रामेछाप जिल्लामा शुक्रबार अर्थात आजसम्म १ हजार ४ सय ८ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ को परीक्षण गरिएको छ । यि मध्ये अब ७९ जनाको पिसिआर रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ । आज मन्थली नगरपालिकाका ५२ जना र गोकुलगंगा गाउँपालिकाका २७ जना गरी ७९ जनाको स्वाब संकलन गरिएको छ ।
हालसम्म जिल्लाका ५५ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ भने १ हजार २ सय ७४ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका ३७ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित १८ जनाको उपचार भैरहेको छ । १८ जना मध्ये ४ जना होम आईसोलेशन , २ जना प्रहरी हिरासत , ५ जना प्राथमिक स्वास्थ्य केन्द्र मन्थली र ७ जनाको जिल्ला अस्पतालमा उपचार भईरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।
अहिलेसम्म जिल्ला अस्पतालमा ८२ , तामाकोसी अस्पतालमा ६१ , मन्थली नगरपालिकामा ४ सय ५५ , रामेछाप नगरपालिकामा १५१ , उमाकुण्ड गाउँपालिकामा १३४, खाँडादेवी गाउँपालिकामा ६५ , गोकुलगंगा गाउँपालिकामा २ सय २८, दोरम्बा गाउँपालिकामा ४० , लिखुतामाकोशी गाउँपालिकामा १३१ र सुनापति गाउँपालिकामा ६१ जना गरी १४ सय ८ जनाकोे पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको स्वास्थ्य कार्यालय रामेछापले जानकारी दिएको छ ।
जिल्लामा ४५ जना क्वारेन्टिनमा
जिल्लाको विभिन्न पालिकाहरुमा आजसम्म ४५ जना क्वारेन्टिनमा रहेका छन । ७ जना महिला र ३८ जना पुरुष गरी ४५ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । मन्थली नगरपालिकामा ५,उमाकुण्ड गाउँपालिकामा ५ , गोकुलगंगा गाउँपालिकामा २६ र लिखुतामाकोशी गाउँपालिकामा ९ जना गरी जिल्लाभर ४५ जना क्वारेन्टिनमा रहेका छन् । रामेछाप नगरपालिका , दोरम्बा , खाँडादेवी र सुनापति गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म ९८ बेडको आइसोलेशन कक्ष र ४ सय ९० बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।