सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा मन्थली नगरपालिकाले भत्कायो

सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा मन्थली नगरपालिकाले भत्कायो

रामेछापको मन्थली नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काउन थालेको छ । रामेछापको जिल्ला सदरमुकाम समेत रहेको मन्थली बजारमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काउने कार्यको थालनी गरेको हो । नगर प्रमुख रमेश कुमार बस्नेत नेतृत्वको टोलीले आज डोजर लगाएर सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काएको छ । मन्थली बजारको देवकोटा चोक , बीपी चोक आसपासमा सार्वजनिक जग्गा मिचेर बनाइएका घर टहरा भत्काइएको नगर प्रमुख रमेश कुमार बस्नेतले जानकारी दिनुभयो । नगरका अरु ठाउँमा पनि सार्वजनिक जग्गा मिचेर बनाइएका यस्ता घर टहरा क्रमशः भत्काउँदै जाने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार