इसिडीका शिक्षकलाई बढेको तलब दिन पालिकालाई निर्देशन दिएको शिक्षामन्त्री पौडेलको भनाइ

बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्युनतम पारिश्रमिक १५ हजार पु¥याउने उल्लेख छ ।

इसिडीका शिक्षकलाई बढेको तलब दिन पालिकालाई निर्देशन दिएको शिक्षामन्त्री पौडेलको भनाइ

बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्युनतम पारिश्रमिक १५ हजार पु¥याउने उल्लेख छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बालविकासमा कार्यरत शिक्षकलाई पारिश्रमिक दिन स्थानीय तहलाई निर्देशन दिएको बताउनुभएको छ । आज शिक्षक महासंघका पदाधिकारीहरुसँगको कुराकानीमा उहाँले सरकारले तोकेको पारिश्रमिकका विषयमा स्थानीय तहलाई कार्यान्वयन गर्न निर्देशन दिएको बताउनुभएको हो ।

देशका कुन स्थानीय तहले पालना गरेको छैन, त्यसको तथ्याङ्क सङ्कलन गरी अनुगमन तथा समन्वयका लागि शिक्षा, समन्वय इकाइका प्रमुखलाई निर्देशन दिएको पनि उहाँले बताउनुभयो । यसअघिको सरकारले प्रस्तुत गरेको बजेटमा विद्यालय कर्मचारी र बाल विकास शिक्षकको न्युनतम पारिश्रमिक १५ हजार पु¥याउने उल्लेख छ ।

धेरै जसो स्थानीय तहले सरकारको निर्णय पालना गरेको भएपनि कतिपय पालिकाले बजेट अभाव भएको भन्दै बालविकासमा कार्यरत शिक्षकको तलव बढाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार