नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो,आज थपिए तीन सय ८० जना संक्रमित

नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुग्यो,आज थपिए तीन सय ८० जना संक्रमित

पछिल्लो २४ घन्टामा थप तीन सय ८० जनामा कोरोना सङक्रमण देखिएको छ । मन्त्रालयले आज नियमित जानकारी दिने क्रममा २४ घन्टामा गरिएको आठ हजार पाँच सय १५ पीसीआर परीक्षणमा तीन सय ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जानकारी दिएको छ । यस्तै, २४ घन्टामा ४० जना डिस्चार्ज भएका मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म १६ हजार तीन सय ५३ जना सङ्क्रमित निको भएर घर फर्किएका छन् । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । नेपालमा आजसम्म कोरोना सङ्क्रमितको संख्या २२ हजार नौ सय ७२ पुगेको छ । मुलुकभर ६ हजार पाँच सय ४४ जना आइसोलेसनमा र क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेको प्रवक्ता गौतमले बताउनुभयो । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ९२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँका ९० र ललितपुरका दुइ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीलाई पनि कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार