कोरोना सङ्क्रमणको अवस्था स्थिर,जोखिम कायमै रहेको विज्ञको भनाइ

कोरोना सङ्क्रमणको अवस्था स्थिर,जोखिम कायमै रहेको विज्ञको भनाइ

सरकारले नियमित सार्वजनिक गर्ने कोरोनासम्बन्धी तथ्याङ्क अनुसार नेपालमा केही हप्तादेखि कोरोना सङ्क्रमणको अवस्था स्थिर छ । यसैका आधारमा काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रको निषेधाज्ञा हटाइएको छ ।

तर पनि सङ्क्रमणको जोखिम कम नभएको हुनाले सावधानी अपनाउन विज्ञहरुले सुझाव दिइरहेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएको तर्कसहित सरकारले सबै क्षेत्र खुला गर्ने रणनीति बनाएको छ । विभिन्न चाडपर्व नजिकिँदै गर्दा बजारमा भीडभाड बढेको छ ।

घरबाट निस्कनुको कारण दुवै खोपको मात्रा लगाइसकेको ठान्नेहरूसँग विज्ञ भने सहमत छैनन् । सरकारले सबै क्षेत्रको जनजीवन सामान्य बनाउने उद्धेश्यले हरेक क्षेत्रलाई खुकुलो बनाउँदै लगेको छ । तर जथाभावी भीडभाड गर्ने र जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने हो भने कोरोनाले महामारीको रुप लिने विज्ञहरुको चेतावनी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार