काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ साथ थप एक साता लम्ब्याइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइ साथ थप एक साता लम्ब्याइने

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडाइसाथ थप एक साता लम्ब्याइने भएको छ । आज काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकपछि आगामी वैशाख २९ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

यसअघि काठमाडौं उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञाको समय भोलि राति १२ बजे सम्मका लागि तोकिएको थियो । त्यसको पूर्वसन्ध्यामा बैठक बसेर निषेधाज्ञाको समय लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुलीले जानकारी दिनुभयो ।

अबको निधेषाज्ञामा बजार पसल बिहान ७ बजेदेखि ९ सम्म मात्र खोल्न पाइने भएको छ । निषेधाज्ञामा बैंक तथा वित्तिय संस्थाहरूलाई आलोपालो गरि न्यूनतम् संख्यामा कर्मचारी राखेर चलाउने, पत्रकारहरूलाई पनि कडाइ गर्ने र उपभोग्य सामग्रीको पर्याप्तता, औषधी उपचारको व्यवस्थापनमा प्रशासनले सहजता प्रदान गर्ने बताइएको छ ।

यस्तै बैठकले काठमाडौं उपत्यका बाहिर जानका लागि १० दिन क्वारेन्टाइनमा बस्ने सम्बन्धित स्थानीय तहको सिफारिस अनिवार्य हुनु पर्ने निर्णय पनि गरेको छ । बैठकले सम्बन्धित गाउँपालिका वा नगरपालिकाले अनिवार्य रुपले १० दिन क्वारेन्टाइन राख्ने प्रतिबद्धता सहितको सिफारिसका आधारमा मात्र जान दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार