रामेछापमा जारी निषेधाज्ञा खुकुलो भएसँगै कोरोना संक्रमण बढ्न थालेको छ । रामेछाप जिल्लामा आज ४६ जना कोरोना संक्रमित थपिएका छन । आज जिल्ला अस्तालमा ८ जना,रामेछाप नगरपालिकामा ४ जना,खाँडादेवि गाउँपालिकामा १० जना र गोकुलगंगा गाउँपालिकामा १० जनामा एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको छ ।
यस्तै आज मन्थली नगरपालिकाका १४ जनामा पिसिआरबाट कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या २५ सय ५९ जना पुगेको छ । आज जिल्लामा ३४ जनाले कोरोनालाई जितेका छन । जिल्ला अस्पतालबाट १ जना,मन्थली नगरपालिकाबाट २५ जना,रामेछाप नगरपालिकाबाट ५ जना, गोकुलगंगा गाउँपालिकाबाट २ जना र लिखु तामाकोशी गाउँपालिकाबाट १ जनाले कोरोना जितेका छन ।
यो सँगै जिल्लामा २३ सय ८५ जना कोरोना संक्रमणपछि निको भएका छन । जिल्लामा अहिले १५३ जना कोरोनाका सकृय संक्रमित रहेका छन । कोरोनाको दोश्रो लहर अन्तर्गत हालसम्म जिल्लामा २१ जनाले ज्यान गुमाएका छन । जिल्लाका सबै स्थानिय तहहरुले अहिले एन्टिजेन मार्फत कोरोना परीक्षण गरिरहेका छन ।