रामेछाप जिल्लामा बुधबार अर्थात आजसम्म ८ सय ५५ जनाको पीसीआर विधिबाट कोरोना भाइरस कोभिड १९ परीक्षण गरिएको छ । यस मध्ये अब २ सय ५ जनाको पीसीार रिपोर्ट आउन बाँकि रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यसअघि विभिन्न समयमा कोरोना संक्रमण पुष्टि भएका २४ जना कोरोना मुक्त भएर डिस्चार्ज भैसकेका छन् भने कोरोना संक्रमित ७ जनाको उपचार भैरहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । जिल्लामा हालसम्म ६ सय १९ जनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । अहिलेसम्म जिल्ला अस्पतालमा ३७ ,तामाकोशी अस्पतालमा ४९ ,मन्थली नगरपालिकामा २ सय ३९ , रामेछाप नगरपालिकामा ९१ , उमाकुण्ड गाउँपालिकामा ३२ , खाँडादेवी गाउँपालिकामा ३३ , गोकुलगंगा गाउँपालिकामा १ सय ९२, दोरम्बा गाउँपालिकामा ३४ , लिखुतामाकोशी उँपालिकामा ९१ र सुनापति गाउँपालिकामा ५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गर्न स्वाब संकलन गरिएको छ ।
जिल्लाका ५७ जना क्वारेन्टिनमा
जिल्लाको विभिन्न पालिकाहरुमा बुधबार अर्थात आजसम्म ५७ जना क्वारेन्टिनमा रहेका छन । ९ जना महिला र ४८ जना पुरुष गरि ५७ जना क्वारेन्टिनमा रहेको स्वास्थ्य कार्यालय रामेछापले प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ । मन्थली नगरपालिकामा २० ,रामेछाप नगरपालिकामा १० , गोकुलगंगा गाउँपालिकामा १५,लिखुतामाकोशी गाउँपालिकामा ९ र सुनापति गाउँपालिकामा ३ गरी जिल्लाभर ५७ जना क्वारेन्टिनमा रहेका छन् । उमाकुण्ड , खाँडादेवी र दोरम्बा गाउँपालिकामा भने कोहि पनि व्यक्ति क्वारेन्टिनमा बसेका छैनन् । जिल्लामा अहिलेसम्म १ सय ३५ बेडको आइसोलेशन कक्ष र ४ सय ५३ बेडको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।