नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै

नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै

नेपालमा पछिल्लो केही दिनयता कोरोनाभाइरस संक्रमणपछि निको हुनेको संख्या बढ्दै गएको छ । हालसम्म दुई लाख १८ हजार ६३९ जनामा संक्रमण पुष्टि भएकोमा शनिबारसम्म एक लाख ९३ हजार ३२५ व्यक्ति उपचारपछि निको भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार हाल देशभर २४ हजार नौजना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयको तथ्यांकअनुसार संक्रमणमुक्त हुने दर ८८.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घन्टामा आठ हजार १४४ जनाको ‘पीसीआर’ परीक्षण गर्दा एक हजार ६७४ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै ८९९ जना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घन्टामा देशभरबाट दुई हजार ३२३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाका कारण थप सातजनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक हजार ३०५ पुगेको छ । हाल मनाङ र मुगुमा एकजना पनि सक्रिय संक्रमित छैनन् । काठमाडौं उपत्यकासहित झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । उनीहरुमध्ये १७ हजार २०६ जना ‘होम आइसोलेसन’मा छन् । हाल ३३६ जनाको ‘आईसीयू’ र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार