाई समाधितिर धकेलिरहनु थुप्रै समाधि क्षणहरुको वरण गर्दै बाँच्नु शब्दहरुको झिरले घोचेर […]