नेपाललाई भारतद्वारा २८ वटा भेन्टिलेटर सहयोग

नेपाललाई भारतद्वारा २८ वटा भेन्टिलेटर सहयोग

भारत सरकारले नेपाललाई भेन्टिलेर सहयोग हस्तान्तरण गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमका बीच भारतले २८ वटा भेन्टिलेटर सहयोग हस्तान्तरण गरेको हो।नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गर्नुभएको हो । भेन्टिलेटर हस्तान्तरणपछि राजदूत क्वात्राले कोभिड महामारीको समयमा दुबै देशलाई एकअर्काको आवश्यकता रहेको बताउनुभयो । स्वास्थ्यमन्त्री ढकालले आफू अप्ठ्यारोमा भएपनि भारतले विगतदेखि नै सहयोग गर्दै आएकोमा धन्यवाद व्यक्त गर्नुभयो । मन्त्री ढकालले सहयोग प्राप्त भेन्टिलेर उपयुक्त ठाउँमा पठाउने बताउनुभएको छ । सङ्क्रमण दर बढ्दो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले बढी सक्रिय सङ्क्रमित र गम्भीर खालका विरामी भएको ठाउँमा भेन्टिलेटर पठाउने बताउनुभयो । अहिले नेपाल–भारत लगायत विश्वभरी नै कोरोना महामारीको सङ्क्रमण बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार